स्थानीय खबर

मेचीनगर–१४ मा माओबादीले जित्यो वडा अध्यक्ष

मेचीनगर । मेचीनगरमा नेकपा माओबादी केन्द्रले बिजयको खाता वडा नं १४ बाट खोलेको छ । सो वडाको अध्यक्ष पदमा गठबन्धनका उम्मेद्वार बाबुलाल सुब्बा बिजयी भएका छन् । उनको निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका शंकर पोखरेल रहेका छन् । पोखरेल निवत्र्तमान वडा अध्यक्ष हुन् । २०७४ को चुनावमा सुब्बा पोखरेलसँग पराजित भएका थिए । एमालेको किल्लाको रुपमा […]

पूरा पढ्नुहोस्

भद्रपुरमा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा राप्रपा बिजयी

झापा, ४ जेठ । भद्रपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका गणेश पोखरेल र उपमेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की बिजयी भएकी छन् । मेयर पदमा निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका असारु राजबंशी र उपमेयरको निकटतम् प्रतिष्पर्धी नेकपा माओबादी केन्द्रका शिवराज राजभण्डारी भएका छन् । यस अघि दुबै पदमा नेकपा एमालेले जितेको थियो । एमालेको किल्ला […]

पूरा पढ्नुहोस्

हल्दिबारीमा अध्यक्ष र उपाध्यक्ष दुबै राप्रपाले जित्यो

हल्दिवारी, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हल्दिबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको छ । राप्रपाले दुई वडा अध्यक्ष र ११ सदस्य समेत जितेको छ । गाउँपालिकाको अध्यक्ष रवीन्द्र लिङदेन पुनः निर्वाचित भएका छन् । उनी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनका भाइ हुन् । उनले ६८५६ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका […]

पूरा पढ्नुहोस्

मेचीनगरमा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै

मेचीनगर, ३ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर २, १४ र १५ मा एमालेको मेयरमा १२६ र उपमेयरमा ९८८ मतको अन्तरले अग्रता बढ्दै गएको छ । मंगलबार दिउसो ४ः३० वजे सम्मको नतिजा अनुसार ६४५१ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले २५७१ मत ल्याएका छन् । मेयरमा एमालेको १२६ मतको फरक रहेको छ […]

पूरा पढ्नुहोस्

मेचीनगर–१ मा एमालेको प्यानलै विजयी

मेचीनगर । मेचीनगरको वडानम्बर १ मा ५ दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । मेचीनगर १ को वडाध्यक्षमा रामकुमार राई, खुला महिला सदस्यमा तीलजा देवान, दलित महिला सदस्यमा सीता विश्वकर्मा खुला सदस्यतर्फ चेतन हुमागाईँ र शान्तप्रसाद न्यौपाने विजयी भएका हुन्। यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीकरुपमा घोषणा गर्न […]

पूरा पढ्नुहोस्

बौद्धमोड अंग्रेजी स्कुलद्वारा बुद्ध जयन्तिमा बिबिध कार्यक्रम

मेचीनगर । २५६६ औ बुद्धजयन्तिको अवसर पारेर मेचीनगर २ स्थित बौद्धमोड अंग्रेजी स्कुलले बिबिध कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले कार्यक्रमको पूर्व सन्ध्यामा र्याली आयोजना गरेको थियो । हेप्पी बुद्धजयन्ति लेखिएको व्यानर लिएर विद्यार्थीहरुले बजार परिक्रमा गरी पुनः विद्यालयमा पुगी कार्यक्रममा सहभागि बनेका थिए । सो अवसरमा बुद्धको दर्शन र बुद्धले दिएका ज्ञानका बारेमा चर्चा […]

पूरा पढ्नुहोस्

हात्तीको आक्रमणबाट मेचीनगरमा एकको मृत्यु, एक महिला घाइते

मेचीनगर । मेचीनगर–९ मा हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ भने अर्की एक जना महिला सक्त घाइते भएकी छिन् । हात्तीको आक्रमणबाट मृत्यु हुनेमा मेचीनगर–९ स्थित पशुपति टोलमा बसोबास गर्ने ७० वर्षीय पेना किसान रहेका छन् । घाइते हुनेमा सोही वडाको नँया बस्ती निवासी ४० वर्षीया बसन्ती दनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]

पूरा पढ्नुहोस्

बुद्धशान्ति–१ मा एमालेका वाग्ले वडाध्यक्षमा विजयी

बुद्धशान्ति, २ जेठ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले निर्वाचित भएका छन् । वाग्लेले २ हजार ४३ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमन्त बरालले १ हजार ३५० मत प्राप्त गरेका थिए । राप्रप्राका गिरिराज दंगालले ७५१ मत प्राप्त गरेका थिए । वाग्ले […]

पूरा पढ्नुहोस्

मेचीनगर १५ मा पनि एमाले अघि बढ्यो

मेचीनगर, १ जेठ । मेचीनगर १५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक मत परिणमा अनुसार मेचीनगर नगर प्रमुखमा गोपाल बुढाथोकी २ मतले अगाडि छन् । १०० मत गन्दा मेयर पदमा एमालेले ३४ मत प्राप्त गरेको छ । सोही पदमा नेपाली काँग्रेसले ३२ मत प्राप्त गरेको छ । त्यसैगरी उपप्रमुखमा एमालेले ३१ […]

पूरा पढ्नुहोस्

मेचीनगर १५ को मतपेटिका खोलियो

मेचीनगर । मेचीनगर वडा नं १५ को मतगणना अघि ६ बजेबाट सुरु भएको छ । वडा नं १ को मतगणनासँगसँगै १५ को पनि सुरु भएको छ । मेचीनगर १ को पछिल्लो ७२८ मत गणना भइसकेको छ । १ नं को थप चारवटा मतपेटिकाको मत गन्ने काम भइरहेको छ । मेचीनगरको मतगणना हिजो दिउँसो १ः३० बजेबाट […]

पूरा पढ्नुहोस्