स्थानीय खबर
भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्
आर्या अस्पतालबाट दमकका अमूल्यले पाए नयाँ जीवन
विराटनगर, १७ माघ । दमक नगरपालिका घर भएका १२ वर्षीय बालक अमूल्य सिवाकोटीले विराटनगर स्थित एक अस्पतालबाट नयाँ जीवन पाएका छन् । विराटनगर–३ कञ्चनबारीमा रहेको आर्या न्युरो अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गरेपछि अमूल्यले नयाँ जीवन पाएका हुन् । दिमागमा पानी जमेको र ट्युमर भएका कारण उनलाई गत २८ पुस गते आर्या अस्पताल भर्ना गरिएको उनकी […]
पूरा पढ्नुहोस्
पत्रकार पौडेलद्वारा एमाले र प्रेस चौतारी परित्याग गरेको घोषणा
झापा । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मुक्ति पौडेलले एमालेको पार्टी सदस्यता र प्रेस चौतारी दुवै परित्याग गरेको घोषणा गरेका छन् । झापामा रहेर लामो समयदेखि पत्रकारितामा सक्रिय पौडेलले मंगलवार एक प्रेस बक्तव्य प्रकाशित गरी आजकै मितिदेखि नेकपा एमाले र प्रेस चौतारी दुवै परित्याग गरेको घोषणा गरेका हुन् ।विगत दुई दशकदेखि नेकपा एमालेको संगठित सदस्य रहँदै […]
पूरा पढ्नुहोस्
सशस्त्र प्रहरीद्वारा विस्फोटक पदार्थ बरामद
झापा । झापामा सशस्त्र प्रहरीले ठूलो परिणामको बारुदजन्य विस्फोटक पदार्थ बरामद गरेको छ। भूमिगत समूह हिमाल सुरक्षा परिषद् नेपालले प्रेसर कुकर बम राखेर आतङ्क मच्चाई राखेको अवस्थामा सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका–७ स्थित गैरी गाउँबाट मंगलबार बिहान विस्फोटक पदार्थ बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाको टोलीले विशेष सूचनाका आधारमा नेपाल–भारतको सीमा […]
पूरा पढ्नुहोस्
जंगली हात्तीको आक्रमणबाट कार्कीको मृत्यु
मेचीनगर, १७ माघ । जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका १३ का ७१ बर्षीय खम्बासिंह कार्कीको मृत्यु भएको छ ।आज विहान घरमै अन्न खान आएको हात्ती खेदाउने क्रममा हात्तीले कुल्चिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते कार्कीलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
पूरा पढ्नुहोस्
मेचीनगरका चिया मजदुरलाई सुधारिएको चुल्हो वितरण
मेचीनगर १६ माघ । मेचीनगर (८ का चिया बगानमा कार्यरत मजदुरहरुलाई सुधारिएको चुल्हो वितरण गरिएको छ । मेचीनगर नगरपालिकाको समन्वयमा वातावरण संरक्षण केन्द्रले नगरपालिकाको समन्वयमा चिया बगानमा कार्यरत अतिविपन्न परिवार छनौट गरी एक–एक थान सुधारिएको चुल्हो वितरण गरेको हो । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उपे्रती, मेचीनगर (८ का वडाध्यक्ष विकेन्द्र धिमाल,वडासदस्य द्वय सन्तोष […]
पूरा पढ्नुहोस्
फाउण्डेसनले शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै, मेचीनगरमा गोर्खा भवन बनाउने ‘ड्रिम प्रोजेक्ट’
मेचीनगर । गोर्खा मेमोरियल फ्रण्ड युकेका केन्द्रीय अध्यक्ष धनकिरण गुरुङले आगामी दिनमा मेचीनगरका सामुदायिक विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका छन् । पत्रकारसँगको संक्षित भेटघामा उनले सन २०२३ र २४ मा मेचीनगरका विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका हुन् । मेची अस्पताल भद्रपुरलाई पनि २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री दिने तयारी भएको […]
पूरा पढ्नुहोस्
खुट्टीडाँगी वनको अध्यक्षमा पुनः नेपाल
धुलाबारी । खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः टंकबहादुर नेपाल चयन भएका छन् । गत माघ १० गते सम्पन्न निर्वाचनबाट सर्वसम्मत रुपमा उनीसहित कार्यसमिति चयन गरिएको हो । नेपाल वन समितिको अध्यक्षमा तेस्रो पटक चयन भएका हुन् । सरल र इमान्दार छवि बनाएका उनी लोकप्रिय मानिन्छन् । समितिको उपाध्यक्षमा इन्दिरा नेपाल, सचिवमा सुष्मा कार्की […]
पूरा पढ्नुहोस्
मेचीनगरमा माझी समुदायको कोसी पूजा सम्पन्न
मेचीनगर । नेपाल माझी उत्थान संघ मेचीनगर समितिले शनिवार विविध कार्यक्रमको साथ कोसी पूजा तथा भिमसेन थान पूजा सम्पन्न गरेको छ । समितिले मेचीनगर–८ भिमसेन थानमा विविध कार्यक्रमका साथ पूजा सम्पन्न गरेको हो । प्रकृति पूजक माझी समुदाय बिहान ९ बजेदेखि नै पूजा आराधनामा सहभागी बनेका थिए । उनीहरुले स्थानीय घैलाडुब्बा खोलामा पुगेर जलदेवता अर्थात […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभा सदस्य निर्वाचनः गोलाप्रथामा काँग्रेसका गोपालकुमार बस्नेत विजयी
विराटनगर, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रदेश १ को खुल्ला तर्फ नेपाली काँग्रेसका उम्मेद्वार गोपालकुमार बस्नेत विजयी भएका छन् । पाँच दलिय सत्ता गठबन्धनका उम्मेद्वार बस्नेत र एमालेका उम्मेद्वार गुरु बराल बिच मतभार बराबर भए पछि गोलाप्रथामा झापा बिर्तामोड निवासी बस्नेत विजयी भएका हुन । गठबन्धनका बस्नेत र एमालेका बरालको बराबरी मतभार ४ हजार […]
पूरा पढ्नुहोस्