स्थानीय खबर

मेचीनगर नगरपालिकाको गाडीको ठक्करबाट राजबंशीको मृत्यु

काँकरभिट्टा, १२ माघ । मेचीनगर नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजना युवाको  मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउदै गरेको नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडीले टोकला चिया बगानको गेटमा बुधबार बेलुका ७ वजे विपरित दिशाबाट गईरहेको मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर–७ का ३५ वर्षीय सन्तोष राजबंशीको मृत्यु […]

पूरा पढ्नुहोस्

गुराँस लाइफ इन्स्योरेन्सले दियो, सारु परिवारलाई ४ लाख ५० हजार

इटहरी,१२ माघ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानीको रकम प्रदान गरेको छ । ६ वर्ष अघि गुराँसलाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएकी सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडानं ४ निवासी कृष्णकुमारी लिम्बू सारुको परिवारलाई कम्पनीले रु ४ लाख ५० हजार ३७८ रुपैयाँको चेक प्रदान गरेको छ । सारुको गत बैशाखमा मृत्यु भएको थियो । […]

पूरा पढ्नुहोस्

अस्ताए समाजसेवी विरबहादुर

डम्बर बराल सुरेन्द्रनगर,१०माघ । समाजसेवी विरबहादुर अधिकारीको आज बिहान ५ बजे १०३ वर्षको उमेरमा निधन भएको छ । मेचीनगर ५ जागरण टोल निवासी अधिकारी ले आफ्नो जीवनको सम्पूर्ण समय सामाजिक योगदानमा खर्च गर्नु भएको थियो ।अधिकारी ले जीवनभर हजारौंको जीवन बचाएर समाजले कहिल्यै भूल्न नसक्ने गुन लगाउनु भएको छ । उहाँले डाक्टरले उपचार सम्भव नहुँने […]

पूरा पढ्नुहोस्

एस मेचीनगर–६ को अध्यक्षमा ओमप्रकाश

मेचीनगर, ८ माघ । एकिकृत समाजवादी पार्टी एस को मेचीनगर–६ को वडा अध्यक्षमा ओमप्रकाश दाहाल प्रकाश सर्वसम्मत चयन भएका छन् । आज काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा एसको मेचीनगर समितिले आयोजना गरेको वडा भेलाले दाहालको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति गठन गरेको हो । दाहाल काँकरभिट्टा स्थित तारापुञ्ज स्कुलका शिक्षक हुन् । उनी विभिन्न सामाजिक […]

पूरा पढ्नुहोस्

झापामा यसै साता बुस्टर डोज लगाउने तयारी

भद्रपुर, ५ माघ । झापा जिल्लामा यसै साताभित्र बुस्टर डोज लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेका अग्रपङ्तिमा कार्यरत करिब २५ हजार व्यक्तिलाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत चुडामिण लुइँटेलका अनुसार दुवै डोज कोभिशिल्ड लगाएका आठ हजार ८४० […]

पूरा पढ्नुहोस्

ओमिक्रोनको त्रास पूर्वी नाका काँकरभिट्टामा कडाई

काँकरभिट्टा, ४ माघ । मेचीनगरमा ओमिक्रोन भेरियन्टको संक्रमणको दर बढ्न थालेपछि आजदेखि काँकरभिट्टा नाकामा आवतजावत गर्ने मानिसहरुमाथि कडाई गर्न थालिएको छ । आवश्यक काम बाहेक अन्य कामका लागि काँकरभिट्टा नाका भएर आवातजावत गर्ने मानिसलाई रोक लगाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार उपचारका लागि जाने व्यक्तिले चिकित्सकले प्रेस्क्राईप गरेका कागजात, हवाईयात्रुले जहाजको […]

पूरा पढ्नुहोस्

खुसी र सुखी परिवार बिषयक एनएमसीको प्रशिक्षण

बिर्तामोड । नेपाल बहुद्देश्यीय सहकारी संस्था( एनएमसी )अन्र्तगत रहेको युवा सरोकार उपसमितिको आयोजनामा सोमबार बिर्तामोडमा खुसी र सुखी परिवार बिषयक प्रशिक्षण सम्पन्न भएको छ । पछिल्लो समय समाजमा परिवार बीच बढ्दै गएको बिचलन, यसबाट पर्नसक्ने असर र परिवारलाई सन्तुलित राख्न खेल्नुपर्ने भूमिकाका बारेका कार्यक्रममका प्रमुख सहजकर्ता राजाबाबु शाहले प्रशिक्षण दिएका थिए । प्रमुख प्रशिक्षक शाहले […]

पूरा पढ्नुहोस्

वडाध्यक्ष, कर्मचारी र स्वास्थ्यकर्मीसहित मेचीनगरका १२ जनामा कोरोना

मेचीनगर । मेचीनगरमा आज २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिकाका अनुसार आइतबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार १४८ जनाको एन्टिजेन टेष्ट गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् । काँकरभिट्टा नाकामा ९९ जना र मेचीनगर नगरपालिका कार्यलयमा ४९ जनाको […]

पूरा पढ्नुहोस्

अन्तुको चिया कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको एक चिया कारखानामा आगलागी भएको छ । आइतबार ९आज० दिउँसोे ३ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । अन्तुकोे अन्तु भ्याली टी कारखानामा जारी आगलागीका कारण कारखानासहित मेसिन औजार र तयारी चिया सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । आगोले चिया […]

पूरा पढ्नुहोस्

नबिनको जीवन बचाउन सहयोगको अपिल

मेचीनगर, १ माघ । मेरुदण्डको क्यान्सरबाट पीडित मेचीनगरका एकजना युवाको उपचारका लागि गाउँलेहरु आर्थिक सहयोग जुटाउन लागि परेका छन् । मेचीनगर–८ बिरेन्द्रस्मृति नगरका क्यान्सर पीडित १७ बर्षीय नबिन फुयललाई गाउँलेहरु आर्थिक सहयोग जुटाउन लागि परेका हुन् । स्थानीय समाजसेवी उदयकुमार भण्डारीको संयोजकत्वमा ७ सदस्यीय नबिन फुयल बचाउ अभियान सुरु गरिएको छ । समितिको सचिवमा रिजेस […]

पूरा पढ्नुहोस्