स्थानीय खबर
रोटरी क्लव तथा रोट¥याक्ट क्लव मेचीनगरको पदस्थापन
डम्बर बराल धुलाबारी,७ वैशाख । रोटरी अन्तर्राष्ट्रिय ३२९२का डिस्ट्रक गभर्नर रोटारियन राजीव पोखे्रलले रोटरी क्लव सामाजिक क्षेत्रमा क्रियाशिल संस्था भएको बताएका छन् । रोटरी क्लव तथा रोट¥याक्ट क्लव मेचीनगरको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मेचीनगर ८ स्थित होटल क्राउनमा आयोजिक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका रोटारियन पोख्रेलले व्याक्तिगत स्वार्थ भन्दा माथि […]
पूरा पढ्नुहोस्कोरोना संक्रमण बढयो , मेचीनगर र बिर्तामोड उच्च जोखिममा
मेचीनगर, ६ वैशाख । झापामा कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढ्न थालेको छ । सोमवार एकै दिन जिल्लामा १९ जना संक्रमित थपिएका छन् । मेचीनगर र विर्तामोड संक्रमणको उच्च जोखिममा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार सोमवार थपिएका सबै संक्रमित एन्टीजेन विधिबाट कोरोना पोजेटिभ देखिएका हुन् । जसमा सबैभन्दा […]
पूरा पढ्नुहोस्काँकरभिट्टा, बिर्तामोड र दमकका विद्यालय बन्द हुने
झापा, ६ वैशाख । सरकारले कोरोना भाइरस प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णयमा झापाका तीनवटा सहर परेका छन् । निर्णय अनुसार झापाको काँकरभिट्टा, बिर्तामोड र दमक सहर परेको छ । त्यस्तै काठमाडौं, ललितपुर, […]
पूरा पढ्नुहोस्कोहलपुर दुर्घटना ःबसधनी काँकरभिट्टाका कटुवालको मृत्यु
झापा, ४ बैशाख । झापाको मकालु बस सुर्खेतबाट धरान आउँदै गर्दा कोहलपुरमा टिपरसँग ठोकिएर दुर्घटना हुँदा बसधनी काँकरभिट्टाका छत्र कटुवालको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगरबाट धरान आउँदै गरेको मे १ ख ३३४७ नम्बरको मकालु बस शुक्रबार साँझ ५ वजे बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित रोहिणी खोला नजिकै विपरित दिशाबाट निर्माण सामग्री बोकेर जाँदै गरेको ना।अ।अ।प। […]
पूरा पढ्नुहोस्काँकडभिट्टा र भद्रपुर नाका ७२ घण्टाको लागि सिल
झापा, २ बैशाख । भारतको पश्चिम बंगालमा हुने निर्वाचनका कारण पूर्वी नाकाका ७२ घण्टा लागि आज विहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बंगालमा यही बैशाख ४ गते हुने राज्य सभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज विहानदेखि बैशाख ४ गते बेलुका ६ […]
पूरा पढ्नुहोस्चौध जिल्लामा विद्यालय बन्द
झापा, २ वैशाख । सरकारले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना भाइरस ९कोभिड–१९०को अति प्रभावित क्षेत्र घोषणा गरेको छ । काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरिएको हो । स्वास्थ्य मन्त्रालयले ती क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन समेत अपील गरेको छ । ‘अति […]
पूरा पढ्नुहोस्पूर्व विद्यार्थी मञ्चको अमूल्य दान
अर्जनधारा,१बैशाक । नयाँ वर्षको अवसर पारेर पूर्व विद्यार्थी मञ्च शंकराचार्य पीठ श्रीवेद वेदाङ्ख संस्कृत पाठशालाको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अर्जुनधारा –१ स्थित साधुटारको शान्ति चोक स्थित सयपत्री युवा समूहको भवनमा आयोजित कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए । सो अवसरमा नयाँ वर्षको शुभकामना आदान प्रदान समेत गरिएको थियो । पूर्व […]
पूरा पढ्नुहोस्काँकरभिट्टा खानेपानीको सपथग्रहण तथा पदस्थापन
काँकरभिट्टा ।काँकरभिट्टा खानेपानी तथा सरसफाइ सस्थाको नवनिर्वाचित समिलिाई मंगलबार सपथग्रहण तथा पदस्थापन गरिएकोछ । कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गरेका थिए । उनले काँकरभिट्टा खानेपानीमा पानीको स्रोत व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । नवनिर्वाचित समितिको सपथग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री कार्कीले […]
पूरा पढ्नुहोस्बिएण्डसीले एक सय विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने
बिर्तामोड । बिएण्डसी अस्पतालले एक सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा गर्ने भएको छ । अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले झापाका विभिन्न ठाउँका एक सय परिवारको स्वास्थ्य विमा गर्ने घोषणा गरेका थिए । उनले अस्पतालको सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य विमा गर्न लागिएको बताएका छन् । अस्पतालका कार्यकारी निर्देशक […]
पूरा पढ्नुहोस्विश्वहिन्दु परिषद झापा अध्यक्षमा दाहाल
बिर्तामोड,२८ चैत। विश्वहिन्दु परिषद भापाको अध्यक्षमा गायत्री दाहाल सर्वसम्मत चयन भएका छन् । परिषदको शुक्रबार विर्तामोड स्थित सनातन धर्म सेवासमितिको सभाहलमा आयोजित साधारण सभाले दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा कमल मुर्मु, सचिवमा अर्जुन भट्टराई, कोषाध्यक्ष फडिन्द्र अधिकारी, र सदस्यहरुमा जगन्नाथ भण्डारी , मणिकुमार राई, दीपक घताने चयन भएका छन् ।समितिको आगामी […]
पूरा पढ्नुहोस्