स्थानीय खबर
नदीजन्य पदार्थ उत्खनन , दोषी देखिए कारवाही हुन्छ : नगरप्रमुख आचार्य
मेचीनगर, २६ जेठ। मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले नदीजन्य पदार्थको उत्खननबाट प्राप्त हुने राजश्व संकलनमा भएको भनिएको चुहावटमा जनप्रतिनिधिदेखि जो कोहीको पनि संलग्नता भए कारवाही गर्ने बताएका छन् । केहीदिनदेखि निक्कै चर्चामा रहेको मेचीनगरको नदी उत्खनन अनियमितताका बारेमा थप जानकारी दिने उद्घेश्यले बुधबार नगरपालिका परिसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो गैरकानुनी काम गर्ने जो सुकै भएपनि […]
पूरा पढ्नुहोस्
कार्यान्वयन हुने योजनामात्र छनौट गर्न नगरपालिकालाई दलका नेताहरुको सुझाव…….
मेचीनगर, २६ जेठ÷ मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले नगरमा सञ्चालन हुने योजनाहरुलाई प्राथामिकताका आधारमा अघि सार्न मेचीनगर नगरपालिकाभित्रका सक्रिय राजनीतिक पार्टीलाई आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०७८÷२०७९ का लागि प्रस्तुत गर्ने बजेट तथा नीति कार्यक्रमका लागि राजनीतिक दलसँग सुझाव संकलन गर्ने उद्घेश्यले बुधबार काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित छलफल कार्यक्रममा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा आजबाट कोभिड–१९ विरुद्धको खोप लगाइने
मेचीनगर,२६ जेठ । मेचीनगरपालिकामा आजबाट कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ ।चीनबाट ल्याइएको भेरोसेल खोपको पहिलो मात्रा ६२ बर्षदेखि ६४ बर्षसम्मका नागरिक र अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुका लागि लगाइने छ ।खोप आज र भोली बिहान १० बजे देखि २ बजेसम्म लगाइने नगरपालिका स्रोतले जनाएको छ । सो उमेरसँगै यस अघि जिल्ला बाहिर रहेर भेरोसेलको पहिलो डोजको […]
पूरा पढ्नुहोस्
मेचीनगरका ५० सहित झापामा आज २७६ जनामा कोरोना संक्रमण
मेचीनगर, २५ जेठ । झापामा मंगलबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २७६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ९७ महिलासहित २७६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ६ जना छन् । जसमा दमक–४ की ५८ वर्षीया महिला, बुद्वशान्तिका ५२ वर्षीय मलिा, शिवसताक्षी–४ का ६८ वर्षीय पुरुष, […]
पूरा पढ्नुहोस्
मेचीनगरमा स्वाव संकलन कार्य भोली एकदिनका लागि स्थगन
मेचीनगर, २५ जेठ÷ मेचीनगर नगरपालिकाले कोभिड १९ को संक्रमण छ वा छैन भन्ने पीसीआर परीक्षण गर्नका लागि स्वाव संकलन गर्ने कार्य बुधबार (भोली) एकदिनका लागि स्थगन गरेको छ । नगरपालिकाका कोभिड फोकल पर्सन सविता सापकोटाले आर टि र पीसीआर संकलन स्थगन सम्बन्धि सूचना जारी गरी यस्तो जानकारी गराउनुभएको हो । बुधबार मेचीनगर नगरपालिका अन्तर्गतका स्वास्थ्य […]
पूरा पढ्नुहोस्
वेवारिसे अवस्थाको मोटरसाइकल फेला पर्याे
मेचीनगर, २५ जेठ÷ सशस्त्र प्रहरी बल नेपाल वोडर आउटपोस्ट मेचीनगर —७ सतिघट्टाले नेपाल नम्बरको मोटरसाइकल नेपाल—भारत दशगजा नजीकैबाट मंगलबार विहान फेला पारेको छ । विओपी पति सशस्त्र प्रहरी नायव निरीक्षक किरण केसीका अनुसार हेण्डल लक गरेर नेपाल —भारतको दशगजा सीमाक्षेत्र नजीकै कासघाँरीमा लुकाइछिपाई राखेको अवस्थामा मे ५ प ५१५६ नम्बरको कालो रंगको सुपर स्प्लेण्डर मोटरसाईकल […]
पूरा पढ्नुहोस्
झापामा आज २३५ जनामा संक्रमण , ८ को मृत्यु
मेचीनगर, २४ जेठ । झापामा सोमबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २३५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७६ महिलासहित २३५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ८ जना छन् । जसमा धरान–१९ की ५३ वर्षीया महिला, रोङतिङ–८ की ५३ वर्षीया महिला, उर्लाबारी–९ का ९१ वर्षीय […]
पूरा पढ्नुहोस्
मेचीनगरमा अत्यावश्यक सेवा तथा कार्य बाहेक सवै सेवा बन्द
मेचीनगर, २४ जेठ÷ आगामी जेठ मसान्तसम्म मेचीनगर नगरपालिकाले प्रदान गर्ने अत्यावश्यक सेवा तथा कार्य बाहेक नगरकार्यपालिका केन्द्र तथा वडा कार्यालयबाट सञ्चालन हुने सेवा बन्द गर्ने निर्णय भएको छ । नगरपालिकामा कार्यरत अधिकाँश कर्मचारीमा कोभिड १९ को संक्रमण देखिए लगत्तै मेचीनगर नगरकार्यपालिकाको सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो […]
पूरा पढ्नुहोस्
विद्यार्थी भर्ना असार १ देखि सुरु हुने
झापा, २३ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आइतबार भएको छलफलका क्रममा मन्त्री श्रेष्ठले तोकिएको शैक्षिक सत्र अनुसार असार १ गतेदेखि अनिवार्य भर्ना प्रक्रिया अगाडि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् । मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ भर्ना प्रक्रिया असार १ […]
पूरा पढ्नुहोस्
सेवानिवृत्त हुदै डाक्टर पिताम्बर ठाकुर
मेचीनगर, २२ जेठ ÷ मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पिताम्बर ठाकुर आगामी बुधबार वा २६ जेठदेखि सेवानिवृत्त हुँनुहुदैछ । २०६० साल जेठमहिनामा कन्सलटेण्ट फिजिसियनका रुपमा जिम्मेवारी समाल्न आइपुग्नु भएका डाक्टर ठाकुर वरिष्ठ कन्सलटेण्ट फिजिसियन पार गदैं प्रमुख कन्सलटेण्ट फिजिसियनका रुपबाट २०७० साल चैत महिनादेखि तात्कालिन मेची अञ्चल अस्पताल भद्रपुरको मेडिकल सुपरिन्टेन्डेन्टको कमाण्ड सम्हाल्नु […]
पूरा पढ्नुहोस्