स्थानीय खबर

आज गणतन्त्र दिवस

झापा, १५ जेठ । आज गणतन्त्र दिवस । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १३ वर्ष पूरा भइ १४ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले शनिबार औपचारिकरुपमा गणतन्त्र दिवस मनाउँदै छन् । निर्वाचित संविधानसभाको १५ जेठ २०६५ मा बसेको पहिलो बैठकले २ सय ४० वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य गर्दै नेपाललाई […]

पूरा पढ्नुहोस्

मेचीनगरले गर्याे २२वटा निर्णय, तीनवटा विद्यालयलाई १८ ÷ १८ लाख

डम्बर बराल मेचीनगर, १४ जेठ ÷ मेचीनगर नगरपालिका— ७ का वडाध्यक्ष चन्दन मेचे र नगरपालिकाका कर्मचारी महेन्द्र निरौलाको सवै उपचार खर्च वापतको रकम अस्पतालको बील भपाई अनुसार नगरपालिकाले उपलब्ध गराउने भएको छ । कोभिड १९ संक्रमणबाट निधन भएका वडाध्यक्ष मेचे र निरौलाको उपचाररत रहँदाको सवै उपचार खर्च १ १ जेठमा सम्पन्न कार्यपालिकाको बैठले निर्णय गरी […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाले माग्यो , संघीय सरकारसँग खोप किन्ने अनुमती

मेचीनगर, १४ जेठ ÷ कोभिड १९ को संक्रमण दर बढिरहेका बखत मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीका लागि खोप ल्याउने तयारी गरेको छ । यसका लागि स्थानीय सरकार मेचीनगर नगरपालिकाले संघीय सरकारसंग अनुमती माग गरेको छ । स्थानीय तहले खोप किन्न पाउने ब्यवस्था संघीय सरकारले नीतिगत रुपमा नै गरिदिनु पर्ने भएकाले नगरपालिकाले संघीय सरकारसँग यस्तो माग गरेको […]

पूरा पढ्नुहोस्

नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशिल हुन सरकारलाई झापा काँग्रसले गर्याे आग्रह

विर्तामोड १४ जेठ । नेपाली कांग्रेस झापाले कोरोना संक्रमणको नियन्त्रण र नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशिल हुन सरकारलाई आग्रह गरेको छ । नेपाली कांग्रेस झापाले आज एक विज्ञप्ति जारी गर्दै जनताको जीउधनको सुरक्षा गर्नुपर्ने दायित्वबाट सरकार च्युत भएको भन्दै यसप्रति संवेदनशील हुन आग्रह गरेको हो । कोरोना महामारी नियन्त्रणका लागि अविलम्ब सबै नागरिकलाई निःशुल्क खोपको ब्यवस्था […]

पूरा पढ्नुहोस्

नगर क्षेत्र भित्र रहेका अति विपन्न परिवारलाई मेचीनगर नगरपालिकाले राहत दिने

धुलाबारी, १४ जेठ । लामो समय सम्म लकडाउन हुँदा खाद्यान्न संकटको सामना गरिरहेका मेचीनगर क्षेत्रमा रहेका अति विपन्न परिवारलाई मेचीनगर नगरपालिकाले राहत दिने भएको छ । नगरपालिका कार्यपालिकाको केहिदिन अघि बसेको वोर्ड वैठकले नगरका अति विपन्न परिवारलाई राहत दिने निर्णय गरेको हो ।नगरपालिकाका प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले नगरका विपन्न परिवारलाई राहत दिने निर्णय भएको स्पष्ट […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेस झापाले पार्टी कार्यालयहरुलाई आइसोलेशन सेन्टर बनाउने

झापा, १४ जेठ । आइसोलेशन सेन्टरको अभाव भइरहेको समयमा नेपाली कांग्रेस झापाले पार्टी कार्यालयहरु आइसोलेशन सेन्टरका लागि दिने निर्णय गरेको छ । कांग्रेस झापाको हालै सम्पन्न वैठकले कोरोना भाइरसविरुद्ध लड्न पार्टी कार्यालयहरु आइसोलेशन सेन्टरका लागि दिने निर्णय गरेको प्रवक्ता लोकराज ढकालले जानकारी दिए । त्यस्तै कांग्रेसले जिल्लामा जिल्ला सभापति र संसदीय निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिहरुको […]

पूरा पढ्नुहोस्

पूनः सात दिन थपियो निषेधाज्ञा

मेचीनगर । झापामा जारी पूर्ण निषेधाज्ञा पूनः सात दिन थप गरिएको छ । जिल्लामा बिहीबार बसेको डिसीसीएमसीको बैठकले जेठ २१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।यस अघि जेठ ७ गते दोस्रो पटक निषेधाज्ञाको अवधि थप गरिएको थियो ।

पूरा पढ्नुहोस्

मेची अस्पताललाई विद्यार्थीले दिए ४०० थान किट

भद्रपुर, १३ जेठ । भद्रपुर–१० स्थित विभुती विद्या मन्दिरबाट २०६३ सालको एसएलसी उत्र्रिण पूर्व विद्यार्थीहरुको एक समुहले मेची अस्पताल भद्रपुरलाई ४ सय थान पीसीआर परीक्षण गरिने किट उपलब्ध गराएको छ । विहीबार अस्पताल परिसरमा आयोजित संक्षिप्त कार्याक्रमका बीच अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।पिताम्बर ठाकुरलाई सो समुहका संयोजक शेखर बुढाथोकी, पूर्व विद्यार्थीहरु प्रवेश न्यौपाने, सौरभ घिमिरे लगायतको […]

पूरा पढ्नुहोस्

मेचीनगरका पत्रकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण

मेचीनगर, १३ जेठ ÷ फ्रण्टलाइनमा रहेर सूचना सम्प्रेषणमा अहोरात्र खटिने झापा मेचीनगरका पत्रकारहरूको विहीबार निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । प्रेस क्लब मेचीनगरको आयोजना मनिषा पोलिक्लिनिक एण्ड डाइगोनिष्टक सेन्टर प्रालि मेचीनगर —६ काँकरभिट्टाको प्राविधिक सहयोगमा सम्पन्न निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा नगरका अधिकाँश पत्रकारहरुले स्वास्थ्य परीक्षण गराएको प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीले बताउनुभयो । स्वास्थ्यकर्मी […]

पूरा पढ्नुहोस्

यस बर्ष मेचीनगरका विद्यालयमा बार्षिक परीक्षा नहुने

मेचीनगर,१२ जेठ । कोरोना स्रक्रमण बढ्दै गएपछि मेचीनगर नगरपालिका भित्रका बिद्यालयहरुमा यो बर्षको बार्षिक परीक्षा नहुने भएको छ । नगरकार्यपालिकाको हिजोको बैठकको निर्णय अनुसार नगर शिक्षा शाखाले यस अघि विद्यालयले लिएको परीक्षाको आधारमा बार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न सबै बिद्यालयहरुका नाममा सूचना जारी गरे पछि बार्षिक परीक्षा नहुने तर नतिजा भने प्रकाशन हुने भएको हो […]

पूरा पढ्नुहोस्