स्थानीय खबर

मेचीनगर नगरपालिकाले भोली सोमबार शोक विदा दिने

मेचीनगर,९जेठ । मेचीनगर नगरपालिकाले भोली सोमवार शोक विदा दिने निर्णय गरेको छ । वडा नम्बर ७ का अध्यक्ष चन्दन मेचे र नगरपालिकाको विद्युत शाखामा कार्यरत कर्मचारी महेन्द्र निरौलाको निधनमा दुःख व्यक्त गदैं एकदिने सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिका स्रोतले जनाएको छ । शोक विदामा दमकल, एम्बुलेन्स स्वास्थ्य शाखाबाट हुने सेवा र फोहोर मैला संकलन […]

पूरा पढ्नुहोस्

झापामा शनिबार २३४ जनामा संक्रमण पुष्टि, ६ को मृत्यु र १०९ जना डिस्जार्च

मेचीनगर, ८ जेठ । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २३४ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा ६ जना छन् । जसमा मेचीनगर–७ का ५५ वर्षीय पुरुष, गौरादह–४ का ३० वर्षीय पुरुष, हल्दीबारी–१ का २९ वर्षीय पुरुष र बुद्वशान्ति–१ का ६९ वर्षीय पुरुष, दमक–९ का ६३ वर्षीय पुरुष र कनकाई–८ का ५२ […]

पूरा पढ्नुहोस्

मेची अस्पतालमा पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द

झापा,८ जेठ । मेची अञ्चल अस्पताल भद्रपुरमा पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालमा पीसीआर किट ९रि–एजेन्ट० को अभाव भएसँगै ९आज० शनिवारदेखि पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै मेची अस्पतालमा पीसीआर परीक्षण गराउन आउनेको सङ्ख्या ह्वातै […]

पूरा पढ्नुहोस्

 वडाध्यक्ष चन्दन मेचेको निधन

मेचीनगर, ८ जेठ । मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको निधन भएको छ । वडाध्यक्ष मेचेको कोरोना संक्रमणबाट निधन भएको हो  । मेचीनगर ७ जोरसिमल  निवासी ५१ वर्षीय वडाध्यक्ष मेचेको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा आज दिउसो १२ वजे मृत्यु भएको हो ।उनको सोहि अस्पतालमा वैशाख २८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै […]

पूरा पढ्नुहोस्

झापामा शुक्रवार २४५ संक्रमित, २ को मृत्यु

मेचीनगर, ७ जेठ । झापामा शुक्रवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २४५ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा २ जना छन् । जसमा बुद्वशान्ति–४ का ४६ वर्षीय पुरुष र मेचीनगर–१५ का ५० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । उनका अनुसार आज १०५ महिलासहित २४५ जनामा कोरोना भाइरसको […]

पूरा पढ्नुहोस्

राजश्व अपचलन गर्नेलाई कार्वाही गर्न नेपाली काँग्रेसको माग

मेचीनगर, ७ जेठ । नदीजन्य पदार्थको विक्री र राजस्व संकलनमा अपचलन भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेपाली कांग्रेसले भरपर्दो छानविन प्रक्रिया अघि बढाउन तथा दोसीलाई कार्वाही गर्न माग गरेको छ । पार्टीको झापा क्षेत्र नं। १ का क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले नगरपालिकासँग उक्त माग गरेका हुन् । आज जारी प्रेस विज्ञप्तिमा सभापति उप्रेतीले खोलाको […]

पूरा पढ्नुहोस्

चाँडै वास्तविक कुरा सार्वजनिक गर्छाैं ः नगरप्रमुख आचार्य

मेचीनगर, ७ जेठ । ढुंगा गिटी र बलुवाको बिषयले मेचीनगर नगरपालिका आलोचित बन्दै गएपछि नगर प्रमुख बिमल आचार्यले यस बिषयमा चाँडै वास्तविक कुरा सार्वजनिक गर्नेबताएका छन् । शुक्रवार नगरको सभाकक्षमा पत्रकार सम्मेलन गरी नदीजन्य पदार्थ ९ढुंगा र बालुवा० विक्रीमा भएको अनियमितताको छानविन भइरहेको र चाडै वास्तविक कुरा सार्वजनिक गरिने नगरप्रमुख आचार्यले बताए ।पत्रकार सम्वेलनमा नगरप्रमुख […]

पूरा पढ्नुहोस्

झापामा बिहीवार २१८ जनामासंक्रमण पुष्टि, ४ को मृत्यु

  मेचीनगर, ६ जेठ । झापामा बिहीवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २१८ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा ४ जना छन् । जसमा कचनकवल–१ का ६० वर्षीया महिला र ४ का ४४ वर्षीय, दमक–३ का ६६ वर्षीय पुरुष र हल्दीबारीका ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको सूचना

पूरा पढ्नुहोस्

जेठ १४ सम्म निषेधाज्ञा थपियो

झापा ६ जेठ । आगामी जेठ १४ गतेसम्मका लागि झापामा निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा आज भद्रपुरमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । आदेशमा हाल जारी निषेधाज्ञालाई अवधि लम्ब्याउने र अति आवश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन भनिएको छ । जिल्लामा कोरोना भाइरसको […]

पूरा पढ्नुहोस्