स्थानीय खबर
मेचीनगरकोे २०७६÷२०७७ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न , विभिन्न विधाका पाँचजना कर्मचारी पुरस्कृत
लक्ष्मी उप्रेती काँकरभिट्टा, असोज ÷ मेचीनगर नगरपालिकाले विभिन्न विधाका पाँचजनालाई वर्षउत्कृष्ट कर्मचारीकारुपमा सम्मान तथा पुस्कृत गरेको छ । शुक्रबार नगरपालिकाको आर्थिक वर्ष २०७६÷२०७७ को वार्षिक समिक्षा गोष्ठीका अवसरमा उनीहरुलाई सम्मान तथा पुस्कृत गरेको हो । यसरी पुरस्कृत तथा सम्मानितहुनेहरुमा इञ्जिनियर इन्द्रबहादुर थापा स्वास्थ्यकर्मी लेखनाथ खतिवडा, वडा सचिव युवराज पोखरेल, सामाजिक परिचालिका अनिता राजबंशी र मरणोपरान्त […]
पूरा पढ्नुहोस्झापामा आज १४ जना कोरोना संक्रमित थपिए
झापा । झापामा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार झापामा थपिनेमा भद्रपुर जिल्ला कारागारका ७ जना कैदीबन्दी, २ जना प्रहरी र १ जना कर्मचारी तथा अन्य पालिकाका १ जना महिलासहित ४ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका […]
पूरा पढ्नुहोस्छतबाट लडेर १३ वर्षीया बालिकाको मृत्यु
विर्तामोड, ९ असोज । बिर्तामोड नगरपालिका वडा नं। ५ की १३ वर्षीया कृतिका भण्डारीको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले विहीवार राति १० बजे मृतकको मामा दुर्गा थपलियाको घरमा उक्त दुर्घटना भएको जानकारी दिए । थापाका अनुसार राति १० बजे खाना खाइसकेपछि चारतले छतमा गई तल हेर्ने क्रममा […]
पूरा पढ्नुहोस्झापामा आज थपिए ५जना कोरोना संक्रमित, एक जनाको मृत्यु
मेचीनगर, ७ असोज । झापामा आज ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एकजनाको मृत्यु भएको छ । बुधबार झापामा थपिनेमा ५ जनामध्ये १ जनाको मृत्यु भएको छ भने २ जना भारतबाट आएका र २ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–१० नम्बर वडाका […]
पूरा पढ्नुहोस्प्रेस क्लब मेचीनगरको अधिवेशन असोज १० गते हुने
मेचीनगर÷ प्रेस क्लब मेचीनगरको पहिलो अधिवेशन यही असोज १० गते शनिबार हुने भएको छ । प्रेस क्लब मेचीनगर समितिको असोज ५ गते बसेको बैठकले काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा अधिवेशन गर्ने निर्णय गरेको हो । मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा रहेको क्लब तीन महिनाअघि एकीकरण भएको थियो । तत्कालीन मेची बोर्डर जर्नालिष्ट एसोसिएशन र प्रेस क्लब […]
पूरा पढ्नुहोस्कोरोनाले थलियो सामुदायिक वन र सिमसार क्षेत्र
डम्बर बराल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषण गरेर नेपालमा २० लाख पर्यटक भित्र्याउने उद्घोष ग¥यो । पर्यटन वर्ष घोषणा हुँदा पर्यटन तथा सिमसार क्षेत्रको विकासले तीव्रता पाउने स्थानीय समितिले अपेक्षा गरेका थिए । बाह्य पर्यटकले भिजिट गर्दा देशमा पर्यटन क्षेत्रको प्रचार प्रसार हुने मात्र होइन धेरैले रोजगारसमेत पाउने आशा थियो । पर्यटन वर्ष […]
पूरा पढ्नुहोस्पत्रकार तिम्सिना परिवारलाई मातृशोक
मेचीनगर, ५ असोज । पत्रकार तिम्सिना परिवारलाई मातृशोक परेको छ । पत्रकारहरु गणेश तिम्सिना, सुजन तिम्सिना, भोला तिम्सिना, निर्मला तिम्सिना र सृजना तिम्सिनाकी ७२ वर्षीया आमा मेचीनगर ५ निवासी पवित्रा तिम्सिनाको निधन भएको हो । उनको आइतबार राति ९ वजे धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा तिम्सिनाको निधन भएको हो । स्वास्थ्यमा समस्याभएपछि […]
पूरा पढ्नुहोस्साहित्यकार आत्रेयद्वारा लिखित ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’कृति बिमोचन
मेचीनगर।साहित्यकार तथा शिक्षासेवी बिष्णुभक्त आत्रेयद्वारा लिखित ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ कृति शनिबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । संविधान तथा राष्ट्रिय दिवसको अवसर पारेर एक भब्य कार्यक्रमका बीच ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ बिमोचन गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा सभा सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ यज्ञराज प्रसाई र कार्यक्रमका विशेष […]
पूरा पढ्नुहोस्श्री कृष्ण व्यासाश्रम मन्दिर समितिको अध्यक्षमा पुनः लिला प्रसाद
मेचीनगर,३असोज । मेचीनगर ८ स्थित श्री कृष्ण व्यासाश्रम मन्दिर समितिको शनिवार सम्पन्न नवौं बार्षिकसाधारण सभाबाट अध्यक्षमा पुनः लिला प्रसाद खनाल सर्वसम्मत चयन भएका छन् । मन्दिर परिसरमा आयोजित साधारण सभाले समितिको बरिष्ठ उपाध्यक्षमा लाल बहादुर थामी, उपाध्यक्षमा सूर्य अधिकारी, महासचिवमा राजन कुमार गिरी, सचिवमा उत्तम गिरी र कोषाध्यक्षमा गोमा पोख्रेललाई सर्वसम्मत चयन गरेको छ । […]
पूरा पढ्नुहोस्एमसिसिको कार्यालय उद्घाटन तथा रक्तदान कार्यक्रम धुलाबारीमा
धुलाबारी,२ असोज ।धुलाबारी स्थित मेची चेम्बर अफ कमर्स ९एमसिसि०को कार्यालय शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन् गरिएको छ । कार्यालय भवनको उदघाटन् चेम्बरका प्रदेश १ का अध्यक्ष राजेन्द्र घिमिरेले रिवन काटेर गर्नु भएको थियो । उदघाटन मन्तब्य राख्दै घिमिरेले ब्यवशाय र ब्यवशायीको हितमा काम गर्न सबैलाई आग्रह गर्नु भयो । आफुले राम्रो काम गर्दा अरुलाई गाली […]
पूरा पढ्नुहोस्