स्थानीय खबर

बिर्तामोड वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित

बिर्तामोड, १६ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित भएका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार राजु न्यौपानेले २ हजार २२५ मत ल्याउर निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १ हजार ५२० मत मात्र प्राप्त गरेका छन् । न्यौपाने ७०५ मतको अन्तरले विजयी भएका […]

पूरा पढ्नुहोस्

अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अनेरास्ववियुलाई

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगरले जितेको छ । ५१औं सहिद दिवसको अवसरमा बुधबार मेचीनगर ८ स्थित श्री कृष्ण व्यास आश्रममा आयोजित हाजिरी जवाफ प्रतियोगितामा नेकपा एमाले सम्बद्ध ९ वटा जनसंगठनले प्रतिष्पर्धा गरेका थिए । जसमा अनेरास्ववियुले २४ अंकसहित पहिलो […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ३३ हजार बालबालिकालाई दादुरा–रुवेला बिरूद्धको खोप लगाइने

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका बालबालिकालाई अभियान नै चलाएर दादुरा–रुवेला बिरूद्धको खोप लगाउने भएको छ । स्वास्थ्य शाखाले दादुरा(रूबेला खोप अभियान २०८० मार्फत नगरको ३३ हजार बालबालिकालाई फागुन २० गतेदेखि २९ गतेसम्म नगरपालिकाको पन्द्रवटै वडामा खोप लगाउने भएको हो । आज स्वास्थ्य शाखाले मेचीनगरका क्रियाशील सञ्चारकर्मीहरूसंग अन्तरक्रिया गर्दै नगरपालिकाले खोप अभियान भव्य […]

पूरा पढ्नुहोस्

मेचीनगर अनलाइन दोस्रो वर्षमा प्रवेश

काँकरभिट्टा, १४ फागुन । मेचीनगर अनलाइन डटकम आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । मेचीनगर–६ मा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको मेचीनगर अनलाइन डटकम स्थापनाको एकवर्ष पुरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ । गतवर्ष फागुन १४ गते धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा मेचीनगर नगरपालिकाका […]

पूरा पढ्नुहोस्

नकलबन्दामा जारी नकआउट फुटबलको उपाधि होक्से युथ क्लवको पोल्टामा

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको उपाधि होक्से युथ क्लबले जितेको छ । काँकरभिट्टा एफटिसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै होक्से च्याम्पियन बनेको हो । नकलबन्दा समाज विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा शनिबार उपाधिका लागि काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र होक्से युथ क्लब मैदानमा उत्रिएका थिए । उपाधि जितेसँगै होक्सेले […]

पूरा पढ्नुहोस्

खोज पत्रकारिताले भ्रष्टाचार र बेथिति अन्त्य गर्ने छ : अध्यक्ष थेवेले

नयाँबजार । इलामको माईजोगमाई गाँउपालिकाको केन्द्र नयाँबजारमा खोज पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ इलामको आयोजना साथै माईजोगमाई गाउँपालिकाको सहयोगमा ४ दिने खोज पत्रकारिता तालिम सुरु भएको हो । उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लब भट्टराई र प्रमुख अतिथी माईजोगमाई गाँउपालिकाका अध्यक्ष कुश बहादुर थेवे रहेका थिए । विशेष […]

पूरा पढ्नुहोस्

धुलाबारीमा इन्जिनियरिङ नमुनाको प्रदर्शनी हुँदै

धुलाबारी, १० फागुन । मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूटले यही फागुन १७ र १८ गते इन्जिनियरिङ प्रदर्शनी गर्ने भएको छ । धुलाबारी क्याम्पस परिसरमा हुने उक्त प्रदर्शनीमा इन्स्टिच्यूटका आइटी, सिभिल र आर्किटेक्चर विषयमा अध्ययनरत् विद्यार्थीले निर्माण गरेका वैज्ञानिक साधनहरु देखाइने प्रिन्सिपल ई। रुद्र मैनालीले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा मेचीनगरका एक हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा […]

पूरा पढ्नुहोस्

झापा गोल्ड कप फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक

बिर्तामोड, ९ फागुन । अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो । त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्ड कपले यो संस्करणमा […]

पूरा पढ्नुहोस्

सुरु भयो ‘हात्तीमैत्री पदयात्रा’ मुख्यमन्त्रीलाई बाहुनडाँगीबासीले बुझाए ११ बुँदे ज्ञापन पत्र

बाहुनडाँगी, ९ फागुन । कोशी प्रदेशका मुख्य मन्त्री केदारकार्कीले हात्तीको समस्या समाधानकोलागि आजबाट ‘हात्तीमैत्री पदयात्रा’ सुरु गरेका छन् । जीव, जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ झापाको बाहुनडाँगी स्थित प्रसाद गौँडाकाबाट सुरु भएको पद यात्रा फागुन १६ गते उदयपुरको कटारी पुगेर सम्पन्न हुने छ । कार्यक्रममा कृषिमन्त्री रामकुमार खत्री, भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, […]

पूरा पढ्नुहोस्

मेचीनगरमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया सम्पन्न

मेचीनगर । सुरक्षित वैदेशिक रोजगारीका लागि मेचीनगरका जनप्रतिनिधिसँग सुरक्षित आप्रवासन (सामी) ले अन्तरक्रिया सम्पन्न गरेको छ । मंगलवार मेचीनगर नगरपालिका कार्यालयको सभाहलमा सुरक्षित वैदेशिक रोजगारीका लागि मेचीनगरका जनप्रतिनिधिसँग सामीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) का कार्यक्रम अधिकृत रोहित विश्वकर्माले मेचीनगरका जनप्रतिनिधिलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम अधिकृत विश्वकर्माले स्थानीय […]

पूरा पढ्नुहोस्