स्थानीय खबर

मेची सामुदायिक प्रहरी सेवाकेन्द्र काँकरभिट्टाको अध्यक्षमा पत्रकार पौडेलको उम्मेद्वारी

काँकरभिट्टा ÷ सामुदायिक प्रहरी सेवाकेन्द्र काँकरभिट्टको अध्यक्ष पदमा पत्रकार मुक्ति पौडेलले मनोनयन दर्ता गराएका छन् । आगामी चैत्र ७ गतेहुने निर्वाचनका लागि आध्यक्ष पदमा आफूले मनोनयन दर्ता गराएको बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । प्रेस क्लव मेचीनगरको कार्यलयमा आयोजित पत्रकार सम्मेनमा पत्रकार पौडेलले भने, ‘ हामी पत्रकारहरु सामाजिक क्षेत्रमा क्रियाशिल छौं । समुदायसँग […]

पूरा पढ्नुहोस्

विद्यार्थीको पक्षमा उभिएका विशाल

मेचीनगर । चैत ५ गते हुन गइरहेको काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा सभापति पदमा विशाल तामाङ उठेका छन् । नेपाल विद्यार्थी संघमा सक्रिय मेचीनगर–१, देवीगञ्ज निवासी तामाङ बीएड पहिलो वर्षमा अध्ययनरत । सानै उमेरबाट राजनीतिमा सक्रिय भएर लागिरहेका विशाल विद्यार्थीको हकहितका पक्षमा ठिङ्ग उभिने गरेका छन् । २०७० सालदेखि नेपाली कांग्रेसको राजनीति सुरु गरेका विशाल […]

पूरा पढ्नुहोस्

धुलाबारी खानेपानी निर्वाचन : अध्यक्ष पदमा पाँचजना आकांक्षी

धुलाबारी । राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएको धुलाबारी खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि चैत १८ गते निर्वाचन हुँदैछ । निर्वाचनमा मुख्यतः नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने निश्चित छ । दुवै पार्टीले नेतृत्व आफ्नो पक्षमा पार्न आन्तरिक तयारी सुरु गरेका छन् । तेस्रो ठूलो दल माओवादी केन्द्र लगायत साना दलहरुले पनि खानेपानी […]

पूरा पढ्नुहोस्

पक्राउ परेका ३३ जना बन्दकर्तालाई प्रहरीले छोड्यो

झापा, २८ फागुन । झापाका बिभिन्न ठाउँबाट पक्राउ परेका ३३ जना बन्दकर्ता प्रहरीले छोडेको छ । जिल्लाको विभिन्न स्थानमा बन्द गराउँदै हिड्ने ३३ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु सबैलाई प्रहरीले छोडेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले बताए । बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधनलाई रोकेर तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिएको प्रहरीको […]

पूरा पढ्नुहोस्

बिर्तामोडमा प्रदेश स्तरीय व्याडमिन्टन हुने

झापा, २८ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित झापाको बिर्तामोडमा प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । यही फागुन २९ गतेदेखि तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले आइतवार बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो बिर्तामोड–३ स्थित मेहरमान वहुउद्देश्यीय कवर्ड हलमा संञ्चालन हुने प्रतियोगिता लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब […]

पूरा पढ्नुहोस्

झापामा २६जना आन्दोलनकारी पक्राउ

झापा । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै बन्द गराउँदै हिँड्ने २६ जना बन्दकर्तालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको मेचीनगर, चाराआली, बिर्तामोड, दमक, केर्खालगायत क्षेत्रबाट २६ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । राजमार्ग र मुख्य बजार क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी परिचालन […]

पूरा पढ्नुहोस्

‘झापा नेशनल स्कुलले रोबोटटिक्स फेयर’ प्रदर्शन गर्ने

मेचीनगर । मेचीनगर–७ स्थित झापा नेशनल स्कुलले आगामी चैत ३ र ४ गते आफ्नो १२औँ बार्षिकोत्सवको अवसरमा ‘रोबोटटिक्स फेयर’ प्रदर्शनी गर्ने भएको छ । विद्यालयले पत्रकार सम्मेलन आयोजना गरेर सो कुराको जानकारी गराएको हो । इटाभट्टामा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल कमल भेटवालले आगामी चैत ३ र ४ गते कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले […]

पूरा पढ्नुहोस्

म्याराथन दौडको उपाधि सविन र सुस्मितालाई

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरले आयोजना गरेको खुला म्याराथन दौड प्रतियोगिताको उपाधि बिर्तामोडका सविन लिम्बु र भद्रपुरकी सुस्मिता राईले हात पारेका छन् । शनिबार आयोजित खुला म्याराथन दौडमा प्रतिस्पर्धिहरुलाई उछिन्दै पुरुषतर्फ सविन र महिलातर्फ सुस्मिता उपाधि हात पारेका हुन् । काँकरभिट्टादेखि धुलाबारी सम्मको निर्धारित दुरी १९ मिनेट १७ सेकेन्डमा पार गर्दै सविन लिम्बुले प्रमाण […]

पूरा पढ्नुहोस्

प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य शुभद्रा भट्टराई सहित साहित्यकार र विद्यार्थी सम्मानित

मेचीनगर, २७ फागुन । रामप्रसाद देवी ओली प्रतिष्ठान तथा बिष्णुदेवी ओली अक्षयकोषद्वारा सामाजिक क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरु र विद्यार्थीहरुलाई सम्मान गरिएको छ । शनिबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य शुभद्रा भट्टराई अर्यालसगैँ भारत दार्जिलिङमा रहेर साहित्यमा कलम चलाउने साहित्यकार कमल रेग्मी, सामाजिक व्यक्तित्व गोविन्द घिमिरे, हर्कबहादुर भुजेल, दिलमाया बस्नेत […]

पूरा पढ्नुहोस्

धुलाबारी खानेपानी उपभोक्ता समितिको २२ औं वार्षिक साधारणसभा जग्गादाता सम्मानित

धुलाबारी ÷ धुलाबारी खानेपानी उपभोक्ता समितिको २२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । धुलाबारी स्थित पासाङ्ल्वामु जेसिज प्रतिष्ठानमा आयोजित साधारण सभाको उद्घाटन् झापा क्षेत्रनम्बर १ का संघीय सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्माले गरेका थिए । धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजय घिमिरेको सभापतित्व रहेको कार्यक्रमम झापा क्षेत्रनम्बर १ (खा)की सांसद […]

पूरा पढ्नुहोस्