स्थानीय खबर

प्रविधिमैत्री शिक्षामा फड्को मार्दै बलभद्र

डम्बर बराल मेचीनगर÷ कक्षा नर्सरीका विद्यार्थी हुन् या कक्षा १२ का, सबैमा उत्तिकै उत्साह थियो । सबै उत्साहित भएर सिकाइमा ध्यान दिइरहेका थिए । नर्सरीदेखि कक्षा १ सम्मका साना साना नानीहरुलाई स्मार्ट टेलिभिजन र सिकाइमा सहयोगी बिभिन्न खेल सामाग्रीले ध्यान केन्द्रित गरिरहेको छ भने कक्षा ४ का विद्यार्थी नयाँ टेक्नोलोजीलाई पछ्याउँदै कम्युटर सिकाइमा व्यस्त छन् […]

पूरा पढ्नुहोस्

तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेडलाई

मेचीनगर, ६ चैत । तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड झापाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर काठमाडौँलाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि जितेको हो । काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको उपाधि जिताउँन बिर्तामोडका सुशन राई र रमेश गुरुङ सफल भए । उनीहरुले समान एक–एक गोल गरे […]

पूरा पढ्नुहोस्

कुलबहादुर मार्गको खोल्सीमा पक्की पुल निर्माण

सुरेन्द्रनगर । मेचीनगर –५ राममन्दिर टोल स्थित कुलबहादुर मार्गमा रहेको खोल्सीमा पक्की पुल निर्माण सम्पन्न भएको छ । उपभोक्ता समितिले पुल निर्माण कार्य सम्पन्न गरे सँगै सार्वजनिक सुनुवाई समेत गरेको छ । यस आर्थिक वर्षमा पुल निर्माणको लागि मेचीनगर पालिकाबाट ५ लाख ५० हजार विनियोजना भएपछि उपभोक्ताको तर्फबाट ८२ हजार ५०० रुपैयाँ जनसहभागिता जुटाएर कुल […]

पूरा पढ्नुहोस्

कृषक समन्वय समितिले बुझायो,वडाकार्यालयमा – माग पत्र

सुरेन्द्रनगर, ५ चैत । कृषकका समस्या बुझ्न गठित वडास्तरीय मुल कृषक समन्वय समिति मेचीनगर –५ ले आइतबार वडाकार्यालयमा माग पत्र बुझाएको छ । समितिले वडालाई ४ व्लकमा छुट्याएर कृषकका समस्या संकलन गरेको र ति समस्या समाधानको लागि वडा सरकारको ध्यानकर्षण गराएको समितिका अध्यक्ष मनिकुमार आचार्यले बताए । समितिले कृषकका साझा समस्या सिँचाई, मलखाद , कृषिमा […]

पूरा पढ्नुहोस्

धुलाबारीमा चैत ६ बाट ‘प्रथम मेची महोत्सव’सुरु हुँदै

मेचीनगर । मेची चेम्बर अफ कमर्स मेचीनगरको आयोजनामा चैत ६ गतेदेखि झापाको धुलाबारीमा ‘प्रथम मेची महोत्सव’ आयोजना गरिने भएको छ । आयोजक मेची चेम्बर र रोलिङ क्लब धुलाबारी सहआयोजक रहेको महोत्सव चैत २७ गतेसम्म धुलाबारीको कोलोनीमा सञ्चालन हुने शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव आयोजक समितिका संयोजक रविन बस्नेतका अनुसार महोत्सवमा विभिन्न किसिमका […]

पूरा पढ्नुहोस्

झापा नेशनलका विद्यार्थीले देखाए लोभलाग्दो प्रतिभा, प्रविधि मैत्री बन्यो विद्यालय

मेचीनगर, ३  चैत्र । विद्यार्थीले शिक्षाको विकास सगँसगैँ प्रविधिमा पनि फड्को मारिरहेका छन् भन्ने उदाहरण आज झापाको मेचीनगर स्थित झापा नेशनल स्कुलले प्रस्तुत गरेको छ । अतिथी र अविभावकले भरिभराउ चउरमा विद्यार्थी आफैँले बनाएका मानव यन्त्र ‘रोबोर्ट’ प्रदर्शन गर्दै विद्यालयले प्रविधिको रुपान्तरणलाई विद्यार्थीसगँ जोडेको हो । विद्यालय प्रांगणमा ‘रोबोटिक्स फेयर’ नामक आजबाट शुरु भएको मेलामा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा मैत्री पूजा हुने

मेचीनगर । मेचीनगरमा बिश्वशान्तिको कामना र नयाँ आउँदै गरेको हरियाली वनस्पतीको स्वागत गर्दै महा मै मैत्री पूजा आयोजना हुने भएको छ । बोधि श्रवण धर्म संघ जिल्ला शाखाको आयोजनामा चैत्र ८ गतेदेखि १० गतेसम्म ‘१८ औँ मै मैत्री दिवश एवम बिश्वशान्ति महा मै मैत्री पूजा प्रार्थना’ हुन लागेको हो । कोशी प्रदेश भरीका ९ जिल्ला […]

पूरा पढ्नुहोस्

पाउ पाथीभरा धाममा चैत ८ गते देखि श्रीमद् भागवत् महापुराण हुने

मेचीनगर, चैत्र ३ । मेचीनगर १३ चारआली स्थित पाउ पाथीभरा धाममा चैत ८ गते देखि श्रीमद् भागवत् महापुराण आयोजना हुने भएको छ । १८ पुराण लगाउने उद्घोष गरेर हरेक वर्ष पुराण आयोजना गर्दै आएको समितिले चैत ८ देखि १६ गतेसम्म श्रीमद् भागवत् महापुराण आयोजना गर्न लागिएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो […]

पूरा पढ्नुहोस्

त्रिदेव क्याम्पसमा गौतम, भण्डारी र बुढाथोकीबीच प्रतिष्पर्धा हुने

चारआली, २ चैत । मेचीनगरको त्रिदेव बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । त्रिदेव क्याम्पसको स्ववियु निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अखिल नेपाल विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीबीच प्रतिस्पर्धा हुने भएको हो । अध्यक्ष पदमा नेविसंघबाट अर्जुन गौतम, अनेरास्ववियुबाट योगेश भण्डारी र स्वतन्त्रबाट अनिस बुढाथोकी चुनावी मैदानमा […]

पूरा पढ्नुहोस्

स्ववियु निर्वाचनको विषयलाई लिएर काँकरभिट्टा क्याम्पसको विवाद उत्कर्षमा

मेचीनगर, १ चैत । स्ववियु निर्वाचनको विषयलाई लिएर काँकरभिट्टा बहुमुखी क्याम्पसमा विवाद उत्कर्षमा पुगेको छ । निर्वाचनकै विषयमा आज दुई संगठन बीच झडप भएको छ भने नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले क्यम्पसको मुलगेटमा आगजनी समेत गरेका छन् । बुधवार विहान निर्वाचन समितिले बिना सूचना उम्मेदवारहरुको मनोनयन दर्ताको प्रक्रिया थालेको भन्दै अनेरास्ववियुको समूहले मनोनयन पत्र […]

पूरा पढ्नुहोस्