अर्थ

पशुपति माविका शिक्षक र कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने

बाहुनडाँगी । मेचीनगर –४ स्थित पशुपति माध्यमिक विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरुले नेपाल बैंक लिमिटेडबाट बिना धितो कर्जा पाउने भएका छन् । नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखा र पशुपति माध्यमिक विद्यालयबीच कर्जा प्रवाह गर्ने विषयमा आइतबार (आज) सम्झौता भएको छ । बैंकवाट प्रवाह गरिने अधिकतम रु १५ लाख सेवा ग्राही कर्जा लिने दिने विषयको उक्त […]

पूरा पढ्नुहोस्

साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीको २० औं वार्षिक साधारण सभा सम्पन्न

बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीको २० औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष टुकादेवी दाहालको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा रहेको थियो । प्रमुख अतिथि कार्कीले सहकारीले स्थानीय […]

पूरा पढ्नुहोस्

आदर्श माविका स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने

मेचीनगर । नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखाले मेचीनगर ८ स्थित आदर्श माध्यमिक विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो कर्जा प्रवाह गर्ने भएको छ । स्थायी शिक्षक तथा कर्मचारीलाई बैंकवाट विना धितो कर्जा प्रवाह गर्ने गरी बुधबार एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेड र आदर्श माध्यमिक विद्यालय विच सम्झौता भएको छ । बैंकवाट प्रवाह […]

पूरा पढ्नुहोस्

अर्थोडक्स र ग्रीन टीसँगै एनएमसीले ल्यायो बजारमा, सिटीसी चिया

बिर्तामोड, २८ जेठ । झापाको काँकरभिट्टामा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले ‘एनएमसी टी’ ब्राण्डका प्याकेज बजारमा ल्याएको छ । अर्थोडक्स र ग्रीन टी उत्पादन गर्दै आएको एनएमसीले सिटीसी चिया समेत प्याकेजीङ गरी बजारमा ल्याएको हो  । एनएमसी ब्राण्डका पाँचसय ग्राम र दुई सय ग्रामका सीटिसी चियाको प्याकेट बजारमा ल्याएको छ।  […]

पूरा पढ्नुहोस्

सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने

काठमाडौं, ५ जेठ । सरकारले आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नै भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत […]

पूरा पढ्नुहोस्

क्यान्सर पीडित धनबहादुरले भने ‘मलाई अझै बाँच्न रहर छ’ उपचारमा सहयोग गरिदिनु होला

मेचीनगर, २ बैशाख । विगत १० महिनादेखि क्यान्सर रोगबाट थलिएका मेचीनगर –७ प्यारी भिट्टका धनबहादुर खत्री यतिखेर आफ्नो जीवन बचाइदिन सबै सँग सहयोगको अपिल गरेका छन् । उपचारमा आर्थिक अभाव भएपछि शनिवार पत्रकार सम्मेलन मार्फत खत्री परिवारले आर्थिक सहयोगका निम्ति सबैसँग आग्रह गरेको छ । उपचारमा सहयोग पुर्याउने उद्देश्यले प्रेस क्लव मेचीनगरले पीडित परवारको घरैमा […]

पूरा पढ्नुहोस्

दुर्गापुर महायज्ञबाट २१ लाख ४९ हजार आर्थिक संकलन

कनकाई, २१ चैत्र ÷ झापाको कनकाई–१ दुर्गापुरमा भौतिक संरचना निर्माण साथै अक्षयकोष वृद्धि गर्ने पवित्र उद्देश्यका साथ आयोजना गरिएको श्रीमद देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञबाट लक्ष्यभन्दा बढी आर्थिक संकलन भएको छ । श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत ८ देखि १६ गते सम्म संचालन गरिएको महायज्ञको आयव्यय विवरण सार्वजनिक गर्दै आयोजक समितिले […]

पूरा पढ्नुहोस्

साहारा साकोसको वार्षिक उत्सव ; इटाभट्टा सेवा केन्द्रमा विविध कार्यक्रम

मेचीनगर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक उत्सवको अवसरमा इटाभट्टा सेवा केन्द्रले विविध कार्यक्रम गरी मनाएको छ । सहारा नेपाल साकोस इटाभट्टा सेवा केन्द्रले वार्षिक उत्सवको अवसरमा आज आफ्नो सेवा क्षेत्रका ५ जना जेष्ठ सदस्यलाई सम्मान गरेको छ । संस्थाले सोही अवसरमा मेचीनगर(८ स्थित दुर्गा मन्दिरमा रङ्ग रोगन गर्नुका साथै […]

पूरा पढ्नुहोस्

कुलबहादुर मार्गको खोल्सीमा पक्की पुल निर्माण

सुरेन्द्रनगर । मेचीनगर –५ राममन्दिर टोल स्थित कुलबहादुर मार्गमा रहेको खोल्सीमा पक्की पुल निर्माण सम्पन्न भएको छ । उपभोक्ता समितिले पुल निर्माण कार्य सम्पन्न गरे सँगै सार्वजनिक सुनुवाई समेत गरेको छ । यस आर्थिक वर्षमा पुल निर्माणको लागि मेचीनगर पालिकाबाट ५ लाख ५० हजार विनियोजना भएपछि उपभोक्ताको तर्फबाट ८२ हजार ५०० रुपैयाँ जनसहभागिता जुटाएर कुल […]

पूरा पढ्नुहोस्

नेपाल बहुउद्देश्यीय सहकारीले मनायो ३०औं स्थापना दिवस

मेचीनगर । मेचीनगर–६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले बुधवार आफ्नो ३० औँ स्थापना दिवस मनाएको छ । संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, डेरी उद्योग, सहकारी पसलहरु एवम् चिया उद्योगहरुमा दिउँसो २ बजेदेखि ४ बजेसम्म एकसाथ वार्षिकोत्सव सहितको स्थापना दिवस मनाइएको हो । २०५० साल फागुन २४ गते तत्कालीन काँकरभिट्टा […]

पूरा पढ्नुहोस्