मुख्य खबर
मेचीनगरमा मतगणनाको लागि सर्वदलिय बैठक सुरू
मेचीनगर, बैशाख ३१ । मेचीनगर नगरपालिकामा मतगणनामा ढिलाइ भएको छ । विहान ८ बजे सुरू हुने भनिएको बैठक ८स्४५ बजे सुरू भएको छ । सवर्दलिय बैठक पछि मात्रै मतगणना सुरू गर्ने तयारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मेचीनगरमा हिजोको मतदानमा ६३ हजार ३३९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी
झापा, ३१ वैशाख । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेले तेब्बर मतान्तरसहित विजय हासिल गरेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भएकी छन् । उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित बिजयी […]
पूरा पढ्नुहोस्
मनाङको चामेमा एमाले, नार्पाभूमिमा कांग्रेस बिजयी
झापा, ३१ वैशाख । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले र नार्पाभूमि गाउँपालिकाबाट नेपाली कांग्रेसले जितको खाता खोलेका छन् । स्थानीय निर्वाचन २०७९ मा जितको पहिलो खाता एमालेले खोलेको हो । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका हुन् । उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ […]
पूरा पढ्नुहोस्
मेचीनगरमा ७० प्रतिशत मत खस्यो
३० बैशाख २०७९, शुक्रबार १९स्४७ मा प्रकाशित मेचीनगर । मेचीनगर नगरपालिकामा ७० प्रतिशत भन्दा बढी मतदान भएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गतको मतदानमा मेचीनगरमा ६३ हजार ६८८ मत खसेको छ । १५ वटै वडामा खसेको मतको संख्याका आधारमा मेचीनगरमा ७०।६० प्रतिशत मत खसेको हो । नगरमा ९० हजार २०२ मतदाता रहेका थिए […]
पूरा पढ्नुहोस्
धुलावारीमा एमालेको चुनावी सभा
मेचीनगर, २७ वैशाख । नेकपा एमाले मेचीनगरले आज धुलावारीमा शक्ति प्रदर्शन गरेको छ । स्थानीय चुनावको प्रचार गर्न पाउने अन्तिम दिन मंगलबार एमालेले धुलावारीको पुरानो चिया विकास निगमको खुला मैदानमा चुनावी सभाको आयोजना गरेको थियो । एमालेविरुद्ध तीन दलीय गठबन्धन र अरु उम्मेद्वारको घेराबन्दी भएको बेलामा एमालेले आयोजना गरेको सभामा विशाल उपस्थिति देखेर विपक्षी दलहरु […]
पूरा पढ्नुहोस्
को हुन् गोपाल बुढाथोकी
मेचीनगर । २०३६ सालदेखि नेपालको कम्युनिस्ट राजनीतिमा परिचित नाम हो गोपालचन्द्र बुढाथोकी । बुढाथोकी २०१९ भदौ ८ गते खोटाङमा जन्मिएका थिए । ०२१ सालदेखि झापा मेचीनगरको मागुरमाडीमा स्थायी बसोबास गरेका हुन् । उनी विद्यार्थी र मजदुर फाँटका एक सच्चा, इमानदार र कम्युनिस्ट नेताका रुपमा परिचित छन् । ०३६ सालमा धुलाबारी माविबाट विद्यार्थी राजनीति सुरु गरेका […]
पूरा पढ्नुहोस्
को हुन् भण्डारी
।। झुलन रेग्मी ।। मेचीनगर, २७ बैशाख । झट्ट देखिँदा सानो कदको मान्छे । तर, अनुभव र चेतनाले अग्ला । त्यही चेतनाले उनी मुलुक रुपान्तरणको क्रान्तिमा जोडिए । क्रान्तिले साँच्चै उठायो उनलाई । क्रान्तिले उठाएन मात्र, उनले क्रान्तिलाई आत्मसात गरे । जतिबेला उनी १४ वर्ष थिए । यो परिचय अरु कसैको होइन, मेचीनगर नगरपालिकाका लागि […]
पूरा पढ्नुहोस्
मलाई मत दिनुस्, म भ्रष्टाचारमुक्त समाज दिन्छु – काङ्ग्रेस उम्मेदवार इन्द्र बुढाथोकी
।। राजेन्द्र गौतम ।। झापा, २७ वैशाख । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही दिन अघि चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि सात प्रस्ताव शीर्षकमा एउटा संहिता सार्वजनिक गरे । प्रस्तावको छैटौँ बुँदामा लेखिएको छः अपारदर्शी फजुल खर्च होइन, पारदर्शी र मितव्ययी ढंगले खर्च गरौँ । ‘पैसा नहुनेले चुनाव लड्न नसक्नेू बन्दै गएको छवि र पारिवारिक जीवनको […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा गठबन्धन दलले सुरु गर्याे टोलटोलमा कोणसभा तथा मतदाता शिक्षा कार्यक्रम
डम्बर बराल सुरेन्द्र नगर । मेचीनगर ५ मा गठबन्धन दलका उम्मेद्वारहरुले कोण सभा तथा मतदाता शिक्षा कार्यक्रमलाई तीब्रता दिएका छन् । प्रचार प्रसारको समय सकिन लाग्दा आफ्नो पक्षमा जनलहर ल्याउन , मतदाताहरुको गुनासो सुन्न तथा आफ्ना प्रतिवद्धता अरुलाई सुनाउन टोलटोलमा कार्यक्रम लिएर मतदाताकोमा उनीहरु पुग्न थालेका हुन् । सोमबार बिहान ८ बजे पहिलो चरणको कार्यक्रम […]
पूरा पढ्नुहोस्
गठबन्धन लोकन्त्र र संविधान रक्षाको लागि : महामन्त्री शर्मा
मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले अहिलेको पाँचदलिय गठबन्धन लोकन्त्र र संविधान रक्षाको लागि भएको बताएका छन् । आइतबार मेचीनगरको इटाभट्टामा भएको चुनावी कोण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले सो कुरा बताएका हुन् । देशमा संविधान र लोकतन्त्र खतरामा पर्दा माओवादीले साथ दियो शर्माले भने, ‘अझै लोकतन्त्र खतरामा छ । देशलाई समृद्धि […]
पूरा पढ्नुहोस्