स्थानीय खबर

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिक आन्दोलित

मेचीनगर । ज्याला वृद्धि,लगायत बिभिन्न माग राख्दै झापाका चिया श्रमिकहरुले आन्दोलित भएका छन् । चिया मजदुरहरुले पूर्वीनाका काँकडभिट्टामा प्रदर्शन गरेका हुन् चिया मजदुरका तीन वटा संगठनको अगुवाईमा भएको प्रदर्शनमा सयौं श्रमिक सहभागी भए । उनीहरुले न्यूनतम् पारिश्रमिक वृद्धि गर, पत्ति डबली वृद्धि गर, रोजगार सम्झौता लागू गर, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर भन्दै चर्का […]

पूरा पढ्नुहोस्

झापामा साप्ताहिक पत्रिका सञ्जाल गठन, अध्यक्षमा पाठक सर्वसम्मत

मेचीनगर । झापा जिल्लाभर प्रकाशनमा रहेका साप्ताहिक पत्रिकामा आबद्ध पत्रकारहरूको भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको छ । मेचीनगर–९ स्थित खुट्टीडाँगी वनको सिमसार क्षेत्रमा सम्पन्न भेलाले साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको हो । समितिको उपाध्यक्षमा रामप्रसाद निरौला, सचिवमा झुलन रेग्मी र कोषाध्यक्षमा अनुषा चुडाल रहेका छन् । यसैगरी […]

पूरा पढ्नुहोस्

प्राविधिक शिक्षामा फड्को मार्दै मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट

मेचीनगर । अहिलेको समय प्राविधिक शिक्षाको युग हो । हरेक क्षेत्रमा प्रतिष्पर्धा व्यापक बन्दै गइरहेको छ । प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्ने महान उद्देश्यमा केन्द्रित छ । मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (वहुप्राविधिक शिक्षालय)। यो संस्था मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीभिटी)को साझेदारी कार्यक्रममा सञ्चालित छ । ‘प्राविधिक विषय पढौँ स्वरोजगार बनौँ’ भन्ने मुल […]

पूरा पढ्नुहोस्

युवा नागरिक समाजले बुझायो, मेचीनगरमा ध्यानाकर्षण पत्र

मेचीनगर,१ साउन । स्थानीय निर्वाचन २०७९ पछिको यो १३ महिनाको अवधिमा मेचीनगर नगरपालिकाले आम नागरिकको जीवनमा परिवर्तन आउने खालका कुनै पनि ठोस कार्य गर्न नसकेको युवा नागरिक समाज मेचीनगर कमिटीले बताएको छ । नगरमा भएका समसामयिक समस्या तथा समाधानका उपायका बारेमा जानकारीसहित आज नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै युवा समाजले उक्त कुरा बताएको हो । ‘सडक […]

पूरा पढ्नुहोस्

होटल व्यवसायी संघ मेचीनगरको आयोजनामा अन्तरकृया

काँकरभिट्टा । होटल व्यवसायी संघ मेचीनगरको आयोजनामा शनिवार अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईको ढाँचामा आयोजना गरिएको कार्यक्रममा व्यवस्थित काँकरभिट्टा बनाउने विषयमा वृहत् रुपमा छलफल भएको थियो । कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै होटल व्यवसायी संघ अध्यक्ष सुरेश कुमार श्रेष्ठले सुन्दर काँकरभिट्टा बनाउने अभियानमा सबैलाई जोड्न कार्यक्रमको आयोजना गरिएको बताए । अन्तरकृयामा सहभागिहरुले व्यवसायीलाई […]

पूरा पढ्नुहोस्

एनएमसीको पदस्थापन तथा सपथग्रहण कार्यक्रम

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)को पदस्थापन तथा सपथग्रहण कार्यक्रम शनिवार सम्पन्न भएको छ । विर्तामोडको बिर्ता पार्टी प्यालेसमा आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी लगायत कार्य समितिले सपथग्रहणसहित पदभार गरेका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकास उप्रेती, सहसचिवमा अम्बिकाप्रसाद ढकाल र सदस्यहरुमा राजु उप्रेती, पवित्रा न्यौपाने, […]

पूरा पढ्नुहोस्

डाउन टाउन युनिभर्सिटीले यस बर्ष १६ करोडको छात्रवृत्ति दिने

बिर्तामोड । पछिल्लो समय बिदेश पढ्न जाने नेपाली बिद्यार्थीहरुको संख्या बढ्दै गएको समयमा भारतको एक कलेजले २ सय बिद्यार्थीका लागि १६ करोड छात्रवृति उपलब्ध गराउने भएको छ । भारतको गुवाहटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीले यस बर्ष नेपाली बिद्यार्थीका लागि १६ करोड रकमको छात्रवृति उपलब्ध गराउने भएको हो । नेपाली संस्कृतिसँग मेल खाने वाताबरण भएका कारण […]

पूरा पढ्नुहोस्

चार जना प्रतिभाहरुलाई सम्मान

मेचीनगर, २९ असार । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१० औँ भानु जयन्तीको अवसर पारेर मेचीनगरका चार जना प्रतिभाहरुलाई सम्मान गरेको छ । आज काँकरभिट्टा स्थित भानुभक्त आर्चायको शालिकमा माल्यार्पणपछि खोनपानी कार्यालयमा आयोजित समारोहमा नेपाली क्रिक्रेट टिमकी कप्तान मेचीनगर निवासी रुबिना क्षेत्री, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना, सञ्चारकर्मी भूमिका सुब्बा फियाकलाई र कला संस्कृतिको क्षेत्रको प्रबर्धनका […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिका: लेखा अधिकृत चक्रपाणी खनालमाथि हातपात, कर्मचारी एशोसिएशनद्वारा कार्वाहिको माग

मेचीनगर, २८ असार । मेचीनगर नगरपालिकाका कर अधिकृत चक्रपाणी खनालमाथि हातपात भएको छ । मेचीनगरका निर्माण व्यवसायी कल्याण खड्काले आज दिउँसो साढे ४ वजे नगरपालिकाका कर अधिकृत खनाललाई कार्यकक्षमा नै हातपात गरेका हुन् । खड्काले आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला मेरो चेक किन नबनाईदिएको भन्दै एक्कासी छातीमा समाएर ढेकालेको खनालले बताए । ‘वडा नम्बर ५ […]

पूरा पढ्नुहोस्

फिनल्याण्ड किन जाने भन्ने विषयमा (आज)वुधबार सुरुङ्गामा सेमिनार हुँदै

कनकाई, २७ असार ÷झापाको सुरुङ्गामा फिनल्याण्ड किन जाने भन्ने विषयमा एक दिवसीय सेमिनार संचालन हुने भएको छ । टेसला इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले आयोजना गरेको सेमिनार सुरुङ्गा स्थित नेपाल बैंक बसेको पुरानो भवनमा संचालन हुने जनाइएको छ । संसारकै सबैभन्दा समृद्ध मुलुकको सूचीमा पर्ने उत्तर युरोपेली देश फिनल्याण्डको विशेषताका बारेमा सम्बन्धित विषयका विशेषज्ञहरुबाट सेमिनार संचालन हुने […]

पूरा पढ्नुहोस्