स्वास्थ्य
हातपात पछि आम्दा अस्पतालको सेवा प्रभावित
धुलाबारी, वैशाख २६ ।मेचीनगर १० स्थित आम्दा मेची अस्पतालका चिकित्सक माथी हातपात भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन । चिकित्सकमाथी हातपात गर्ने ब्यक्तिमाथी कारबाही नगरे अस्पतालको इमरजेन्सी सेवा समेत ठप्प पार्ने चिकित्सकहरुले चेतावनीले दिएका छन । शनिबार बेलुका मेचीनगर ९ का एकै परिवारका ३ जनालाई फुड पोइजन भएर आम्दा मेची अस्पतालमा उपचारका लागि ल्याइएको […]
पूरा पढ्नुहोस्झापामा थप १५२ जनामा संक्रमण पुष्टि , दुईको निधन
काँकरभिट्टा,२६ वैशाख । झापामा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार थपिएका संक्रमितमा हरूमा १ सय २० जना पिसिआर र ३२ जना एन्टिजेन विधिबाट परिक्षण गर्दा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भने दुई जना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय झापाले दिएको जानकारी अनुसार मेचीनगरमा […]
पूरा पढ्नुहोस्काँकरभिट्टाका संक्रमित पुरुषको नोवेल अस्पतालमा मृत्यु
मेचीनगर, २६ वैशाख । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण काँकरभिट्टाका एकजना पुरुषको विराटनगर स्थित नोवेल अस्पतालमा मृत्यु भएको छ । मेचीनगर–६, काँकरभिट्टा स्थित भानु टोलका ६० वर्षीय पुरुषको शनिबार राति १० वजे नोवेलमा मृत्यु भएको हो ।ज्वरो आएपछि यहि वैशाख २४ गते उपचार लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल लगिएको थियो । सोहि अस्पतालमा उनको पीसीआर […]
पूरा पढ्नुहोस्काठमाडौँका दीपक वीएण्डसीमा
मेचीनगर, २५ वैशाख । काठमाडौँ लगायत विभिन्न जिल्लाबाट कोरोना संक्रमितहरुलाई उपचारकोलागि झापा स्थित वीएण्डसी अस्पताल ल्याउने क्रमले निरन्तरता पाउन थालेको छ । आज पनि काठमाडौँदेखि कोरोना संक्रमितका विरामी उपचारका लागि एयर अल्टिच्युटको हेलिकप्टरबाट वीएण्डसी अस्पताल ल्याईएको छ । कोरोना संक्रमित काठमाडौँका ५२ वर्षीय दीपक आङ्देम्वेलाई उपचारका लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल ल्याईएको हो ।भेन्टिलेटरसहित आइसियुको […]
पूरा पढ्नुहोस्झापामा आज १८९ जना संक्रमित, २ को मृत्यु
मेचीनगर, २५ वैशाख । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टका १८९ जना संक्रमित थपिएका छन् । भने संक्रमणबाट २ जनाको मृत्यु भएको छ । । मृत्यु हुनेमा दमक–८ का ८३ वर्षीया महिला र बिर्तामोड नगरपालिका–५ का ६२ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । शनिबार ८४ महिलासहित १८९ जनामा कोरोना […]
पूरा पढ्नुहोस्जंगली सागकोे तरकारी खाँदा मेचीनगरमा एकको मृत्यु
मेचीनगर,२५वैशाख ।जंगली सागकोे तरकारी खाँदा फुड पोइजन भएर मेचीनगरमा शनिबार एक पुरुषको निधन भएको छ । मृत्यु हुनेमा मेचीनगर वडा नम्बर ९ खुट्टिडाँगीका ८२ बर्षीय बृहस्पती सुवेदी रहेको इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।उनको उपचारको क्रममा धुलावारीस्थित आम्दा अस्पतालमा शनिबार अपराह्न्न निधन भएको बताइएको छ ।जंगलबाट टिपेर ल्याएको साग सँग […]
पूरा पढ्नुहोस्काँकरभिट्टाको नयाँ बसपार्कमा एकहजार वेडको होल्डिङ सेन्टर बन्ने
मेचीनगर, २५ वैशाख । काँकरभिट्टाको नयाँ बसपार्कमा एकहजार वेडको होल्डिङ सेन्टर बन्ने भएको छ । जिल्लामा आज बसेको डीसीसीएमसीको वैठकले मेचीनगर ७ स्थित नयाँ बसपार्कमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको वैठकले नेपाली सेनाले काँकरभिट्टा नाकामा बनाउन लागेको एक हजार वेडको होल्डिङ सेन्टर लाई नयाँ बसपार्कमा […]
पूरा पढ्नुहोस्मोटरसाइकलको ठक्करबाट बुद्धशान्तिका कर्मचारीको मृत्यु
मेचीनगर, २५ वैशाख । मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिकाका एक कर्मचारीको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिकामा कार्यरत सहायकस्तर चौथो तहका कर्मचारी बुद्धशान्ति–१ स्थित पुल चौकका ४७ वर्षीय दीपक नेपालको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । बुद्धशान्ति–१ शान्तिचौक स्थित भित्री सडक खण्डमा शुक्रबार राति ८ वजे हिडिरहेको अवस्थामा नेपाललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको होन्डा कम्पनीको मोटरसाइकलले […]
पूरा पढ्नुहोस्वडाध्यक्ष भट्टराईलाई कोरोना संक्रमण पुष्टि
मेचीनगर, २४ वैशाख । मेचीनगर नगरपालिकाका एकजना वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिका–१५ का वडाध्यक्ष गुणराज भट्टराई ९राजन० लाई कोरोना पुष्टि भएको हो । ‘श्रीमतीलाई रुघाखोकी धेरै लागेपछि पीसीआर परीक्षणका लागि बुधवार हामी दुवैजना मेची अस्पताल भद्रपुर गएका थियौँ’, वडाध्यक्ष भट्टराईले भने–‘विहीबार मेरोचाहिँ रिपोर्ट पोजेटिभ आएको थियो । तर, श्रीमतीजीको नेगेटिभ आयौँ […]
पूरा पढ्नुहोस्मेचीनगरको आइसोलेसन सेन्टरमा ३० वटा अक्सिजन सिलिण्डरको व्यवस्थापन, नगरले अब घर घरमै अक्सिजन सिलिण्डर र औषधि पुर्याउने
मेचीनगर , २४ बैशाख ÷ झापाको मेचीनगर नगरपालिकाले काभिड १९ संक्रमितका लागि मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा ३० वटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन केन्द्र तयारी अवस्थामा निर्माण गरेको छ । नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार यसअघि ३० बेड क्षमताको आइसोलेशन केन्द्रमा १५ वटा अक्सिजन सिलिण्डरको ब्यवस्था गरिएको भएपनि थप १५ वटा खरिद गरी ३० […]
पूरा पढ्नुहोस्