Author: मेची आवाज डेक्स
प्रथम जोरसिमल कप २०८० धुलाबारी र तुर्केनी एफसी विजयी
मेचीनगर। मेचीनगर ७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा धुलाबारी र तुर्केनी एफसी विजयी भएका छन् । आजभएको पहिलो खेलमा एनएफसी धुलाबारीले ज्यामिरगढी एफसीलाई ५–० को फराकिलो गोल अन्तरले हराएको छ । धुलाबारीको जितमा आदित्य ढुङ्गेलले २ गोल, सेवन थापा मगरले २ र निरज कार्कीले १ गोल गरेका थिए । […]
पूरा पढ्नुहोस्
नाइट चेस क्लबको पद हस्तान्तरण सम्पन्न
काँकरभिट्टा । नाइट चेस क्लबका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । क्लबको १४ औं वार्षिक साधारण सभाबाट सर्ब सम्मत निर्वाचित कार्यसमितिलाई शुक्रबार काँकरभिट्टा खानेपानकिो सभाहलमा पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो । कार्यक्रममा बोल्दै नाइट चेस क्लबका निवर्तमान अध्यक्ष राजु कार्कीले समाज रुपान्तरणमा क्लबको भूमिका महत्वपूणर् रहेको बताए […]
पूरा पढ्नुहोस्
आदर्श माविको वार्षिक उत्सवमा शिक्षक, अभिभावक र विद्यार्थी पुरस्कृत
इटाभट्टा । मेचीनगर–८, स्थित आदर्श माध्यमिक विद्यालयले वार्षिक उत्सवको अवसर पारेर उत्कृष्ट शिक्षक अभिभावक र विद्यार्थी पुरस्कृत तथा सम्मान गरेको छ । शुक्रबार वार्षिक समारोहका बीच वर्ष उत्कृष्ट एक शिक्षक, १÷१ पुरुष तथा महिला अभिभावक र २१ जना विद्यार्थीलाई नगद रु २ हजारदेखि १० हजारसम्मका पुरस्कार राशीबाट सम्मान गरेको हो । विद्यालयले वर्ष उत्कृष्ट शिक्षक […]
पूरा पढ्नुहोस्
मेचीनगरमा इन्डक्सन चुल्हो वितरण सुरू
मेचीनगर । मेचीनगर नगरपालिकामा विधुतिय खाना पकाउने (इन्डक्सन चुल्हो) वितरण कार्य बिहीवारदेखि सुरू भएको छ । इन्भाइरोमेन्ट प्रोडक्सन सेन्टर नेपाल (इपिसि)को सहयोगमा वितरण हुने उक्त अभियानको उद्घाटन संविधान सभा सदस्य रविन कोइरालाले गरेका थिए। मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य कोइरालाले आफ्नै देशमा भएको स्रोत साधानको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा इन्डक्सन चुल्हो वितरण गरिने
मेचीनगर । मेचीनगरमा इपिसि नेपालको सहयोगमा विधुतिय खाना पकाउने चुल्हो (इन्डक्सन चुल्हो) वितरणलाई तिब्रता दिइने भएको छ । उक्त इन्डक्सन चुल्होको वितरण बिहिबारबाट हुने मेचीनगरमा चुल्हो वितरण अभियानका पहलकर्ता सन्तोष मेचेले जानकारी दिए । उनले बिहिबारदेखि मेचीनगर ८ र ९ नं वडाका ४ सय घरलाई विद्युतीय खाना पकाउने इन्डक्सन चुल्होसहित आवश्यक कुकर, कराई र प्लकसमेत […]
पूरा पढ्नुहोस्
मेचीनगरद्धारा शिक्षक, पूर्व कर्मचारी, विद्यार्थी सहित दर्जनौं सम्मानित
मेचीनगर । मेचीनगरपालिकाले बुधबार नगर क्षेत्रमा रहेका निजी तथा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी, पेशामा कार्यरत उत्कृष्ट शिक्षक, सेवा निवृत्त शिक्षक, कर्मचारी, बाल क्लव, स्काउट र बिभिन्न संघ संस्थालाई सम्मान गरेको छ । मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजवंशीको सभापतित्व तथा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले मेची […]
पूरा पढ्नुहोस्
कर्मणी साकोसको वार्षिक साधारण सभामा सम्मान
कमल । झापाको कमल गाउँपालिका ३ केर्खा स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न संस्थाको वार्षिक साधारण सभाको उद्घाटन कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले गरेकी थिइन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष तिवारीले सोही अवसरमा संस्थाको नयाँ कार्यलय भवनको समेत रिबन […]
पूरा पढ्नुहोस्
ब्रदर्श एफसी र सालबारी विजयी
मेचीनगर । मेचीनगर ७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताको दोस्रो दिन आज ब्रदर्श एफसी र सालबारी एफसी विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा ब्रदर्श एफसीले घोडाजीन एफसीलाई पेनाल्टीमा ४.१ अन्तरले जित हासिल गरेको छ । निर्धारित समयमा दुवै टिमले समान १(१ गोल गरेपछि खेलको नतिजा पेनाल्टी मार्फत लिइएको थियो । जसमा […]
पूरा पढ्नुहोस्
घृतकौशिक गोत्रीय प्रतिष्ठानद्धारा आयोजित सप्ताह ज्ञान महायज्ञ तथा बन्धु मलन कार्यक्रम सम्पन्न
कनकाई । कोशी प्रदेशका सांसद राधकृष्ण खनालले धर्म संस्कार र संस्कृतिको संरक्षण र सम्बद्धनबाटै मानव जीवन सार्थक बन्ने र त्यो नै मानव जीवनको ठूलो सम्पत्ती भएको बताएका छन् । कनकाई स्थित घृतकौशिक गोत्रीय प्रतिष्ठानले आयोजना गरेको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि […]
पूरा पढ्नुहोस्
मेचीनगर क्षेत्रमा रहेका आचार्य बन्धुले गरे सामुहिक गोठ पूजा
मेचीनगर । मेचीनगर क्षेत्रमा छरिएर रहेका आचार्य बन्धुहरू एकै ठाँउ संगठित हुँदै सामुहिक गोठ पूजा गरेका छन् । मंगलबार मेचीनगरका पन्द्रवटै वडामा छरिएर रहेका आचार्य (कौडिण्य) बन्धुहरू मेचीनगर १० खहरेडाँगी स्थित नारायण प्रसाद आचार्यको घरमा सामुदायिक रूपमा भेला भई गोठपूजा सम्पन्न गरेका हुन् । आचार्य बन्धु सेवा समाज मेचीनगरको समन्वयमा प्रत्येक बर्ष उधौली र उभौली […]
पूरा पढ्नुहोस्