Author: मेची आवाज डेक्स

जंगली हात्तीको आक्रमणबाट कार्कीको मृत्यु

मेचीनगर, १७ माघ । जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका १३ का ७१ बर्षीय खम्बासिंह कार्कीको मृत्यु भएको छ ।आज विहान घरमै अन्न खान आएको हात्ती खेदाउने क्रममा हात्तीले कुल्चिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते कार्कीलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

पूरा पढ्नुहोस्

मेचीनगरका चिया मजदुरलाई सुधारिएको चुल्हो वितरण

मेचीनगर १६ माघ । मेचीनगर (८ का चिया बगानमा कार्यरत मजदुरहरुलाई सुधारिएको चुल्हो वितरण गरिएको छ । मेचीनगर नगरपालिकाको समन्वयमा वातावरण संरक्षण केन्द्रले नगरपालिकाको समन्वयमा चिया बगानमा कार्यरत अतिविपन्न परिवार छनौट गरी एक–एक थान सुधारिएको चुल्हो वितरण गरेको हो । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उपे्रती, मेचीनगर (८ का वडाध्यक्ष विकेन्द्र धिमाल,वडासदस्य द्वय सन्तोष […]

पूरा पढ्नुहोस्

जेठमा स्थानीय तहको चुनाव गर्न सत्ता गठबन्धन तयार

काठमाण्डौ,१५ माघ । चौतर्फि दबाब भए पछि सत्ता गठबन्धनका दलहरु जेठमा स्थानीय चुनाव गर्न तयार भएका छन । आज दुई चरणमा सम्पन्न भएको सत्ता गठबन्धनका दलहरुको बैठकले जेठमा स्थानीय चुनाव गर्ने निर्णय गरेको सरकारका प्रबक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार कार्कीले जानकारी दिए । यस अघि असोज पछि मात्रै स्थानीय चुनाव गर्ने सहमति गरेको काँग्रेस सहितका सत्ता […]

पूरा पढ्नुहोस्

फाउण्डेसनले शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै, मेचीनगरमा गोर्खा भवन बनाउने ‘ड्रिम प्रोजेक्ट’

मेचीनगर । गोर्खा मेमोरियल फ्रण्ड युकेका केन्द्रीय अध्यक्ष धनकिरण गुरुङले आगामी दिनमा मेचीनगरका सामुदायिक विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका छन् । पत्रकारसँगको संक्षित भेटघामा उनले सन २०२३ र २४ मा मेचीनगरका विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका हुन् । मेची अस्पताल भद्रपुरलाई पनि २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री दिने तयारी भएको […]

पूरा पढ्नुहोस्

खुट्टीडाँगी वनको अध्यक्षमा पुनः नेपाल

धुलाबारी । खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः टंकबहादुर नेपाल चयन भएका छन् । गत माघ १० गते सम्पन्न निर्वाचनबाट सर्वसम्मत रुपमा उनीसहित कार्यसमिति चयन गरिएको हो । नेपाल वन समितिको अध्यक्षमा तेस्रो पटक चयन भएका हुन् । सरल र इमान्दार छवि बनाएका उनी लोकप्रिय मानिन्छन् । समितिको उपाध्यक्षमा इन्दिरा नेपाल, सचिवमा सुष्मा कार्की […]

पूरा पढ्नुहोस्

मेचीनगरमा माझी समुदायको कोसी पूजा सम्पन्न

मेचीनगर । नेपाल माझी उत्थान संघ मेचीनगर समितिले शनिवार विविध कार्यक्रमको साथ कोसी पूजा तथा भिमसेन थान पूजा सम्पन्न गरेको छ । समितिले मेचीनगर–८ भिमसेन थानमा विविध कार्यक्रमका साथ पूजा सम्पन्न गरेको हो । प्रकृति पूजक माझी समुदाय बिहान ९ बजेदेखि नै पूजा आराधनामा सहभागी बनेका थिए । उनीहरुले स्थानीय घैलाडुब्बा खोलामा पुगेर जलदेवता अर्थात […]

पूरा पढ्नुहोस्

नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार

काठमाण्डौ,१२ माघ । नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । आज केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । विभागका अनुसार महिलाको जनसङ्ख्या एक करोड ४९ लाख एक हजार १ सय ६९ र पुरुषको जनसङ्ख्या एक करोड ४२ लाख ९१ हजार […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा सदस्य निर्वाचनः गोलाप्रथामा काँग्रेसका गोपालकुमार बस्नेत विजयी

विराटनगर, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रदेश १ को खुल्ला तर्फ नेपाली काँग्रेसका उम्मेद्वार गोपालकुमार बस्नेत विजयी भएका छन् । पाँच दलिय सत्ता गठबन्धनका उम्मेद्वार बस्नेत र एमालेका उम्मेद्वार गुरु बराल बिच मतभार बराबर भए पछि गोलाप्रथामा झापा बिर्तामोड निवासी बस्नेत विजयी भएका हुन । गठबन्धनका बस्नेत र एमालेका बरालको बराबरी मतभार ४ हजार […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको गाडीको ठक्करबाट राजबंशीको मृत्यु

काँकरभिट्टा, १२ माघ । मेचीनगर नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजना युवाको  मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउदै गरेको नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडीले टोकला चिया बगानको गेटमा बुधबार बेलुका ७ वजे विपरित दिशाबाट गईरहेको मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर–७ का ३५ वर्षीय सन्तोष राजबंशीको मृत्यु […]

पूरा पढ्नुहोस्

गुराँस लाइफ इन्स्योरेन्सले दियो, सारु परिवारलाई ४ लाख ५० हजार

इटहरी,१२ माघ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानीको रकम प्रदान गरेको छ । ६ वर्ष अघि गुराँसलाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएकी सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडानं ४ निवासी कृष्णकुमारी लिम्बू सारुको परिवारलाई कम्पनीले रु ४ लाख ५० हजार ३७८ रुपैयाँको चेक प्रदान गरेको छ । सारुको गत बैशाखमा मृत्यु भएको थियो । […]

पूरा पढ्नुहोस्