Author: मेची आवाज डेक्स
साहारा साकोस द्वारा १ करोड ७ लाख ४९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण
डम्बर बराल मेचीनगर । विजया दशमी नजिकिए सँगै सहारा नेपाल साकोसले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरणलाई तीव्रता दिएको छ । साकोसले प्रदेश १ का ६ जिल्लामा एक साता भित्र ९ सय ३५ जनालाई १ करोड ७ लाख ४९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको साकोसका अनुगमन अधिकृत घनश्याम रायले बताए […]
पूरा पढ्नुहोस्
सहारा धुलाबारी केन्द्रले दियो एकै दिन ठूलो राहत रकम
धुलाबारी । सहारा नेपाल साकोस धुलाबारी सेवा केन्द्रले शनिबार एक कार्यक्रमको आयोजना गरेर विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सेवा केन्द्रले जीवन बरदान कार्यक्रममा सहभागी बनेका जेष्ठ नागरिक, एकल महिला, जीवन गुमाएका सदस्यको परिवारलाई राहत वितरण गरेको छ । सेवा केन्द्रका संयोजक भगिरथ शर्मा सुवेदीको सभापतित्व तथा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीको […]
पूरा पढ्नुहोस्
पूर्व प्रहरीको कार्यक्रम सम्पन्न
धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर समितिले विजया दशमीको सन्दर्भ पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी सुनिल दाहालको प्रमुख आतिथ्यतामा शनिबार सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि दाहाल, विशिष्ट अतिथि मेचीनगर १० का वडा अध्यक्ष एवं नेपाली काँग्रेसका नगर सभापति सुदय पनेरु, संगठनका […]
पूरा पढ्नुहोस्
एकीकृत समाजवादीको नगर अध्यक्षमा पौडेल
मेचीनगर । नेकपा एकीकृत समाजवादीको बिहीबार मेचीनगरमा सम्पन्न भेलाले नगर अध्यक्षमा अर्जुन पौडेललाई सर्व सम्मत चयन गरेको छ । भेलाले पौडेललाई अध्यक्ष चयन गर्दै ५१ सदस्यीय कमिटी गठन गरेको छ । यसअघि एमालेको क्षेत्रीय अध्यक्ष, नेकपाको जिल्ला कमिटी सदस्य रहिसकेका पुराना नेता पौडेल विद्यार्थी कालदेखि नै झापाका चर्चित वाम कार्यकर्ता हुन् । पछिल्लो समयमा कोइराला […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेस मेचीनगर ५ को शुभकामना आदान प्रदान, नगर उपसभापति तथा सदस्यहरुलाई सम्मान
सुरेन्द्रनगर,२२ असोज । नेपाली काँग्रेस मेचीनगर –५ को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । घैलाडुब्बा शिवालय मन्दिरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा वडाबाट नगरमा निर्वाचित नगर उपसभापति तथा सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।पार्टी वडा सभापति नारायण खड्काको सभापतित्व तथा क्षेत्रीय सचिव हरि बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित नगर उपसभापति […]
पूरा पढ्नुहोस्
वडानम्बर १ सेमी फाइनलमा प्रवेश
कनकाई, २१ असोज ÷ झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको पाचौं दिनको खेलमा वडा नं.१ विजयी बनेको छ । योसँगै वडा नं.१ सेमी फाइनलमा प्रवेश गरेको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं. ७ लाई १—० गोलको अन्तरले पछि पार्दै वडा नं.१ विजयी बनेको हो । खेलको ९ […]
पूरा पढ्नुहोस्
कनकाईमा जारी फुटवलको पहिलो चरणको खेल सम्पन्न , आजको खेलमा वडा नं.३ विजयी
कनकाई, २० असोज ÷झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा वडा नं.३ विजयी बनेको छ । योसँगै वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको पहिलो चरणको खेल समापन भएको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं.८ लाई ३—१ गोलको अन्तरले पछि पार्दै वडा नं.३ विजयी बनेको हो । खेलको […]
पूरा पढ्नुहोस्
कनकाईमा जारी वडास्तरीय फुटवलको तेस्रो दिन वडा नं. ५ विजयी
राम निरौला कनकाई । झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नं.५ विजयी बनेको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं.६ लाई १—० गोलको अन्तरले पछि पार्दै वडा नं.५ विजयी बनेको हो । खेलको ४२ औं मिनट अर्थात दोस्रो हापको ७ औं मिनटमा विजयी टिमका […]
पूरा पढ्नुहोस्
बिना चिरफार टाउकोको शल्यक्रिया गर्दै बीएण्डसी
झापा, १९ असोज । बिर्तामोडको बीएण्डसी अस्पतालले टाउकोको बिना चिरफार उपचार सुरु गरेको छ । बिर्तामोड–३ निवासी ६० वर्षीया लीलादेवी थपलियाको टाउकोको नशा सम्बन्धी जटिल समस्या बिना चिरफार उपचार गरेको अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर प्रदेश १ मै पहिलो पटक बीएण्डसीले सो सेवा सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए […]
पूरा पढ्नुहोस्
हातेमालो सामुदायिक वनको अध्यक्षमा सिक्देल
डम्बर बराल दुहागढी । मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा चन्द्र प्रसाद सिक्देल सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न संस्थाको आठौं वार्षिक साधारण सभाले सिक्देललाई अध्यक्षमा चयन गर्दै २१ सदस्यीय समिति गठन गरेको हो ।समितिको उपाध्यक्षमा विश्वनाथ धिताल, सचिवमा विमला विष्ट, सहसचिवमा सञ्जय राई र कोषाध्यक्षमा पुष्पा देवी वोखिम चयन भएका […]
पूरा पढ्नुहोस्