Author: मेची आवाज डेक्स

पत्रकार भण्डारी र एम्बुलेन्स चालक खड्का पुरस्कृत

मेचीनगर, २१ चैत । मेची उद्योग वाणिज्य संघले बुधबार संघको १९ औं साधारणसभाको अवसर पारेर पत्रकार अम्बिका भण्डारीलाई पुरस्कृत गरेको छ । राष्ट्रिय समाचार समिति झापाकी समाचारदाता भण्डारीलाई संघले आर्थिक पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको हो । पत्रकार भण्डारीलाई २१ हजार राशी र सम्मान पत्रले पुरस्कृत गरिएको छ । पत्रकार भण्डारी दुई दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा […]

पूरा पढ्नुहोस्

नेपाल जेसीजको उत्कृष्ट अवार्ड बाहुण्डाँगी जेसीजलाई

बाहुण्डाँगी । देशमै उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बाहुनडाँगी जेसीजले नेपाल जेसीजबाट मार्च महिनाको शतप्रतिशत कार्यक्षमता आवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजे दिएको टाक्समा रहेर एक महिना शाखाले गरेको कार्यहरुको कार्यसम्पादनको आधारमा बाहुण्डाँगी जेसीजले मार्चको समेत उत्कृष्ट अवार्ड प्राप्त गरेको हो । यो अवार्डसँगै बाहुण्डाँगीे नेपाल जेसीजबाट प्राप्त हुने अवार्डमा ह्याट्रिक पुरा गरेको छ । […]

पूरा पढ्नुहोस्

मेचीनगर, २० चैत । मेचीनगर(७ सतिघट्टा स्थित चिया बगानमा ९ फिट लामो करिव १० किलोग्रामको अजिङ्गर भेटिएको छ । सतिघट्टा चिया बगान क्षेत्रको बाल उद्यान केन्द्र नजिक सखुवा डाँडामा आज विहान साढे ९ वजे ९ फिट लामो र करिव ९ किलो ८ सय ग्राम तौल भएको अजिङ्गर भेटिएको हो । उक्त अजिङ्गरलाई सव डिभिजन वन […]

पूरा पढ्नुहोस्

भानु सहकारीको आयोजनामा रक्तदान कार्यक्रम

धुलाबारी, २० चैत । भानु बहुमुखी सहकारी संस्थाले व्यापक सहभागिताका साथ आज रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मेचीनगर–१० धुलाबारीस्थित संस्थाको परिसरमा भएको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल चुडालले सहकारीले समुदायको हित र सेवामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । वडाध्यक्ष नारायण खनाल र संस्थाकी व्यवस्थापक चन्दा सिटौलाले मन्तब्य ब्यक्त गर्नु […]

पूरा पढ्नुहोस्

रोविटिक्स एण्ड पोडिङ ल्याव सञ्चालनन गर्दे झापा नेशनल

मेचीनगर । मेचीनगर ७ स्थित झापा नेशनल स्कुलले झापामा पहिलो पटक विद्यार्थीका लागि रोविटिक्स एण्ड पोडिङ ल्याव संचालन गर्ने भएको छ । मेचीनगर–७, इटाभट्टा स्थित झापा नेशनल स्कुलले उक्त ल्याज सञ्चालनमा ल्याउने स्कुलका प्रिन्सिपल कमल भेटवाल बताए । बिद्यालयले आज पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमकोबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल कमल भेटवालले […]

पूरा पढ्नुहोस्

मेचीनगर– ८ स्थित शान्ति नव दुर्गा मन्दिरमा श्रीमद्भागवत महापुराण सुरु

मेचीनगर । मेचीनगर – ८ स्थित शान्ति नव दुर्गा मन्दिरमा आजबाट श्रीमद्भागवत महापुराण सुरु भएको छ । मन्दिर समितिको आयोजना तथा धार्मिक अनुष्ठान सेवा समाजको सहकार्यमा आयोजित पुराणको उद्घाटन मेचीनगरका निवर्तमान मेयर बिमल आचार्यले गरे । कार्यक्रमका प्रमुख अतिथि आचार्यले धार्मिक अनुष्ठानले समाजलाई सतमार्गमा डोर्याउने बताए । पुराण आयोजक समितिका संयोजक केदार गिरीको सभापतित्वमा आयोजित […]

पूरा पढ्नुहोस्

सुरुंगा प्रेस क्लवका अध्यक्ष निरौलालाई मातृशोक

झापा, । सुरुंगा प्रेस क्लवका अध्यक्ष एवम् कनकाई खबर अनलाइन पत्रिकाका सम्पादक राम निरौलालाई मातृशोक परेको छ । उहाँकी आमा हेमकला निरौलाको शनिवार विहान साढे ९ बजेतिर कनकाई वडा नं. ७ स्थित निजी निवासमा ७० वर्षको उमेरमा आकस्मिक निधन भएको हो । स्व. हेमकलाका पति टिकाराम निरौला, एक छोरा राम निरौला र सातछोरीहरु इन्दु अधिकारी, […]

पूरा पढ्नुहोस्

शान्ति नव दुर्गा मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण आयोजना हुँदै

मेचीनगर । मेचीनगर – ८ स्थित शान्ति नव दुर्गा मन्दिरमा भोलिबाट श्रीमद्भागवत महापुराण आयोजना हुने भएको छ । मन्दिर समितिको आयोजना तथा धार्मिक अनुष्ठान सेवा समाजको सहकार्यमा आयोजना हुन लागेको पुराणको सम्पूर्ण तयारी पुरा भएको पुराण आयोजक समितिका संयोजक केदार गिरीले जानकारी दिए । पित्रृ उद्धार एवम् नेपाललाई सतीको श्राप मुक्त बनाउने पवित्र उद्देश्य लिएर […]

पूरा पढ्नुहोस्

रोलिङ क्लब धुलाबारी सेमिफाइनलमा प्रवेश

बाहुनडाँगी । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी दोस्रो जेसीज नकआउट प्रतियोगितामा रोलिङ क्लब धुलाबारी सेमिफाइनल प्रवेश गरेको छ । शनिश्चरे फुटबल क्लबलाई २–१ ले पराजित गर्दै धुलाबारी सेमिफाइनल प्रवेश गरेको हो । रोलिङ क्लब धुलाबारीका लागि १९ औँ मिनेटमा पुजन राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी, धुलाबारीका लागि २६ औँ […]

पूरा पढ्नुहोस्

मेची उद्योग वाणिज्य संघले पत्रकार अम्बिका भण्डारीलाई पुरस्कृत गर्ने

मेचीनगर । मेची उद्योग बाणिज्य संघले यसवर्षको आर्थिक पत्रकारिता पुरस्कार राससकी झापा सम्वाददाता अम्बिका भण्डारीलाई प्रदान गर्ने भएको छ । शुक्रबार धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा बसेको वैठकले पत्रकार भण्डारीलाई आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो । धुलाबारीस्थित होटल रोयल निर्माणको सभा हलमा चैत २१ गते १९ औँ वार्षिक […]

पूरा पढ्नुहोस्