ब्यानर न्यूज

हात्तीबाट जोगिन बाहुनडाँगीका किसान, कागती खेती तर्फ आकर्षित

डम्बर बराल मेचीनगर । मेचीनगर ४ बाहुनडाँगीका अधिकांश किसानलाई सँधै दुईवटा कुराले पिरोल्ने गरेको छ । उनीहरुलाई एकातिर हरेक रात भोलिको सूयोदय देख्न नपाइएला भन्ने चिन्ताले पिरोल्ने गरेको छ भने अर्काे तर्फ वर्ष भरीको लागि लगाएको अन्नबाली कसरी जोगाउने भन्ने चिन्ता छ । वर्षाै अघिबाट सुरु भएको उनीहरुको यो चिन्ता अझै कम हुन सकेको छैन […]

पूरा पढ्नुहोस्

पर्यटन प्रवर्द्धन गर्न १३ जनाको टोली मेची महाकाली साइकल यात्रामा

मेचीनगर । पर्यटन प्रवर्द्धन तथा स्वास्थ्य जीवनको लागि साइकल यात्रा भन्ने नाराका साथ आजबाट मेची महाकाली साइकल यात्रा सुरु भएको छ । साइकल यात्रामा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य सहित हेटौडाका ११ जना र बुटवलका २ जना सहभागि छन् । साइकल यात्राको लागि शुुक्रबार काँकरभिट्टा आइपुगेको टोलीलाई शनिवार विहान मेची पुलबाट खादा […]

पूरा पढ्नुहोस्

आफूले जितेको ठाउँमा नमूना काम गरेर देखाउनुहोस, काँग्रेसको भविश्य त्यहीँबाट सुरु हुन्छ : नेता सिटौला

डम्बर बराल झापा १९ असोज । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले निराशा भन्ने शब्द नेपाली काँग्रेसको डिसनेरीमा नभएको बताएका छन् । नेपाली काँग्रेस झापाको प्रथम जिल्ला अधिवेशनलाई शनिवार झापाको बिर्तामोडमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता सिटौलाले जनता निराश छन् भनेर आफ्नो मनोविज्ञानलाई कमजोर नबनाउन आग्रह […]

पूरा पढ्नुहोस्

मेची कृषक बहुमुखी सहकारी संस्था लि. मेचीनगर ७ इटाभट्टाको साधारणसभा सम्बन्धी सूचना

मेची कृषक बहुमुखी सहकारी संस्था लि. मेचीनगर ७ इटाभट्टाको साधारणसभा सम्बन्धी सूचना

पूरा पढ्नुहोस्

बझाङमा पटक पटक भूकम्पको धक्का

काठमाडौं,१६ असोज । बझाङमा केन्द्रविन्दु भएर आज मंगलबार पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो । ‘३ बजेर ६ मिनेटको मेनसकपछि […]

पूरा पढ्नुहोस्

मेचीनगर प्रमुख बुढाथोकीले गरे  बेलायतको केन्ट काउन्टि प्रदेशको प्रदेशसभालाई सम्बोधन

मेचीनगर १६, असोज । बेलायत भ्रमणमा रहनु भएका मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सोमबार बेलायतको केन्ट काउन्टि प्रदेशको प्रदेशसभालाई सम्बोधन गरेका छन् । सम्बोधका क्रममा नगरप्रमुख बुढाथोकीले यो अवसरकालागि प्रदेश प्रमुख, प्रदेशसभा सदस्यसहित सिङ्गो फोक्सटन टाउन काउन्सिल तथा मेचीनगर नगरपालिका र फोस्सटन टाउन काउन्सिल (नगरपालिका) बीच भगिनी सम्बन्ध कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने संयोजक […]

पूरा पढ्नुहोस्

समाजवादको बाटोमा जान कम्युनिष्टहरुवीच एकता आवश्यक छ अध्यक्ष : नेपाल

 काँकरभिट्टा ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  सिंगो देशलाई जोडने गरी आम जनतामा केही संदेश संप्रेशण गर्ने उद्देश्यले मेची महाकाली जागरण अभियान सुरुवात गरेको बताएका छन् । समाजवादी पार्टीले आजबाट सञ्चालन गरेको मेची महाकाली जागरण अभियानलाई उद्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथि नेपाले सो कुरा बताएका हुन । उनले भने जव कुनै अभियान चलाइन्छ […]

पूरा पढ्नुहोस्

विश्व पर्यटन दिवसको अवसरमा काँकरभिट्टामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, सरस्वतीका चिरञ्जीवी भए प्रथम

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर स्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर पर्यटन कार्यालयले ‘नेपालमा पर्यटनको सम्भावना र चुनौति’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । पर्यटन कार्यालय परिसरमा आयोजित प्रतियोगितामा मेचीनगरका १७ वटा निजी तथा सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए । पर्यटन कार्यालय […]

पूरा पढ्नुहोस्

एकीकृत समाजवादीले असोज १४ गतेदेखि मेची महाकाली राष्ट्रिय जागरण यात्रा सुरु गर्ने

मेचीनगर । नेकपा (एकीकृत समाजवादी पार्टी) ले आगामी असोज १४ गतेदेखि २८ गतेसम्म मेची महाकाली राष्ट्रिय जागरण यात्रा सञ्चालन गर्ने भएको छ । आगामी निर्वाचनमा अरु पार्टीलाई आफ्नो पार्टीमा सहभागी गराई गठबन्धनको नेतृत्व लिने लक्ष तथा पार्टी संगठन विस्तार योजनाकासाथ मेची महाकाली जागरण यात्रा सुरु गर्न लागेको समाजवादीले मंगलबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको […]

पूरा पढ्नुहोस्

बाहुनडाँगी जेसीजको उत्कृट नारी सम्मान निरौलालाई

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले प्रदान गर्ने उत्कृष्ट नारी सम्मान मेचीनगर २ निवासी शान्ता निरौलालाई प्रदान गरिएको छ । शाखाका पूर्व अध्यक्ष दिपक बरालकी आमा चन्द्रकला बरालको स्मृतिमा स्थापना गरिएको चन्द्रकला बराल स्मृति अक्षयकोषबाट दिपेन्द्र प्राविकी प्रधानाध्यापक निरौलालाई प्रदान गरिएको हो । बाहुनडाँगी जेसीजको १३ औँ स्थापना दिवस तथा जेसीज सप्ताहको समापन समारोहको अवसर निरौलाई नगद […]

पूरा पढ्नुहोस्