ब्यानर न्यूज

मेचीनगरद्धारा शिक्षक, पूर्व कर्मचारी, विद्यार्थी सहित दर्जनौं सम्मानित

मेचीनगर । मेचीनगरपालिकाले बुधबार नगर क्षेत्रमा रहेका निजी तथा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी, पेशामा कार्यरत उत्कृष्ट शिक्षक, सेवा निवृत्त शिक्षक, कर्मचारी, बाल क्लव, स्काउट र बिभिन्न संघ संस्थालाई सम्मान गरेको छ । मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजवंशीको सभापतित्व तथा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले मेची […]

पूरा पढ्नुहोस्

घृतकौशिक गोत्रीय प्रतिष्ठानद्धारा आयोजित सप्ताह ज्ञान महायज्ञ तथा बन्धु मलन कार्यक्रम सम्पन्न

कनकाई । कोशी प्रदेशका सांसद राधकृष्ण खनालले धर्म संस्कार र संस्कृतिको संरक्षण र सम्बद्धनबाटै मानव जीवन सार्थक बन्ने र त्यो नै मानव जीवनको ठूलो सम्पत्ती भएको बताएका छन् । कनकाई स्थित घृतकौशिक गोत्रीय प्रतिष्ठानले आयोजना गरेको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि […]

पूरा पढ्नुहोस्

हात्तीलाई अव आम्दानीको श्रोत बनाउँनु पर्छ : मुख्यमन्त्री कार्की

बाहुनडाँगी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आइतबार झापाको मेचीनगर—४ स्थित बाहुनडाँगीका विभिन्न ६ वटा कार्यक्रममा सहभागी हुनुभयो । मेचीनगरमा निर्माण हुन लागेको प्रकृति पार्क, सामुदायिक हलमा जारी चित्रकला प्रदर्शनी, वडा कार्यालयमा हात्ती विज्ञहरुसँगको अन्तरक्रिया, झापाको पहिलो शहीद विश्वनाथ घिमिरेको शालीकमा माल्यपर्ण, शुभ चियाको स्थलगत अवलोकन तथा समुदाय स्तरमा हात्ती संरक्षण, मानव—हात्ती द्वन्द न्यूनिकरण र […]

पूरा पढ्नुहोस्

आदर्श माविका पूर्व विद्यार्थीको पुर्नमिलन कार्यक्रम

मेचीनगर । मेचीनगर ८ स्थित आदर्श माविमा पढेर २०५० ÷ ०५१ सालमा एस.एल.सी दिएका पूर्व विद्यार्थीहरुको पूर्नमिलन कार्यक्रम शनिबार धार्मिक तथा पर्यटकीय क्षेत्र पाताल गांगामा सम्पन्न भएको छ । विद्यालय छोडेको तीन दशक पछि भेट भएका उनीहरुको मुहारमा खुशीको सिमानै थिएन । पहिलो भेटमै कतिले अंकमाल गरेर खुशी साटासाट गरे, भने कतिलाई आफ्नै साथी चिन्न […]

पूरा पढ्नुहोस्

आदर्श माविमा ५० कोठाको भवन शिलान्यास

मेचीनगर,६ पुस । मेचीनगर८, स्थित आदर्श माविमा ५० कोठाको भवन बन्ने भएको छ । निर्माण हुन लागेको सो विद्यालय भवनको आज एक कार्यक्रमकबीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले शिलान्यास गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकीले मेचीनगर नगरपालिकाको सिफारिस तथा विशेष योजना अन्तर्गत नै आदर्श माविले अनुदान प्राप्त गरेको बताए । उनले भवन निर्माणका लागि […]

पूरा पढ्नुहोस्

नेशनल प्याब्सन मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा, शिक्षा सेवी अधिकारी सम्मानित

मेचीनगर । नेशनल प्याब्सन मेचीनगरको पद हस्तान्तरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । ऐन प्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईको सभापतित्व तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले शिक्षामा प्रतिष्पर्धा आवश्यक रहेको बताएका छन् । गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिष्पर्धा आवश्यक छ, ’नगरप्रमुख बुढाथोकीले भने,‘आज हरेक व्याक्ति सचेत बनेको छ, आफ्नो […]

पूरा पढ्नुहोस्

सम्पादक डम्बर बराल सम्मानित

.मेचीनगर । मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराल मेचीनगर – ७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सहकारीले आज सम्पन्न आठौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार बराललाई ५ हजार नगद सहित सम्मानपत्रद्धारा सम्मान गरेको हो । २०५९ सालदेखि बिबेचना दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका बराल […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगरको साँस्कृतिक कार्यक्रम सम्पन्न, विद्यार्थीले देखाए लोभलाग्दो प्रतिभा

मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम सोमबार र मंगलवार भएको हो । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष प्याब्सन मेचीनगरले कार्यक्रम गर्दै आएको छ । मेचीनगरका ३५ वटा विद्यालयका करिब ८ सय विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्भा भएको […]

पूरा पढ्नुहोस्

झापा नेशनल सँगै पारिजात र दुर्गा आवासीय बने सर्वाेत्कृष्ट

मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको सोमबारबाट सुरु भएको नगर स्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगरका तीन वटा विद्यालयले मोडल नृत्य तथा गायन विद्यामा सर्बाेत्कृष्ट स्थान हासिल गर्न सफल भएका छन् । ‘लोक संस्कृतिको खोज, अनुसन्धान र अभ्यास, सहित संरक्षण विद्यार्थी र विद्यालयको अभियान’ भन्ने मूल नाराका साथ सोमबारबाट सुरु भएको प्रतियोगितामा नगरका ३५ […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगरको ‘कुम्भमेला’ बाहुनडाँगीमा

बाहुनडाँगी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा बाहुनडाँगीमा सुरु भएको छ । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसरको रुपमा लिइने उक्त ‘कुम्भमेला’ सोमबारबाट सुरु भएको प्याब्सन मेचीनगरका कोषाध्यक्ष कमल भेटवालले बताए । बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम मंगलबारसम्म चल्नेछ । कार्यक्रममा प्याब्सनमा आबद्ध मेचीनगरका झण्डै ३५ वटा विद्यालयका […]

पूरा पढ्नुहोस्