ब्यानर न्यूज

युवा व्यवसायी घिमिरेले सञ्चालनमा ल्याए, धुलाबारीमा ‘सिटी प्लाजा’

धुलाबारी,१७ असोज । युवा व्यवसायी अजय घिमिरेले मेचीनगर–१० स्थित धुलाबारी बजारमा सुविधा सम्पन्न सिटी प्लाजा सञ्चालननमा ल्याएका छन् । मेचीनगर –१० निवासी घिमिरेले ग्राहकवर्गहरुको चाहानालाई मध्यनजर गरेर एकै ठाउँबाट सवै प्रकारका सामग्री उपलब्ध गराउनेगरी १३ कोठाको सिटी प्लाजा सञ्चालनमा ल्याएका हुन् । ग्राहक वर्गहरुलाई आवश्यक सामग्री खरीद गर्न अब अन्यत्र धाउँनु नपर्नेगरी आपूmले सबै प्रकारका […]

पूरा पढ्नुहोस्

दशैँ — तिहार नजिकिँए पछि बजार अनुगमन सुरु , काँकरभिट्टाबाट लाखौंका म्याद गुज्रिएका सामान जफत

मेचीनगर, १४ असोज  । मेचीनगरको मुख्यः व्यपारिक केन्द्रविन्दु काँकरभिट्टाबाट बजार अनुगमन टोलीले विहीबार लाखौ रुपैयाँ मुल्यका सामान जफत गरेको छ । दशैँ — तिहार नजिकिँदै गर्दा अत्यवश्यक खाद्य वस्तुको मुल्य दिनहुँ जसो उकालो लागेको उपभोक्ताको गुनासो आए सँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल नेतृत्वको अनुगमन टोलीले काँकरभिट्टाको खाद्यसहित अन्य पसलको अनुगमन गरेको थियो […]

पूरा पढ्नुहोस्

कनकाईका लेखा अधिकृत दाहालको निधन

झापा, १३ असोज । कनकाई नगरपालिकाका लेखा अधिकृत भूपेन्द्र दाहालको आज विहान ९.४५ बजे निधन भएको छ । मेचीनगरको बाहुनडाँगी निवासी दाहालको सुरुंगास्थित डेरामा निधन भएको हो । विगत केही वर्षदेखि स्वास्थ्यमा विभिन्न समस्या झेल्दै आएका दाहालको मृगौलामा समस्या भएपछि ४ महिना अघि भारतको दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपण पछि स्वास्थ्यमा क्रमिकरुपमा […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेस मेचीनगर सभापतिमा पनेरु , उपसभापतिमा योगेन थापा र धनकाजी निर्वाचित

मेचीनगर, १० असोज । नेपाली कांग्रेसको मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बराललाई १५ मतले पछि पारे ।सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् । त्यसैगरी उपसभापतिमा योगेन थापामगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले […]

पूरा पढ्नुहोस्

काँग्रेस मेचीनगर सभापतिमा बराल र पनेरुबीच भिडन्त हुने

झापा । नेपाली काँग्रेसको मेचीनगर सभापतिका लागि युवा नेताद्वय नबिन बराल र सुवेशकुमार पनेरु९सुदय० बीच प्रतिस्पर्धा हुने भएको छ । नगर सभापति सर्बसम्मत छनौट गर्ने नेतृत्वको प्रयास सफल हुन नसके पछि बराल र पनेरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । नगर सभापतिका लागि चुनावी मैदानमा उत्रिएका बराल र पनेरु दुईजना नै मेचीनगर नगरपालिकाका निर्वाचित वडा […]

पूरा पढ्नुहोस्

झापाको मेचीनगरमा ‘हाम्रो जंगल’ को छायांकन सुरु

मेचीनगर । झापाको मेचीनगरमा ‘हाम्रो जंगल’ नामक वृत्तचित्रको छायांकन सुरु भएको छ । मेचीनगर स्थित थोप्लेविरान सामुदायिक वनमा उक्त वृत्तचित्रको छायांकन सुरु गरिएको छ । ठूलो पर्दाको चलचित्र निर्देशक विजय केरुङले कथा तथा निर्देशन गरेको उक्त वृत्तचित्रको शुभमूहर्त बुधबार थोप्लेविरान सामुदायिक वन परिसरमा गरिएको हो । निर्देशक केरुङले सामुदायिक वनमा आधारित वृत्तचित्रमा  सामुदायिक वनका गतिविधिलाई […]

पूरा पढ्नुहोस्

धुलाबारीमा तीन करोडको लगानीमा न्यूटेला उद्योग सञ्चालन

मेचीनगर ७ असोज । मेचीनगर–१० स्थित धुलाबारीमा रु तीन करोडको लगानीमा न्यूटेला उद्योग सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलेको संयुक्त लगानीमा नन्दा फुड इन्टस्ट्रिज सञ्चालनमा ल्याएका हुन् । उद्योगले दैनिक एक हजार केजी स्वाविन ९न्यूटेला० उत्पादन गर्दै आएको छ । भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरिएको […]

पूरा पढ्नुहोस्

एनएमसी धुलाबारी शाखाको साधारणसभा सम्पन्न

मेचीनगर ५ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०ले बुधवार धुलाबारी एकाई समितिको साधारण सभा सम्पन्न गरेको छ । सहकारीले एकाईगत साधारणसभा लाई तीव्रता दिन थालेको छ। धुलाबारी शाखाकी अध्यक्ष पवित्रा न्यौपानेको अध्यक्षतामा मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष न्यौपानेले एकाईगत साधारणसभाबाट चुनिएका प्रतिनिधिले मात्र संस्थाको २९ औं साधारणसभामा भाग लिन पाइने बताइन् […]

पूरा पढ्नुहोस्

कर्णली साकोसले दियो लिलाकुमारीलाई ३ लाख ८७ हजार १ सय रुपैयाँ राहात

इटाभट्टा, ३ असोज । कर्णाली बचत तथा ऋण सहकारी संस्था केन्द्रिय कार्यालय बिर्तामोडले आइतवार एक सदस्यलाई उपचार राहात रकम प्रदान गरेको छ । कार्यालयले कोभिड–१९ का कारण विरामी भई  उपचार गराएकी मेचीनगर–७ स्थित इटाभट्टा सेवा केन्द्रकी सदस्य लिलाकुमारी कट्टेललाई उपचार खर्चको ४० प्रतिशत रकम हस्तान्तरण गरेको हो । कोरोनाको कारण स्वास्थ्यमा गम्भीर समस्यामा पुगेकी कट्टेलको […]

पूरा पढ्नुहोस्

भरतमणि बने कमेडी च्याम्पियन सिजन २का बिजेता

मेचीनगर । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे । यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट […]

पूरा पढ्नुहोस्