मुख्य खबर
रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं,७ असार । संचारक्षेत्र क्षेत्र छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे । स्वतन्त्र उम्मेदवारी दिन […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा आर्थिक वर्ष २०७९ । ०८०को वार्षिक कार्ययोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
सुरेन्द्रनगर । मेचीनगर ५ वडाकार्यालयले आर्थिक वर्ष २०७९ ।८०को वार्षिक कार्ययोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा छलफल सम्पन्न गरेको छ । वडाले मंगलबार वडाकार्यालयमा अन्तरक्रिया सम्पन्न गरेको हो । कार्यक्रममा टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरु राजनीतिक दलका प्रतिनिधि , संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा अधिकांश बक्ताहरुले बिभेद रहित ढंगबाट जनताको सेवागर्न […]
पूरा पढ्नुहोस्
मुक्ति समाजको झापा इन्चार्जमा मंग्राती
झापा, ६ असार । नेकपा एमालेका युवा नेता टिकाराम मंग्रातीले मुक्ति समाज नेपाल झापा इन्चार्जको जिम्मेवारी पाएका छन् । आइतबार काठमाडौंमा सम्पन मुक्ति समाजको केन्द्रीय बैठकले मंग्रातीलाई झापा जिल्ला इन्चार्ज, विद्यार्थी विभाग प्रमुख तथा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको हो । एमालेका झापाका सचिवालय सदस्य तथा संघिय निर्वाचन क्षेत्र नम्वर १ का कार्यवाहक संयोजक समेत […]
पूरा पढ्नुहोस्
दलित उत्थान समन्वय समिति मेचीनगर ५ द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान
मेचीनगर,४ असार । दलित उत्थान समन्वय समिति मेचीनगर ५ ले शनिवार एक कार्यक्रम आयोजना गरेर नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । समितिको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर ५ बाट निर्वाचित जनप्रतिनिधि तथा मेचीनगरका १५ वटै वडाबाट निर्वाचित दलित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । दलित उत्थान समन्वय समितिका अध्यक्ष दलबहादुर दर्नालको सभापतित्व तथा मेचीनगर ५ का वडाध्यक्ष […]
पूरा पढ्नुहोस्
प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख
झापा, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९ का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट […]
पूरा पढ्नुहोस्
मेचीनगरमा भोलिदेखि नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने
काँकरभिट्टा, ३१ जेठ । मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्त सम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो । ‘मेचीनगरमा सार्वजनिक सूचना जारी गरेर नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाइएको छ’, नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले भने–‘भोलि अर्थात असार १ […]
पूरा पढ्नुहोस्
मेचीनगरका १५ वटै वडामा कालोपत्रे अभियान, केही वडामा निर्माण सम्पन्न
डम्बर बराल मेचीनगर,३१ जेठ । मेचीनगरमा पछिल्लो समय कालोपत्र सडक निर्माणको काम तीब्र रुपमा भइरहेको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पाँचवर्षे कार्याकालको अन्तिम बर्ष प्रत्येक वडामा २ किमि सडक कालोपत्रे गर्ने योजना अघि सारेसँगै कालोपत्रे सडक निर्माण सुरु भएको हो । आठौँ नगरसभाबाट नगरका १५ वटै वडामा २,२ किमि सडक निर्माण गर्ने निर्णय […]
पूरा पढ्नुहोस्
बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः सुभाष लिम्बू
डम्बर बराल सुरेन्द्रनगर । मेचीनगर ५ स्थित बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः सुभाष लिम्बू सर्वसम्मत चयन भएका छन् । सोमबार विद्यालय परिषरमा आयोजित अभिभावक भेलाले अध्यक्षमा लिम्बूलाई सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा मीना लिम्बू , गोपाल गिरी, विनिजता तामाङ, मुना पुरी, दीपक ढुंगाना र तुलसीदास प्रधान रहेका छन् । विधानत ११ […]
पूरा पढ्नुहोस्
कोरोना भाइरस पुनः सक्रिय बन्दै , नेपालमा सक्रिय संक्रमितको संख्या १०६ पुग्यो
झापा, जेठ ३० । नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्न थालेको छ । छिमेकी देशहरु भारत र चीनमा कोरोना संक्रमण बढेसंगै नेपालमा पनि त्यसको असर देखिन थालेको विज्ञहरुले बताएका छन । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण कोभिड १९ पुष्टि भएको छ । २१६२ जनाको पीसीआर र १२९१ जनाको […]
पूरा पढ्नुहोस्
चरा खोजकर्ता खरेललाई नाटाको सम्मान
मेचीनगर । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट संघ ९नाट्टा० १ नम्बर प्रदेशले चरा अनुसन्धान तथा संरक्षणको क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत लोकतन्त्र पोस्टका फोटो पत्रकार देबेन्द्र खरेललाई शनिवार सम्मान गरेको छ । नाट्टाले आफ्नो १० औ बार्षिक साधारणसभाको अवसर पारेर विर्तामोडमा आयोजित कार्यक्रममा उनलाई नगद रु पाँच हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो […]
पूरा पढ्नुहोस्