मुख्य खबर

घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश

बिर्तामोड। घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् […]

पूरा पढ्नुहोस्

मेचीनगरमा सुरु भयो आम औषधि कार्यक्रम

मेचीनगर, २७ फागुन । हात्तीपाइले रोग निवारण सम्बन्धी ‘आम औषधि सेवन अभियान–२०७६’ अन्तर्गत मेचीनगरमा आज शुक्रबारबाट अभियान सुभारम्भ गरिएको छ । नगरप्रमुख बिमल आचार्यले औषधि सेवन गरेर आम औषधि सेवन अभियान सुरु भएको घोषणा गरेका थिए । नगर प्रमुख आचार्यले भोली शनिबारदेखि नगरका १५ वटै वडामा औषधि वितरण अभियान थालिने र सवैले औषधि सेवन गर्न […]

पूरा पढ्नुहोस्

धुलाबारी खानेपानी उपभोक्ता समितिको २१औं वार्षिक साधारण सभा सम्पन्न

डम्बर बराल धुलाबारी,२७ फागुन । धुलाबारी खानेपानी उपभोक्ता समितिको २१औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । धुलाबारी स्थित टाउन हलमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख आचार्यले पर्यावरणको विनास र चरम प्राकृतिक दोहनका कारण खानेपानीको संकट बढी रहेको बताए । […]

पूरा पढ्नुहोस्

अखिल नेपाल महिला संघ मेचीनगरको अध्यक्षमा जानुका

झापा, फागुन २४ । नेकपा एमाले सम्बद्ध महिला संगठन अखिल नेपाल महिला संघ मेचीनगरको अध्यक्षमा जानुका ओली चयन भएकी छन् । मंगलबार सम्पन्न संघको पहिलो नगर अधिवेशनबाट अध्यक्षमा जानुकालाई चयन गरिएको हो । नगर अधिवेशनले उपाध्यक्षमा हेमा सिटौला, सचिवमा अनिता खवास ९गुरागाई०, सहसचिवमा बिनिता उराउ र कोषाध्यक्षमा लक्की ताम्राकार सर्वसम्मत रुपमा चयन भएको एमाले जिल्ला […]

पूरा पढ्नुहोस्

मेचीनगरको नवौँ नगर सभा बुधबारबाट सुरु

मेचीनगर । मेचीनगर नगरपालिकाको नवौँ नगर सभा बुधबारबाट सुरु भएको छ । नगरपालिकाको सभा हलमा भएको नगर सभाको उद्घाटन प्रदेश १ का सांसद गोपालचन्द्र बुढाथोकीले गरेका थिए । उनले गमलाको फुलमा पानी हालेर नगर सभाको विधिवत रुपमा उद्घाटन गरेका थिए । नगर सभामा नगर प्रमुख विमल आचार्यले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत […]

पूरा पढ्नुहोस्

नारी दिवसमा महिला संघको  अन्र्तक्रिया  तथा सम्मान

मेचीनगर । ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मेचीनगरमा बिभिन्न संघ संस्थाले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा नेपाल महिला संघ मेचीनगर ५ ले अन्र्तक्रिया तथा सम्मान गरेको छ । नेपाल महिला संघ वडासभापति दया चौहानको सभापतित्व तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दुर्गा खतिवाडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र (क) सभापति […]

पूरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय नारी दिवसमा महिला संघको अन्तरक्रिया तथा सम्मान

मेचीनगर । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मेचीनगरमा बिभिन्न संघ संस्थाले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा नेपाल महिला संघ मेचीनगर ५ ले अन्र्तक्रिया तथा सम्मान गरेको छ । नेपाल महिला संघ वडासभापति दया चौहानको सभापतित्व तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दुर्गा खतिवाडा को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काँग्रेस क्षेत्र (क) सभापति हरि […]

पूरा पढ्नुहोस्

सातदोबाटो सेमिफाइनलमा प्रवेश

बिर्तामोड, २३ फागुन । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटर फाइनल खेलमा सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरे । […]

पूरा पढ्नुहोस्

मेची–महाकाली संयुक्त बुहारी आवाजद्वारा हर्षकुमारी सम्मानित

विर्तामोड । मेची–महाकाली संयुक्त बुहारी आवाज झापाले प्रजातान्त्रिक आन्दोलनकी अग्रणी योद्धा झापा चन्द्रगढी निवासी हर्षकुमारी थपलियालाई सम्मान गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चन्द्रगढीस्थित उहाँको निवासमै पुगेर बुहारीहरुको संस्थाले दोसल्ला, सम्मान पत्र र नगद ११ हजार १ सय १५ रुपैयाँसहित थपलियालाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष शिखा खड्का गणेश, कार्यक्रमका […]

पूरा पढ्नुहोस्

एकल विद्यालयको २५ औं स्थापना दिवसमा विविध कार्यक्रम

झापा,२२ फागुन । जनकल्याण प्रतिष्ठान एकल विद्यालयले २५ औं स्थापना दिवस देशभर विविध कार्यक्रका साथ मनाएको छ । दिवसकै अवसरमा शनिबार हल्दिबारी गाउँपालिका स्थित अधिकारी चोकमा विविध कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी नारायण मन्दिर समितिका अध्यक्ष हरि गौतमको सभापतित्व तथा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लिङदेनले हिन्दु धर्म, […]

पूरा पढ्नुहोस्