मुख्य खबर

प्रेस चौतारी प्रदेश १ को अध्यक्षमा अविजाल विष्ट

झापा, २२फागुन । प्रेस चौतारी नेपाल प्रदेश १ कमिटिको शनिबार बिर्तामोडमा सम्पन्न प्रथम ऐतिहासिक अधिवेशनले मोरङका अविजाल विष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा सुमन पुरी ९सुनसरी० र शुष्मा श्रेष्ठ ९इलाम० तथा महासचिवमा झापाका गोपाल झापाली चयन भएका छन् । यस्तै, खुल्ला सचिवमा उदयपुरका गणेश उप्रेती, समावेशी सचिव ओखलढुंगाका रविन श्रेष्ठ र […]

पूरा पढ्नुहोस्

बिन्ती साकोस आजबाट आफ्नै भवनमा

मेचीनगर । मेचीनगर–८ मा केन्द्रीय कार्यालय रहेको बिन्ती बचत तथा ऋण सहकारी संस्था आजबाट आफ्नै भवनमा सरेको छ । शनिबार एक कार्यक्रमका बीच नवनिर्मित भवन उद्घाटन भएको हो । २०६५ सालमा २९ जना शेयर सदस्यबाट एक हजारका दरले जम्मा २९ हजार शेयर पुँजीबाट सुरु गरिएको संस्थाले हाल ३० लाख भन्दाबढी शेयर कारोबार गरेको जनाइएको छ […]

पूरा पढ्नुहोस्

कनकाई उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारणसभा सम्पन्न

सुरुङ्गा । कनकाई उद्योग वाणिज्य संघ झापाको सातौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । अध्यक्ष त्रिलोचन चिमरियाको सभापतित्व र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् सार्क च्याम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि झापा क्षेत्र नं। ४ का संघीय सांसद एलपी साँवा, प्रदेश नं। १ का पूर्वमन्त्री हीराकुमार […]

पूरा पढ्नुहोस्

झापा गोल्डकप आजबाट सुरु, जावलाखेललाई उराउँदै सातदोबाटो क्वार्टर फाइनलमा

बिर्तामोड, २१ फागुन । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करण झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका […]

पूरा पढ्नुहोस्

युवकको मृत्युपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त

सुर्खेत,२१ फागुन । कालिकोटका एक युवकको सुर्खेतमा मृत्यु भएपछि आक्रोशित आफन्तजन र प्रहरीबीच झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीचको झडपले प्रदेश राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । आक्रोशित प्रदर्शनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ […]

पूरा पढ्नुहोस्

प्रदेश १ को नाम कोसी राख्न पूर्व प्रधानमन्त्री ओलीको सझाव

विर्तामोड। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने […]

पूरा पढ्नुहोस्

एमाले क्षेत्रको अभियान ‘मेरो वडा म जिताउँछु’

मेचीनगर, २० फागुन । नेकपा एमाले क्षेत्र नं। १ ले आउँदो स्थानीय तहको चुनावमा सबै क्षेत्रमा ‘मेरो वडा म जिताउँछु’ अभियान सुरु गरेको छ । नेकपा एमाले क्षेत्रीय कमिटिको बैठकले सो अभियान सुरु गरेको हो । जिल्ला कमिटिबाट प्राप्त सर्कुलर अनुसार अभियान सुरु गरिएको एमाले क्षेत्रीय सहसंयोजक टीका मंग्रातीले बताए । स्थानिय तहको चुनावलाई लक्षित […]

पूरा पढ्नुहोस्

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ […]

पूरा पढ्नुहोस्

झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा

बिर्तामोड, १९ फागुन । झापा गोल्डकप फुटबलको अन्तिम तयारी पूरा भएको छ । शनिबार सुरु हुने गोल्डकपका लागि टिम व्यवस्थापन, मैदान, प्यारापिट निर्माण लगायतका सम्पूर्ण काम सम्पन्न भएको आयोजक झापा गोल्डकप समितिले जनाएको छ । पाँचौं संस्करणको गोल्डकप फागुन ३० गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपका लागि करिब दुई महिना लगाएर मैदान बनाइएको छ । मैदानमा खेलाडीलाई सहयोग पुग्नेगरी घाँस […]

पूरा पढ्नुहोस्

पत्रकार निरौलाले गरे ‘रोटरी उत्कृष्ट पत्रकारीता पुरस्कार’ को घोषणा

कनकाई, १९ फागुन। झापाको कनकाई ७ निवासी पत्रकार रामप्रसाद निरौलाले रोटरी उत्कृष्ट पत्रकारीता पुरस्कारको घोषणा गरेका छन् । पत्रकारीताको माध्यमबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका निरौला विगत १२ वर्षदेखि निरन्तर रुपमा पत्रकारीता पेशामै क्रियाशिल रहँदै आएका छन् । निरौला झापाको कनकाई नगरबाट प्रकाशित कनकाई खबर साप्ताहिकका सम्पादक÷ प्रकाशक साथै कनकाई खबर डटकम न्युज पोर्टलका […]

पूरा पढ्नुहोस्