मुख्य खबर

‘एमाले दक्षिणपन्थीहरुको झुण्ड’–रामकुमारी झाँक्री

मेचीनगर । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेकपा एमालेलाई दक्षिणपन्थीहरुको झुण्डको संज्ञा दिएकी छन् । शनिबार साँझ झापाको चारआलीमा पार्टीका कार्यकर्ताहरुसँगको भेटघाटमा उनले एमालेलाई यस्तो संज्ञा दिएकी हुन् । ‘ओलीले नेतृत्व गरेको एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको उद्देश्य, कार्यक्रम र त्यसको कार्यदिशा बोकेर नेपाली जनताहरुको सपनालाई साकार पार्छ भन्ने लाग्दैन’ नेतृ झाँक्रीले भनिन्, ‘त्यो एक […]

पूरा पढ्नुहोस्

राप्रपाले मेचीनगर ७ मा गठन गर्याे, भ्रातृ संगठन

काँकरभिट्टा । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले संगठन विस्तारलाई तीब्रता दिन थालेको छ । राप्रपाले  मेचीनगर –७ मा दुईवटा वडास्तरीय भ्रातृ संगठन गठन गरेको छ । पार्टीका प्रदेश कमिटी सदस्य तथा मेचीनगर नगरपालिकाका पूर्वप्रमुख कल्याण खड्काको प्रमुख आतिथ्यतामा वडास्तरीय संगठन निर्माण गरिएको हो । पार्टीका ७ नम्बर वडा अध्यक्ष राजु शिवाकोटीको अध्यक्षतामा सम्पन्न भेलाले रतिलाल मुण्डा […]

पूरा पढ्नुहोस्

युवा व्यवसायी घिमिरेले सञ्चालनमा ल्याए, धुलाबारीमा ‘सिटी प्लाजा’

धुलाबारी,१७ असोज । युवा व्यवसायी अजय घिमिरेले मेचीनगर–१० स्थित धुलाबारी बजारमा सुविधा सम्पन्न सिटी प्लाजा सञ्चालननमा ल्याएका छन् । मेचीनगर –१० निवासी घिमिरेले ग्राहकवर्गहरुको चाहानालाई मध्यनजर गरेर एकै ठाउँबाट सवै प्रकारका सामग्री उपलब्ध गराउनेगरी १३ कोठाको सिटी प्लाजा सञ्चालनमा ल्याएका हुन् । ग्राहक वर्गहरुलाई आवश्यक सामग्री खरीद गर्न अब अन्यत्र धाउँनु नपर्नेगरी आपूmले सबै प्रकारका […]

पूरा पढ्नुहोस्

एक्सेल बैंकले प्रदेश १ का सबै जिल्लामा सेवा विस्तार गर्ने

झापा, १६ असोज । एक्सेल डेभलपमेन्ट बैंकले प्रदेशको १४ जिल्लामै सेवा विस्तार गर्ने घोषणा गरेको छ । आज विर्तामोडमा सम्पन्न बैंकको १५ औं वार्षिक साधारणसभामा उक्त घोषणा गरिएको हो । सभाले सञ्चालक सदस्यमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशलराज पोखरेललाई निर्विरोध चयन गरेको छ । सिद्धार्थ होटलमा बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा भएको […]

पूरा पढ्नुहोस्

धुलाबारीमा बजार अनुगमन, म्याद गुज्रिएका पेय पदार्थ , तेल र खाद्य वस्तु भेटियो

मेचीनगर, १५ असोज । मेचीनगरमा बिहीबारबाट सुरु भएको बजार अनुगमनको कार्य ले शुक्रबार पनि निरन्तरता पाएको छ । टोलीले बिहीबार काकरभिट्टाका विभिन्न खाद्य  पसल अनुगमन गरेको थियो भने शुक्रबार धुलाबारी बजार क्षेत्रमा अनुगम गरेको छ । अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका पेय पदार्थ तथा खानेतेल फेला परेको थियो । म्याद गुज्रिएका कतिपय सामान टोलीले […]

पूरा पढ्नुहोस्

दशैँ — तिहार नजिकिँए पछि बजार अनुगमन सुरु , काँकरभिट्टाबाट लाखौंका म्याद गुज्रिएका सामान जफत

मेचीनगर, १४ असोज  । मेचीनगरको मुख्यः व्यपारिक केन्द्रविन्दु काँकरभिट्टाबाट बजार अनुगमन टोलीले विहीबार लाखौ रुपैयाँ मुल्यका सामान जफत गरेको छ । दशैँ — तिहार नजिकिँदै गर्दा अत्यवश्यक खाद्य वस्तुको मुल्य दिनहुँ जसो उकालो लागेको उपभोक्ताको गुनासो आए सँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल नेतृत्वको अनुगमन टोलीले काँकरभिट्टाको खाद्यसहित अन्य पसलको अनुगमन गरेको थियो […]

पूरा पढ्नुहोस्

कनकाईका लेखा अधिकृत दाहालको निधन

झापा, १३ असोज । कनकाई नगरपालिकाका लेखा अधिकृत भूपेन्द्र दाहालको आज विहान ९.४५ बजे निधन भएको छ । मेचीनगरको बाहुनडाँगी निवासी दाहालको सुरुंगास्थित डेरामा निधन भएको हो । विगत केही वर्षदेखि स्वास्थ्यमा विभिन्न समस्या झेल्दै आएका दाहालको मृगौलामा समस्या भएपछि ४ महिना अघि भारतको दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपण पछि स्वास्थ्यमा क्रमिकरुपमा […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद् विस्तारको ढोका खुल्ने संकेत, सरकारले गर्याे राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजको सिफारिस

काठमाडौं,११ असोज । लामो समय सम्म सरकारले पूर्णता पाउन नसकेपछि राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै मन्त्रिपरिषद् विस्तारको ढोका खुल्ने भएको छ । देउवा सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेस मेचीनगर सभापतिमा पनेरु , उपसभापतिमा योगेन थापा र धनकाजी निर्वाचित

मेचीनगर, १० असोज । नेपाली कांग्रेसको मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बराललाई १५ मतले पछि पारे ।सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् । त्यसैगरी उपसभापतिमा योगेन थापामगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले […]

पूरा पढ्नुहोस्

धुलाबारीमा तीन करोडको लगानीमा न्यूटेला उद्योग सञ्चालन

मेचीनगर ७ असोज । मेचीनगर–१० स्थित धुलाबारीमा रु तीन करोडको लगानीमा न्यूटेला उद्योग सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलेको संयुक्त लगानीमा नन्दा फुड इन्टस्ट्रिज सञ्चालनमा ल्याएका हुन् । उद्योगले दैनिक एक हजार केजी स्वाविन ९न्यूटेला० उत्पादन गर्दै आएको छ । भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरिएको […]

पूरा पढ्नुहोस्