मुख्य खबर

काँकरभिट्टामा आयोजित १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण सम्पन्नः

काँकरभिट्टा,२५ पुस । झापाको मेचीनगरमा सम्पन्न १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको मेन्स डवलतर्फको उपाधि सोलुका पविन लिङथेप र पेम्बा शेर्पाको जोडीले जितेको छ । शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पाचथरका दिवस शंकर विक र एशिया जवेगुको जोडीलाई २१—१४, १९—२१ ÷ १९—२१ को वेष्ट अफ थ्रीमा पराजित गर्दे लिङथेप र शेर्पाको जोडीले उपाधि जितेको हो । […]

पूरा पढ्नुहोस्

क्रिकेट खेलाडीलाई अरुणोदय र आदर्श माविको सम्मान

काँकरभिट्टा, २४ पुस ÷ दाङको लमहीमा हालै सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल प्रदेश नम्बर १ का खेलाडीसहित प्रशिक्षकलाई शुक्रबार मेचीनगरमा सम्मान गरिएको छ । काँकरभिट्टा स्थित अरुणोदय माध्यमिक विद्यालयले विद्यालय परिसरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रतियोगिता खेल्ने कप्तान रुविना क्षेत्री, काजल श्रेष्ठ, संगीता राई, सवनम राई, रोमा थापा, अप्सरी वेगम, […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकामा शुक्रबारदेखि राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता अभियान शुरु

लक्ष्मी उप्रेती काँकरभिट्टा, २० पुस ÷झापाको मेचीनगर नगरपालिकामा आगामी शुक्रबारदेखि राष्ट्रिय परिचय पत्रका लागि आवश्यक पर्ने विवरण दर्ता अभियान शुरु हुने भएको छ । सोमबार नगरपालिकाको सभाहलमा आयोजित राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियानको छलफल कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवण्कुमार तिम्सिनाले यस्तो जानकारी दिनुभएको हो । प्रजिअ तिम्सिनाले अभियान सफलताको शुभकामना व्यक्त गदैं अहिले […]

पूरा पढ्नुहोस्

विर्तामोडमा प्रचण्ड–नेपाल समूहको विरोध सभा

झापा, १८ पुस । प्रचण्ड–नेपाल समूहले आज झापाको विर्तामोडमा विरोधसभा सम्पन्न गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एवम् प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले दुई वर्षसम्म पार्टी र सरकार मिलेर चलाउन सके जनताले अझै पनि बहुमत दिने बताए।नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई गल्तीका लागि माफी मागेर एकता प्रक्रियामा आउन आग्रह समेत गरे […]

पूरा पढ्नुहोस्

कनकाई नगरपालिकाका मेयर पोखरेललाई पितृशोक

कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेललाई पितृशोक परेको छ । उनका पिता गणेशप्रसाद पोखरेलको ८७ बर्षको उमेरमा बुधवारसाँझ बिर्तामोडस्थित वीएण्डसी हस्पिटलमा निधन भएको हो । कनकाईनगरपालिका १ दुर्गापुर निवासी पोखरेल तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतको चार कार्यकालसम्म प्रधानपञ्चमा निर्वाचन भई गाउँवासीको सेवा गरेका थिए । केही बर्षअघि मुटुको शल्यक्रिया गरिएको थियो भने केही समयदेखि उनी कोरोना भाइरसको […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा क्याम्पसको तेस्रो क्याम्पस सभा सम्पन्न

काँकरभिट्टा, १४ पुस ्र १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले सरकारी विद्यालयमा पढाउने कुनै पनि शिक्षकले आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्न नपाउने गरीको कानुन निर्माण गर्नु पर्ने बताउँनु भयो । । सरकारी अस्पताल र विद्यालय अनि निजी अस्पताल र विद्यालयबीचको खाडल पुर्न हरेक सरकारी अस्पातालको सेवा सुविधा अनि विद्यालयको पढाई निक्कै गुणस्तरीय र […]

पूरा पढ्नुहोस्

संसद विघटनको विरोधमा झापामा काँग्रेसको विरोध प्रदर्शन

मेचीनगर, १३ पुस । नेपाली काँग्रेसले संसद विघटनको विरोधमा झापा जिल्लाको पाँच वटै निर्वाचन क्षेत्रमा सोमबार विरोध प्रदर्शन गरेको छ ।काँग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार संसद विघटन विरोधमा झापामा विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु झापाका पाँच वटै निर्वाचन क्षेत्रमा गएर आमसभा र जुलुसमा सहभागि भएका छन् । झापा क्षेत्र नम्बर […]

पूरा पढ्नुहोस्

भारत लैजादै गरेको अवस्थामा १६ थान मूर्तिसहित करीव १० लाख रुपैयाँका बहुमुल्य सामान पक्राउ

मेचीनगर, १२ पुस ÷ अवैधरुपमा भारततर्फ निकासी गर्दैगर्दाको अवस्था नेपाल प्रहरीले करवि ८ देखि १० लाख रुपैयाँ मुल्य बराबरका विभिन्न देवि देवताका १६ थान मूर्तिसहित ९७ वटा दियो पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले झापा मेचीनगर ६ नकलबन्दा नाका भएर भारततर्फ लैजादैं गर्दा गोप्य सूचनाका […]

पूरा पढ्नुहोस्

प्रदेश १मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

झापा, १२ पुस । प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव आज दर्ता भएको छ । राईविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाकै समुहले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको हो । राईविरुद्ध अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेका छ । मुख्यमन्त्री विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीको रुपमा भीम आचार्यलाई प्रसताव […]

पूरा पढ्नुहोस्

पत्रकार महासंघ झापाको साधारण सभा सम्पन्न

मेचीनगर, ११ पुस । नेपाल पत्रकार महासंघ झापाको साधारण सभा शनिबार सम्पन्न भएको छ । काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभाहलमा सम्पन्न साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले गरेका छन् ।कार्यक्रमका प्रमुख अतिथि विष्टले श्रमजीवी पत्रकाहरु संकटमा रहेको बताउँदै त्यसको समाधानको लागि महासंघ नीतिगत रुपमै अघिबढेको बताए । पछिल्लो समय देखिएको राजनीतिक […]

पूरा पढ्नुहोस्