मुख्य खबर

‘प्यारीभिट्टा महोत्सव’ आजबाट सुरु

मेचीनगर, चैत ५ । लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना जगाउँदै युवाहरुलाई समाज परिवर्तनमा सक्रिय बनाउने उद्देष्यका साथ मेचीनगरमा आजबाट ‘प्रथम प्यारीभिट्टा महोत्सव’ शुरु भएको छ । आज एक भव्य कार्यक्रमका बिच कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङले महोत्सवको उद्घाटन गर्नुभयो । मेचीनगर ७ स्थित नयाँ बसपार्क उत्तर पट्टिको प्लटिङमा शुरु भएको महोत्सव २० गतेसम्म सञ्चालन […]

पूरा पढ्नुहोस्

मेचीनगरमा नेपाली भाषामा घनिभूत छलफल

मेचीनगर, ४ चैत । नेपाली भाषाको विषयमा मेचीनगरमा शनिबार अन्तरक्रिया गरिएको छ । नेपाली भाषाको प्रयोगमा देखिएको जटिलतालाई सहज बनाउने उद्देश्यले अन्तरक्रिया गरिएको हो । निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेंचीनगरको आयोजना तथा ऐरावती प्रकाशन प्रालिको प्रायोजनमा भएको नेपाली भाषा शिक्षण तथा सिर्जनात्मक कार्यशाला गोष्ठीको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नगर शिक्षा अधिकारीले होमनाथ […]

पूरा पढ्नुहोस्

पाउ पाथीभरा धाममा चैत ८ गते देखि श्रीमद् भागवत् महापुराण हुने

मेचीनगर, चैत्र ३ । मेचीनगर १३ चारआली स्थित पाउ पाथीभरा धाममा चैत ८ गते देखि श्रीमद् भागवत् महापुराण आयोजना हुने भएको छ । १८ पुराण लगाउने उद्घोष गरेर हरेक वर्ष पुराण आयोजना गर्दै आएको समितिले चैत ८ देखि १६ गतेसम्म श्रीमद् भागवत् महापुराण आयोजना गर्न लागिएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो […]

पूरा पढ्नुहोस्

काकरभिट्टा क्याम्पसको स्ववियू निर्वाचन तत्काललाई रोकियो , अखिलका दुई विद्यार्थी निलम्बित

मेचीनगर, ३ चैत । स्ववियू निर्वाचनलाई लिएर एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू दूई सातादेखि आन्दोलनमा होमिएपछि काकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पस प्रशासन र निर्वाचन समितिले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरी निर्वाचन गराउने वातावरण नभएको जनाउँदै चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित गरिएको जानकारी दिएको छ । एमाले निकट […]

पूरा पढ्नुहोस्

उपराष्ट्रपतिमा यादव विजयी

काठमाडौँ । जनता समाज पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँ आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित हुनुभएको हो । उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र […]

पूरा पढ्नुहोस्

स्ववियु निर्वाचनको विषयलाई लिएर काँकरभिट्टा क्याम्पसको विवाद उत्कर्षमा

मेचीनगर, १ चैत । स्ववियु निर्वाचनको विषयलाई लिएर काँकरभिट्टा बहुमुखी क्याम्पसमा विवाद उत्कर्षमा पुगेको छ । निर्वाचनकै विषयमा आज दुई संगठन बीच झडप भएको छ भने नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले क्यम्पसको मुलगेटमा आगजनी समेत गरेका छन् । बुधवार विहान निर्वाचन समितिले बिना सूचना उम्मेदवारहरुको मनोनयन दर्ताको प्रक्रिया थालेको भन्दै अनेरास्ववियुको समूहले मनोनयन पत्र […]

पूरा पढ्नुहोस्

मेचीनगरका नयन बराललाई वर्ष उत्कृष्ट निर्माण व्यवसायीको अवार्ड

बाहुण्डाँगी । झापाका सफल निर्माण व्यवसायी नयन बराल २०७९ को उत्कृष्ट निर्माण व्यवासयीको अवार्डद्धारा सम्मानित हुनु भएको छ । काठमाडौँमा सम्पन्न निर्माण व्यवसायी संघको २४ औँ राष्टिय महाधिवेशनमा बराललाई कोशी प्रदेशकै उत्कृष्ट व्यवासयाीका रुपमा सम्मान गरिएको हो । उहाँलाई निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रबि सिंह, केन्द्रीय महासचिव रोशन दाहाल र सडक डिविजनका प्रमुखले अवार्ड […]

पूरा पढ्नुहोस्

धरान भेट्रानलाई हराउँदै सिलगुढी सेमिफाइनलमा प्रवेश

मेचीनगर । मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको आज भएको खेलमा भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलगुढी सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न प्रतियोगिताको दोस्रोे क्वाटरफाइनल खेलमा धरान भेट्रान फुटबल क्लब सुनसरलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै मिलन मोर सिलगुढी अन्तिम चारमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक बनेको […]

पूरा पढ्नुहोस्

विर्तामोड युनाइटेड सेमिफाइनलमा प्रवेश

मेचीनगर । विराट भेट्रान फुटबल क्लब मोरङ्गलाई टाइब्रेकरमा पराजित गर्दै विर्तामोड युनाइटेड मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सोमबार सम्पन्न प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा विराट भेट्रान फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड अन्तिम चारमा प्रवेश गरेको हो । अत्यन्तै रोमान्चक भएको […]

पूरा पढ्नुहोस्

धुलाबारी खानेपानी निर्वाचन : अध्यक्ष पदमा पाँचजना आकांक्षी

धुलाबारी । राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएको धुलाबारी खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि चैत १८ गते निर्वाचन हुँदैछ । निर्वाचनमा मुख्यतः नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने निश्चित छ । दुवै पार्टीले नेतृत्व आफ्नो पक्षमा पार्न आन्तरिक तयारी सुरु गरेका छन् । तेस्रो ठूलो दल माओवादी केन्द्र लगायत साना दलहरुले पनि खानेपानी […]

पूरा पढ्नुहोस्