मुख्य खबर

बिर्तामोड नगरपालिकाले वुधवारे हटियामा डोजर चलाएर संरचना भत्कायो

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वुधवारे हटिया मा रहेका अब्यवस्थित टहरा डोजरचलाएर भत्काएको छ । नगरपालिकाले बिर्तामोड ५ मा रहेको देवी हाटमा व्यवस्थित सपिङ महल निर्माणका लागि अब्यवस्थित रुपमा रहेका टहरा हटाएको हो । त्यहाँ रहेका ब्यवसायीलाई टहरा खाली गर्न पटक पटक आग्रह गरेपनि उनीहरुले अटेर गरेपछि नगरपालिकाले डोजर प्रयोग गर्दै सो क्षेत्र खाली गराएको हो […]

पूरा पढ्नुहोस्

समाजका असली अभियन्ता ढुंगाना

डम्बर बराल झापा । एउटा काँधमा फोहोर बोक्ने बोरा, लामो कपाल, क्याप टोपी पहिरिएर खुट्टामा घुँडासम्म आउने प्लाष्टिकका बुट, अनि धुलोमैलो कपडा सधै उनी यही हुलियामा सडक किनारमा फोहोर टिप्दै गरेका भेटिन्छन् । उनी अर्थात अर्जुनधार–११ निवासी सामाजिक अभियन्ता गणेश ढुंगाना । फोहोर टिपेर आफ्नो जीवन निर्वाहको लागि उनी सडकमा आएका भने होइनन् । फोहोरको […]

पूरा पढ्नुहोस्

बिर्तामोड खानेपानीको निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानलद्धारा उम्मेद्वार घोषणा

बिर्तामोड । बितामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेठ १५ गते हुने निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानलले उम्मेद्वार घोषणा गरेको छ । स्वतन्त्र प्रगतिशील प्यानल निर्वाचन परिचालन तथा प्रचार समितिले शनिवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेद्वार घोषणा गरेको हो । अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्षमा प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्षमा विनिता राजवंशीले […]

पूरा पढ्नुहोस्

रास्वपा मेचीनगर सभापतिमा गौतम

मेचीनगर, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगर समितिको सभापतिमा कमल गौतम सर्वसम्मत चयन भएका छन् । आज धुलाबारी स्थित अतिथि सदनको सभाहलमा सम्पन्न अधिवेशनले गौतमको नेतृत्वमा ११ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा रञ्जु वस्नेत, सचिवमा सन्तोष राजबंशी र कोषाध्यक्षमा इन्द्रप्रसाद भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा देवी पराजुली […]

पूरा पढ्नुहोस्

‘रास्वपा’का केन्द्रीय नेताहरु भोलि मेचीनगर आउने

मेचीनगर, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरु भोलि झापाको मेचीनगर आउने भएका छन् । केन्द्री नेताहरु रास्वपाको भोलि हुँने जिल्ला तथा नगर अधिवेशनलाई सम्बोधन गर्न झापा आउने भएका हुन् । शनिबार झापाका १४ वटा पालिकामा संगठन विस्तार तथा प्रशिक्षण हुँदै छ अध्यक्ष कुँवरले भने भोलि हुने अधिवेशन पछि संगठन विस्तारलाई तीब्रता […]

पूरा पढ्नुहोस्

मेचीनगरपालिकाले खानेपानीको महशुल नबुझाएपछि खानेपानीको धारा काटियो 

मेचीनगर, जेठ ५ । लामो समयसम्म खाने पानीको महशुल नबुझाएको भन्दै मेचीनगर नगरपालिका परिषरमा जोडिएको खानेपानीको धारा काटिएको छ । नगरपालिकाले महशुल नबुझाएपछि नगरपालिका परिषरमा रहेका दुई वटा धारा काटिदिएको हो । बारम्बार जानकारी गराउँदा पनि नगरपालिकाले बेवास्ता गरेको र महशुल बुझाउने तर्फ चासो नै नदिएकाले धारा काटिएको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष […]

पूरा पढ्नुहोस्

डा.तोसिमासहित केन्द्रीय नेताहरु भोलि झापा आउने

झापा, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार केन्द्रीय नेताको उपस्तिथिमा बिर्तामोड नगर अधिवेशन गर्ने भएको छ ।रास्वपाले झापाका १४ वटा पालिकामा संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको जिल्ला अध्यक्ष उमेश खरेलले बताए । नगर अधिवेशन तथा पार्टीको आगामी रणनीति र कार्यदिशाका विषयमा प्रशिक्षण दिन केन्द्रीय सदस्यसहित संघीय सांसदहरु झापा आउने भएका हुन् […]

पूरा पढ्नुहोस्

सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने

काठमाडौं, ५ जेठ । सरकारले आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नै भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत […]

पूरा पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय झापाले गर्याे, मेचीनगरमा सार्वजनिक सुनुवाइ

काँकरभिट्टा । जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार मेचीनगर स्थित काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागिहरुले जनसरोकारका विषयमा प्रश्न गरेका थिए । कार्यक्रमका सहभागीले प्रहरी मेरा साथीको नारालाई व्यवहारमा लागु गर्न सुझाव दिएका थिए। सिमा नाकामा हुने चोरी निकासी, लागुऔषध प्रयोग कर्ताको हैरानी, प्रहरीको अनावश्यक झन्झटिलो व्यवहारका कारण […]

पूरा पढ्नुहोस्

सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिका पुगे ज्येष्ठ नागरिक

मेचीनगर, ३ जेठ । मेचीनगर–२ का ज्येष्ठ नागरिकहरु समयमा नै सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै प्लेकार्ड र व्यानरसहित मेचीनगर नगरपालिका कार्यालय ईटाभट्टा पुगेकाछन् । आज दिउसो वडा कार्यालयको व्यवस्थापनमा एउटा बस भाडामा रिर्जभ गरेर ज्येष्ठ नागरिकहरु प्लेकार्ड र व्यानरसहित मेचीनगर नगरपालिका कार्यालय पुगेका हुन् । वडाध्यक्ष दिपक बरालको निर्देशनमा वडा सदस्य वेनुप राईको नेतृत्वमा भत्ता […]

पूरा पढ्नुहोस्