मुख्य खबर
आयोजकलाई पराजित गर्दै मिलन मोर सिलगुढी क्वाटरफाइनलमा प्रवेश
झापा । मेचीनगरमा जारी सेभेन हर्स तेस्रो इण्डो(नेपाल भेट्रान फुटबल प्रतियोगिताको दोस्र दिन भएको खेलमा मिलन मोर त्रिभेनी साङ्गा फुटबल क्लब सिलगुढी भारत क्वाटरफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आइतबार भएको खेलमा आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबलार्ई ४– ३ गोल अन्तरले पराजित गर्दै मिलन मोर सिलगुढीले अघिल्लो चरण प्रवेश गरेको हो । […]
पूरा पढ्नुहोस्
पक्राउ परेका ३३ जना बन्दकर्तालाई प्रहरीले छोड्यो
झापा, २८ फागुन । झापाका बिभिन्न ठाउँबाट पक्राउ परेका ३३ जना बन्दकर्ता प्रहरीले छोडेको छ । जिल्लाको विभिन्न स्थानमा बन्द गराउँदै हिड्ने ३३ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु सबैलाई प्रहरीले छोडेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले बताए । बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधनलाई रोकेर तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिएको प्रहरीको […]
पूरा पढ्नुहोस्
म्याराथन दौडको उपाधि सविन र सुस्मितालाई
मेचीनगर । रोटरी क्लब अफ मेचीनगरले आयोजना गरेको खुला म्याराथन दौड प्रतियोगिताको उपाधि बिर्तामोडका सविन लिम्बु र भद्रपुरकी सुस्मिता राईले हात पारेका छन् । शनिबार आयोजित खुला म्याराथन दौडमा प्रतिस्पर्धिहरुलाई उछिन्दै पुरुषतर्फ सविन र महिलातर्फ सुस्मिता उपाधि हात पारेका हुन् । काँकरभिट्टादेखि धुलाबारी सम्मको निर्धारित दुरी १९ मिनेट १७ सेकेन्डमा पार गर्दै सविन लिम्बुले प्रमाण […]
पूरा पढ्नुहोस्
प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य शुभद्रा भट्टराई सहित साहित्यकार र विद्यार्थी सम्मानित
मेचीनगर, २७ फागुन । रामप्रसाद देवी ओली प्रतिष्ठान तथा बिष्णुदेवी ओली अक्षयकोषद्वारा सामाजिक क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरु र विद्यार्थीहरुलाई सम्मान गरिएको छ । शनिबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य शुभद्रा भट्टराई अर्यालसगैँ भारत दार्जिलिङमा रहेर साहित्यमा कलम चलाउने साहित्यकार कमल रेग्मी, सामाजिक व्यक्तित्व गोविन्द घिमिरे, हर्कबहादुर भुजेल, दिलमाया बस्नेत […]
पूरा पढ्नुहोस्
इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता :दार्जिलिङलाई हराउँदैद विराट भेट्रान विजयीे
काँकरभिट्टा । पाहुना टोली भारतको दार्जिलिङ भेट्रान फुटबल क्लबलाई पराजित गर्दै विराट भेट्रान फुटबल क्लब मोरङले काँकरभिट्टामा जारी तेस्रो इण्डो(नेपाल भेट्रान फुटबल प्रतियोगितामा शुखद् सुरूवात गरेको छ । काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजनामा काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ टाउनलाई ४(१ गोल अन्तरले पराजित गर्दै मोरङको विराट भेट्रान […]
पूरा पढ्नुहोस्
धुलाबारी खानेपानी उपभोक्ता समितिको २२ औं वार्षिक साधारणसभा जग्गादाता सम्मानित
धुलाबारी ÷ धुलाबारी खानेपानी उपभोक्ता समितिको २२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । धुलाबारी स्थित पासाङ्ल्वामु जेसिज प्रतिष्ठानमा आयोजित साधारण सभाको उद्घाटन् झापा क्षेत्रनम्बर १ का संघीय सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्माले गरेका थिए । धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजय घिमिरेको सभापतित्व रहेको कार्यक्रमम झापा क्षेत्रनम्बर १ (खा)की सांसद […]
पूरा पढ्नुहोस्
मेचीनगर– ८ वडा कार्यालयको सेवा आफ्नै भवनबाट
मेचीनगर । मेचीनगर नगरपालिका वडा नं ८ वडा कार्यालय आजबाट सुविधा सम्पन्न आफ्नै नयाँ भवनमा सरेको छ । शुक्रबार एक कार्यक्रमका बीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नवनिर्मित वडा कार्यालयको २ तले पक्की भवनको उद्घाटन गरेका हुन् । उद्घाटन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले स्थानीय जनताले प्राप्त गर्ने सेवा सुविधा सहज बनाउनका निम्त्ति जनप्रतिनिधिहरु सदैव लाग्नुपर्ने […]
पूरा पढ्नुहोस्
नेपाल बहुउद्देश्यीय सहकारीले मनायो ३०औं स्थापना दिवस
मेचीनगर । मेचीनगर–६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले बुधवार आफ्नो ३० औँ स्थापना दिवस मनाएको छ । संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, डेरी उद्योग, सहकारी पसलहरु एवम् चिया उद्योगहरुमा दिउँसो २ बजेदेखि ४ बजेसम्म एकसाथ वार्षिकोत्सव सहितको स्थापना दिवस मनाइएको हो । २०५० साल फागुन २४ गते तत्कालीन काँकरभिट्टा […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
झापा, २५ फागुन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपति बनेका छन् । विहीबार सम्पन्न राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेद्वार पौडेल निर्वाचित भएका छन् । संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, […]
पूरा पढ्नुहोस्
सार्वजनिक जग्गा मेचीनगरको स्वामित्वमा ल्याउन नगरले थाल्यो छलफल
मेचीनगर । मेचीनगर नगरपालिकाले राष्ट्रिय आवास कम्पनीसँग रहेको सार्वजनिक सरोकारका जग्गा आफ्नो स्वामित्वमा ल्याउन पहल सुरु गरेको छ । राष्ट्रिय आवास कम्पनीसँग मेचीनगरमा सयौं विगाहा सार्वजनिक जमिन रहेको छ । २०४९ सालदेखि रहेको जग्गा समस्या समाधानका निम्ति मेचीनगरको नेतृत्वले विशेष पहल सुरु गरेका कारण साविक काँकरभिट्टा गाविस क्षेत्रमा रहेका सार्वजनिक, संघसंस्था र ब्यक्तिहरुले बसोबास गरिरहेका […]
पूरा पढ्नुहोस्