स्थानीय खबर

विपीको स्मृति दिवसमा मेचीनगरको ईटाभट्टामा रक्तदान

मेचीनगर, ६ साउन । विपी कोइरालाको ४० औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस मेचीनगर ७ नम्बरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इटाभटमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा धुलाबारी र बिर्तामोड रेडक्रसको प्राविधिक सहयोग रहेको थियो । नेपाली काँग्रेस वडा सभापति कञ्चन बरालको सभापतित्वमा आयोजित कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि […]

पूरा पढ्नुहोस्

मेचीनगरमा सत्ता गठबन्धनका पाँच दलद्वारा ढुंगागिटी र हात्तीका विषयमा स्थानीय सरकारलाई ध्यानाकर्षण

मेचीनगर, ५ साउन । मेचीनगरका सत्ता गठबन्धनका पाँच दलले जंगली हात्तीको समस्या र नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवाको दोहनका विषयमा स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको छ । विहीबार गठबन्धनमा आबद्ध मेचीनगरका पाँच दलका प्रतिनिधिहरुले मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई सो विषयमा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा मेचीनगर–१, २, ३, ४, ५, ९, ११ […]

पूरा पढ्नुहोस्

खबरमञ्च साप्ताहिक सातौँ वर्षमा

मेचीनगर, ५ साउन । मेचीनगरबाट नियमित रुपमा प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले विहीबार आफ्नो ७ औँ वार्षिकोत्सव मनाएको छ । उक्त खबरमञ्चका सम्पादक तथा प्रकाशक प्रकाश पौडेलको अध्यक्षता एवम् मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि बुढाथोकीले नगरका सञ्चारमाध्यमको संरक्षण र क्षमता अभिवृद्धिका लागि नगरले यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त […]

पूरा पढ्नुहोस्

विधुत आपूर्ति सहज बनाउन माग गर्दै एमालेका कार्यकर्ताले बुझाए विधुत प्राधिकरणमा ज्ञापन

मेचीनगर, ३ साउन । अनावश्यक रुपमा लोडसेटिङ गरेर उपभोक्तालाई सास्ती दिएको भन्दै नेकपा एमालेका कार्यकर्ताले आज धुलावारीस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरी विद्युत आपूर्ति नियमित गर्न माग गरेका छन् । नेकपा एमालेका जिल्ला सहइञ्चार्ज रविन कोइरालाले उपभोक्ताहरुको नेतृत्व गर्दै प्राधिकरणको धुलावारी वितरण केन्द्रमा माग पत्र बुझाएका थिए । माग पत्रमा छिन्छिन्मा विधुत आपूर्ति रोकिने […]

पूरा पढ्नुहोस्

पैनीमा डुबेर बालकको मृत्यु

मेचीनगर । मेचीनगर ५ स्थित राममन्दिर टोलमा सोमबार एक बालकको पैनीमा डुबेर मृत्यु भएको छ । पैनीमा डुबेर पूर्ण बहादुर लिम्बूको दुुई बर्षीय छोरा  इनसाहाङ लिम्बुको निधन भएको हो । खेल्ने क्रममा घर अगाडिको पैनीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । इनसाहाङलाई घरभन्दा २ सय मिटर तल पानीले बगाइरहेको अवस्थामा स्थानीयले देखेर निकालेको […]

पूरा पढ्नुहोस्

लायन्स क्लब मेचीनगरको स्थापना दिवसमा अपांगता भएका बालबालिकालाई सहयोग

मेचीनगर । लायन्स क्लब अफ मेचीनगरले आइतबार मेचीनगरको इटाभट्टास्थित समाजसेवा युवा संघ अपांग सहयोग समितिमा आश्रित बालबालिकासँग आफ्नो चौथो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा लायन्सले उक्त संस्थालाई ४० हजार रुपैयाँ बराबरको खाद्यान्नसहित स्टेसनरी सामग्री सहयोग गरेको छ । सोही अवसरमा लायन्स क्लब अफ मेचीनगरले केक काटेर अपांगता भएका बालबालिकालाई खुवाएको छ । […]

पूरा पढ्नुहोस्

जनप्रतिनिधि बनेका पूर्व पत्रकारहरुलाई महासंघले गर्यो बिदाई

बिर्तामोड, ३२ असार । नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्लाको विभिन्न पालिकाको जनप्रतिनिधिमा निर्वाचित चार जना पूर्व पत्रकारलाई सम्मानसहित बिदाई गरेको छ । शनिबार बिर्तामोडमा महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पूर्व पत्रकार जनप्रतिनिधिलाई सम्मान गरेका हुन् । पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य रहेका अनिल वाग्ले […]

पूरा पढ्नुहोस्

पत्रकारसहित एक दर्जन बढीलाई कनकाई नगरपालिकाको सम्मान

कनकाई ÷ कनकाई नगरपालिकाले पाँच पत्रकारसहित एक दर्जन बढी नगरपालिकाका कर्मचारी, पुर्व जनप्रतिनिधि एवं कृषकलाई सम्मान गरेको छ । नगरपालिकाको आ.व.२०७९÷८० को नीति,बजेट तथा कार्यक्रम सार्वजनिकिकरण तथा सम्मान—पुरस्कार वितरणका अवसरमा पत्रकारसहित एक दर्जन बढी सम्मानित भएका हुन् । यसरी सम्मानित हुने पत्रकारहरुमा राससकी मेचीअञ्चल प्रमुख अम्बिका भण्डारी, कनकाई सुरुङ्गा प्रेस क्लवका संस्थापक अध्यक्ष एवं पुर्वाञ्चल […]

पूरा पढ्नुहोस्

भानु जयन्तीमा साहित्यकारदेखि पत्रकारसम्म सम्मानित

काँकरभिट्टा । आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती बुधबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । मेचीनगरको काँकरभिट्टामा पनि आदिकवि भानुभक्तको पूर्णकदको शालिकमा माल्र्यापणसहित सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । प्रसिद्ध साहित्यकार मोदनाथ प्रश्रितलगायतलाई सो अवसरमा सम्मान गरियो । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले भव्य समारोहकाबीच यसवर्षको भानु साहित्यिक पुरस्कार प्रसिद्ध […]

पूरा पढ्नुहोस्

२३ औँ वैवाहिक वर्षगाँठको अवसरमा सजित र बिमलाद्धारा बिमारीलाई उपचार सहयोग

मेचीनगर । मेचीनगर ६का सजित तामाङ्ग र बिमला तामाङ्गले आफ्नो २३ औँ वैवाहिक वर्षगाँठको अवसरमा मेचीनगर क्षेत्रका चार जना बिमारीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरेकाछन् ।लायन्स क्लब अफ मेचीनगरका सचिव समेत रहेका तामाङ्गले आइतवार मेचीनगर ६ की ४४ वर्षीय लक्ष्मी खनाललाई पचहत्तर हजार उनकै निवासमा लगेर सहयोग गरेका थिए ।यसै गरि मेचीनगर १२का ब्लड […]

पूरा पढ्नुहोस्