स्थानीय खबर

मेचीनगरमा पहिलो दिन मेयरमा ४, उपमेयरमा ३ जनाको उम्मेद्वारी

मेचीनगर, ११ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि मेचीनगरमा पहिलो दिन प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा ६६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पाँच दल र स्वतन्त्रका गरी ६६ जना उम्मेद्वारहरुले मनोनयन पत्र दर्ता गराएका छन् । निर्वाचन अधिकृत वेदराज फुयालले मेचीनगर नगरपालिकाको प्रमुखमा ४ जना, उपप्रमुखमा ३ जना, […]

पूरा पढ्नुहोस्

रसोई झापा सुपर लिगको फाइनल खेल आज , बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्स बीच प्रतिष्पर्धा हुने

मेचीनगर । रसोई झापा सुपर लिगको फाइनलमा बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्स खेल्ने भएका छन् ।लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा झापाको काँकरभिट्टामा जारी प्रथम रसोई झापा सुपर लिगको उपाधिका लागि आज बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्सले प्रतिस्पर्धा गर्ने भएका छन् । बैशाख ३ गतेदेखि जारी प्रतियोगितामा ५ वटा टिमको सहभागीता रहेका थियो । ५ […]

पूरा पढ्नुहोस्

केसाङ लामाको एकल नाटक ‘विस्थापन’ काँकरभिट्टामा प्रदर्शन

मेचीनगर, ९ बैशाख । कलाकार केसाङ लामाको एकल नाटक ‘विस्थापन’ काँकरभिट्टामा बिशेष सो प्रदर्शन गरिएको छ । शुक्रबार मेचीनगर–६ स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको सभाहलमा कलाकार लामाको ‘विस्थापन’ नाटकको बिशेष सो प्रदर्शन गरिएको हो । अविराम नाट्य मञ्चका निर्देशक समेत रहेका कलाकार लामाले माआवादीको १० वर्षे जनयुद्व र नेपालमा भएका अहिलेसम्मका राजनीतिक परिवर्तनले नेता मोटाए […]

पूरा पढ्नुहोस्

मेचीनगरमा उपमेयरसहित ५० जना जनप्रतिनिधिले बुझाए राजीनामा

ईटाभट्टा, ९ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीका लागि उपमेयरसहित मेचीनगर नगरपालिकाका ५० जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । बैशाख ११ र १२ गते मनोनयन दर्ता गर्नु पर्ने समय तालिका निर्वाचन आयोगले सार्वजनिक गरे पछि उम्म्दवार बन्न इच्छुक जनप्रतिनिधिहरुले राजीनामा दिएका हुन् । उपमेयरसहित ५० जना जनप्रतिनिधिले मेयर विमल आचार्यसमक्ष […]

पूरा पढ्नुहोस्

गिरीले दिए उपाध्यक्ष पदबाट राजीनामा

मेचीनगर, ८ बैशाख । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले पदबाट राजीनामा दिएका छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको काममा खटिनु पर्ने भन्दै बिहीबार गिरीले राजीनामा दिएका हुन् । पहिलो स्थानीय तहको चुनावमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेका गिरीले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका हुन् ।राजीनामा […]

पूरा पढ्नुहोस्

झापाको १५ वटै पालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले गर्याे उम्मेद्वारहरुको नाम सिफारिस

मेचीनगर, ८ बैशाख । स्थानीय तह चुनावका लागि नेकपा एकीकृत समाजवादी पार्टी (एसं) ले झापामा प्रमुख र उपप्रमुख पदका उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । बिहीबार बिर्तामोडमा सम्पन्न एसको जिल्ला पार्टी वैठकले आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा प्रमुख र उपप्रमुख पदमा उमेद्वारहरुको नाम सिफारिस गरेको हो । मेचीनगर नगरपालिकाको प्रमुख […]

पूरा पढ्नुहोस्

मेचीनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मेचीनगर, ८ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबार देशभरि एकैचोटी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि झापामा पनि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । मेचीनगरमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । निर्वाचन अधिकृत वेदराज फुयालको कार्यालय […]

पूरा पढ्नुहोस्

मेचीनगर ८ ले गर्याे ५ वर्षमा गरिएको कामको समिक्षा, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायमा ९६ प्रतिशत काम सम्पन्न गर्याैः वडाध्यक्ष धिमाल

डम्बर बराल मेचीनगर,८बैशाख । बितेको पाँच वर्षमा मेचीनगर ८ वडाकार्यालयले भौतिक पूर्वाधार, खानेपानी, विजुली शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा ९६ प्रतिशत काम सम्पन्न गरेको दावी गरेको छ । वडाकार्यालयले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर पाँच वर्षमा गरिएका कामको बारेमा जानकारी गराएको हो । राज्य पुनःसंरचना भएपछि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनसँगै जनप्रतिनिधिहरु आफ्नो वडा […]

पूरा पढ्नुहोस्

जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र सरस्वती महाराजजी भोली झापा आउने

झापा,अनन्त विभूषित जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र सरस्वती महाराजजी झापा आउने भएका छन् । भारतको गोवद्र्धनमठ जगन्नाथधामबाट जगतगुरु शंकराचार्यस्वामी झापा आउन लागेका हुन् । शंकराचार्य स्वागत समारोह आयोजक मूल समितिका संयोजक वेदप्रकाश अग्रवालका अनुसार वैशाख ७ गते उनी झापा आउने कार्यक्रम रहेको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । वैशाख ८ गते चारपानेमा रहेको साङ्गवेद […]

पूरा पढ्नुहोस्

धुलाबारी टाइगर र बोष्टर्न व्लाष्टरको जित

मेचीनगर, ६ बैशाख । काँकरभिट्टा माविको मैदानमा जारी ‘रसोई झापा सुपर लिग’ क्रिकेट प्रतियोगिताको मंगलवारको खेलमा धुलाबारी टाइगर र बोष्टर्न व्लाष्टरले जित हासिल गरेका छन् । पहिलो खेलमा धुलावारी टाइगरले भद्रपुर राइजिङलाई १७ रनले हराउदा दोश्रो खेलमा बोष्टर्नले विराट वरियर्स विरुद्ध २४ रनको रोमाञ्चक जित निकाल्यो । बोष्टर्नको जितमा अन्र्तराष्ट्रिय खेलाडी करण केसी नायक बने […]

पूरा पढ्नुहोस्