मुख्य खबर

मेचीनगर–८मा ९२७ जनाले लिए निशुल्क स्वास्थ्य सेवा

मेचीनगर, २९ चैत । मेचीनगर ८ मा सञ्चालित पन्द्र दिवशीय निशुल्क स्वास्थ्य शिविर बुधबार सम्पन्न भइकाृ छ । चैत १३ देखि २९ गतेसम्म सञ्चालित पन्द्र दिवशीय निशुल्क स्वास्थ्य शिविरमा ९२७ जनाले सेवा लिएका छन् । बुधबार दिनभर चलेको उक्त स्वास्थ्य शिविरमा ८ नम्बरका साथै त्यस आसपासका अन्य वडाका स्थानीयले पनि निःशुल्क उपचार सेवा पाएका छन् […]

पूरा पढ्नुहोस्

प्रेस क्लब मेचीनगरको आयोजनामा अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धी प्रशिक्षण

मेचीनगर, २८ चैत । मेचीनगरका पत्रकारहरुको छाता संस्था प्रेस क्लब मेचीनगरको आयोजनामा अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीले गरेका थिए । प्रेस क्लव मेचीनगरका अध्यक्ष  डम्बर बरालको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर […]

पूरा पढ्नुहोस्

पत्रकार पारस तिम्सिनाको निधन

झापा, २७ चैत । पत्रकार पारस तिम्सिनाको आज निधन भएको छ । विर्तामोड वडा नं. ३ निवासी ३५ वर्षीय तिम्सिना केही दिन अघि लडेर टाउकामा रगत जमेपछि सख्त विरामी हुनुहुन्थ्यो । उपचारको क्रममा विर्तासिटी हस्पिटलमा उहाँको आज अपरान्ह निधन भएको हो । उहाँको एक छोरा राजन तिम्सिना १४ वर्षका छन् । विर्तासिटी हस्पिटलका चिकित्सकहरुले उहाँको […]

पूरा पढ्नुहोस्

मानवीय र भावनात्मक रूपमा समाजलाई नबुझ्ने मानिस नेता हुन सक्दैन – काङ्ग्रेस महामन्त्री शर्मा

झापा २५ चैत । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताएका छन् । उनले सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्न सक्नु पर्नेमा जोड समेत दिए। राजनीतिभन्दा साहित्यको फाँट विराट हुने उनले उल्लेख गरे। ू समाजलाई बुझ्न मानवीय र भावनात्मक हुन जरुरी छू महामन्त्री […]

पूरा पढ्नुहोस्

सम्मान कायम राख्न विजयी उम्मेदवारलाई महामन्त्री शर्माको आग्रह

धुलावारी। काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सेवाग्राहीलाई मुस्कान दिने सेवा गर्न आग्रह गरेका छन् । शुक्रवार पार्टीको समर्थनमा क्षेत्र नं १ अन्तर्गत गाउँ, नगर, प्रदेश एवम् क्षेत्रबाट विभिन्न संघरसंस्थामा विजयी भएका उम्मेदवार तथा पार्टी पदाधिकारी एवम् प्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै शर्माले अब मुस्कानसहितको हैन मुस्कान दिने किसिमको सेवा प्रवाहको अपेक्षा जनस्थरबाट भएको बताए । प्रमुख अतिथि […]

पूरा पढ्नुहोस्

नेपाल कृषि श्रमिक संघ जिल्ला कार्यसमिति झापाको अध्यक्षमा : काफ्ले

धुलाबारी । नेपाल कृषि श्रमिक संघ जिल्ला कार्यसमिति झापाको अधिवेशन सम्पन्न भएको छ । धुलाबारी स्थित नेपाली काँग्रेस क्षेत्रीय पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले अध्यक्षमा पुनः दीपक काफ्लेलाई सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा सूर्य अधिकारी, महिला उपाध्यक्षमा विमला बस्नेत, सचिवमा मणिकुमार आचार्य, सह सचिवमा इन्दिरा मिश्र, कोषाध्यक्षमा हेमलाल गुरागाईँ सर्वसम्मत चयन भएका छन् । […]

पूरा पढ्नुहोस्

एकल विद्यालयको ५ दिवशीय अध्यास प्रशिक्षण वर्ग झापाको अर्जुनधारामा सुरु

झापा । जनकल्याण प्रतिष्ठान नेपालद्वारा सञ्चालित एकल विद्यालयको अभ्याश प्रशिक्षण वर्ग झापाको अर्जुनधारामा सुरु भएको छ । अर्जुनधारा ६ स्थित ग्रामिण वालविकास केन्द्रमा आयोजित पाँच दिवशीय प्रशिक्षण वर्गमा झापा,इलाम, मोरङ जिल्लाबाट ४५ वटा एकल विद्यालयका केन्द्र प्रमुख (आचार्य )हरुले सहभागिता जनाएका छन् । समाजमा संस्कार मुलक शिक्षा दिने उद्देश्यले २०५३ सालमा धादिङ जिल्लाको एउटा गाउँबाट […]

पूरा पढ्नुहोस्

टिकटकको माध्यमले समाजमा सचेतना जगाउँदै मेचीनगरका अमृत अधिकारी

डम्बर बराल मेचीनगर । पछिल्लो समय समाजमा विभिन्न किसिमका विकृति विसंगतिले जरो गाड्दै गएको छ । मान्छेले अधिकारको प्राप्ति गर्दै गर्दा आफ्नो कर्तब्य र जिम्मेवारी भने विर्सदै गएका छन् । साच्चै भन्नु पर्दा समाजले बाटो बिराउँदै गएको छ । समाज विच्छिप्त बन्दै गएको यस्तो विषम परिस्थितिमा केहि सचेत नागरिक बिभिन्न माध्यमबाट समाजलाई सचेत गराउँदै समाज […]

पूरा पढ्नुहोस्

धुलाबारी खानेपानीको अध्यक्षमा धनकाजी विजयी

मेचीनगर, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहाल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा काँग्रेससहितको लोकतान्त्रिक प्यानलका खत्रीले १३४९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले ८३२ र रास्वपाकाका उम्मेदवार सन्तोष राजवंशीले ४४७ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक असोककुमार […]

पूरा पढ्नुहोस्

पहिचानवादीले लगाए मेचीनगरमा ताला

 मेचीनगर । शुक्रबार पहिचानवादी संघर्ष समितिले मेचीनगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । उनीहरुले प्रदेशको नामको बिरोध गर्दै ताला लगाएका हुन् । प्रदेशको नाम कोशी राख्दा पहिचान नसमेटिएको भन्दै उनीहरुले मेचीनगर नगरपालिका कार्यालयको मुख्य ढोकामा ताला लगाएर विरोध जनाएका हुन् । नगरपालिकाका कर्मचारीलाई बाहिर राखेर ताला लगाएको पहिचानवादी संघर्ष समिति मेचीनगर संयोजक ओमप्रकाश खापुङलले बताएका […]

पूरा पढ्नुहोस्