स्थानीय खबर
अध्यक्ष पदमा भट्टराई र शिवाकोटीको मनोनयन दर्ता
बिर्तामोड ।बिर्तामोड उद्योग वाणिज्य संघको आगामी फागुन १६ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा सुवास भट्टराई र प्रकाश शिवाकोटीले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने र नारायणप्रसाद चिमरियाको उम्मेदवारी दर्ता भएको छ । उद्योग उपाध्यक्षमा सञ्जिव घिमिरे र प्रकाश घिमिरेको उम्मेदवारी परेको छ भने वाणिज्य उपाध्यक्षमा रामकृष्ण अधिकारी र राजकुमार घिमिरे […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ को वडा भवन शिलन्यास
मेचीनगर, ६ फागुन । मेचीनगर नगरपालिका ८ नम्वर वडा कार्यालयको भवन बिहीवार शिलन्यास गरिएको छ । भवनको शिलान्यास मेचीनगरपालिकाका नगर प्रमुख विमल आचार्यले गरेका थिए । करिव एक करोड २० लाख रुपियाँ लागतमा निर्माण हुन लागेको उक्त भवन ६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष सिहित सुरु भएको हो । वडा कार्यालय भवनको शिलन्यास गर्दै नगरपालिका […]
पूरा पढ्नुहोस्
बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धन ,अध्यक्षमा भट्टराईको उम्मेद्वारी घोषणा
बिर्तामोड, ५ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धनले उम्मेद्वार घोषणा गरेको छ ।बुधबार एक कार्यक्रमकाबीच सुवास भट्टराईको नेतृत्वमा उम्मेद्वार सार्वजनिक भएका हुन् । आगामी फागुन १६ गते हुने चुनावका लागि संयुक्त गठबन्धनले नेकपाका तर्फबाट अध्यक्षमा युवा व्यवसायी भट्टराई, वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्षमा रामकृष्ण अधिकारी, जनसम्पर्क […]
पूरा पढ्नुहोस्
बलात्कारीलाई कार्वाहीको माग गर्दै पूर्वी नाकामा प्रर्दशन
मेचीनगर,५ फागुन । बलात्कारीलाई कार्वाहीको माग गर्दै बुधबार पूर्वी नाका काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ । हाम्रो अभियान नामक सामाजिक संस्था र देवकोटा पार्कले पछिल्लोसमय बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्ट, निर्मला पन्तलगायतका अपराधीलाई कार्वाही माग गर्दै प्रदर्शन गरिएको हो । निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई सरकारले उन्मुक्ति दिएकोप्रति चर्को नारावाजी […]
पूरा पढ्नुहोस्
मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु
मेचीनगर, ५ फागुन ÷ झापाको झापा गाउँपालिकामा मंगलबार साँझ सातबजेतिर मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार झापा गाउँपालिकामा—७ स्थित कानोमाई खोलाको पुलमा पश्चिमबाट पूर्व आउदैं गरेको को १३ प ९०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाईकल चालक झापा गाउँपालिकामा — ६ शरणामतिका २२ वर्षीय […]
पूरा पढ्नुहोस्
बौद्ध मोड इङलिस बोर्डिंग स्कुलमा सांस्कृतिक कार्यक्रम
बाहुनडाँगी । मेचीनगर २ स्थित बौद्ध मोड इङलिस बोर्डिंग स्कुलले मंगलबार सरस्ती पुजाको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । आफ्ना विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक सचिन निरौलाले बताए । पैसा कमाउने भन्दापनि समाज सेवाको उदेश्य राखेर आँफुले विद्यालय सञ्चालन गरेको बताउँदै उनले बौद्ध मोड क्षेत्रका विपन्न परिवारका छोराछोरीलाई निशुक […]
पूरा पढ्नुहोस्
बालकल्याण मावि द्वारा पूर्व शिक्षक तथा कर्मचारीलाई सम्मान
डम्बर बराल मेचीनगर,४ फागुन । मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले मंगलबार सरस्वती पुजाको अवसर पारेर ५ जना पूर्व शिक्षक र १ जना कर्मचारीलाई सम्मान तथा विदाई गरेको छ । विद्यालयले लामो समय सम्म शिक्षण पेशामा सक्रिय रहेर सेवा निवृत्त हुनुभएकी पूर्व साहयक प्रधानाध्यापक मञ्जु दाहाल , पूर्व प्रावि ईन्चार्ज कनक बहादुर कार्की , शिक्षक […]
पूरा पढ्नुहोस्
पत्रकार दवाडीलाई पत्नीशोक
दुधे, ४ फागुन । झापाका अग्रज पत्रकार छविलाल दवाडीलाई पत्नी शोक परेको छ ।शिवसताक्षी नगरपालिका–११ निवासी ५९ वर्षीया अनिता दवाडीको मंगलबार दिउँसो निधन भएको हो ।घरमै काम गरिरहेको अवस्थामा अकास्मात लढेपछि दवाडीलाई उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल ल्याइएको थियो ।अस्पताल पुग्नासाथ चिकित्सकले दवाडीको निधन भएको बताएको थियो ।उनको बुधबार विहान १० बजे कनकाई माईमा […]
पूरा पढ्नुहोस्
ढुङ्गा प्रहारबाट उराउको मृत्यु
लक्ष्मी उप्रेती मेचीनगर, ४ फागुन ÷ झापाको भद्रपुरमा श्रीमानको ढुङ्गा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार भद्रपुर— ७ बुथकरण चिया बगानको १० नम्बर क्वाटरमा बस्ने ५८ वर्षीय साहेबा उराउले ६० वर्षीया श्रीमती फिल्सिता उराउमाथि सोमबार साढे तीनबजेतिर ढुङ्गा प्रहार गरेका थिए । सोहि बगानका मजदुर साहेबाले सामान्य बिषयमा […]
पूरा पढ्नुहोस्
महिला हिंसाविरुद्ध नेविसंघको चारआलीमा प्रदर्शन
मेचीनगर ।नेपाल विद्यार्थी संघ त्रिदेव बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा आइतबार महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ । शान्तिपूणर् प्रदर्शनमा विद्यार्थीले संविधानमा टाँसिदे बलात्कारीलाई फाँसीदे, नारी सामान होइन सान हो, महिला हिंसा बन्द गर, भागरथी र निर्मलालाई न्याय दे, केपी ओलीको चमात्कार महिला हिंसा बलात्कार लगायतका नारा लगाएका थिए । त्रिदेव क्याम्पसबाट सुरु भएको र्याली मेची […]
पूरा पढ्नुहोस्