स्थानीय खबर
मेची चेम्बर अफ कर्मसको प्रथम साधारण सभा सम्पन्न ,अध्यक्षमा ललितकुमार चयन
काँकरभिट्टा, ३० मंसिर ÷ मेची चेम्बर अफ कर्मसको प्रथम साधारण सभा मंगलबार सम्पन्न भएको छ । चेम्वरको सभाहलमा आयोजित साधारण सभाले आगामी दुईवर्षे कार्यकालकालागि ललितकुमार बोहोराको अध्यक्षतामा १८ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा रविनकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा कृष्णराज भण्डारी, उद्योग उपाध्यक्षमा बालकृष्ण रिजाल, महासचिवमा नारायाण प्रसाई, सचिवमा कृष्णकुमार पनेरु, कोषाध्यक्षमा […]
पूरा पढ्नुहोस्
गृहलक्ष्मीको सेवाकेन्द्र अव इटाभट्टामा
इटाभट्टा । मेचीनगर–९ धुलावारी बजारमा मुख्य कार्यलय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाकोले आइतवार एक कार्याक्रमका बीच इटाभट्टामा सेवा केन्द्रको उद्घाटन गरेको छ । प्रदेश संसद माननिय गोपालचन्द्र बुढाथोकीले कायृलयको रिवन काटेर उद्घाटन गरेका थिए । कार्याक्रममा मेचीनगर–७ का बडाध्यक्ष चन्दन मेचे, मेचीनगर–८ का बडाध्यक्ष विकेन्द्र धिमाल, कञ्चन बराल, सस्थाकी उपाध्यक्ष रेनुका डाँगी, सञ्चालक […]
पूरा पढ्नुहोस्
बिर्तामोडमा कांग्रेसको विरोधसभा
बिर्तामोड । नेपाली कांग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महतले बर्तमान कम्युनिष्ट सरकार निरन्कुशतातर्फ उन्मुख बन्दै गएको र चरम भ्रष्टचारको दलदलमा फसेको आरोप लगाएका छन् । नेपाली कांग्रेस झापाले बिर्तामोडमा आयोजना गरेको बृहत विरोध सभालाई सम्बोधन गर्दै नेता महतले सो कुरा बताएका हुन ् । वर्तमान सरकारले नेपाली जनताको चहाना पुरा गर्न नसक्ने दावीगरे । देशभर आज कांग्रेसले […]
पूरा पढ्नुहोस्
एनएमसीको २८ औ वार्षिक साधारण सभा सम्पन्न
डम्बर बराल मेचीनगर ,२७ मंसिर ।नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको को २८ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । एनएमसी डेरी उद्योग परिसरमा आयोजित साधारण सभाको उद्घाटन् प्रदेश सांसद श्री प्रसाद मैनालीले गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि सांसद मैनालीले एनएमसीले सदस्यहरुको हितलाई ध्यानमा राख्दै बहुआयामिक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको भन्दै सहकारीको प्रशंसा […]
पूरा पढ्नुहोस्
आर्थिक समृद्घिको आधार सहकारी .सचिव भण्डारी , मखमलीको १२ औं वार्षिक साधारण सभामा सम्मान
मेचीनगर÷ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाका सचिव लिलाप्रसाद भण्डारीले सहकारीको आर्थिक पक्षलाई चलायमान बनाउँदै स्वास्थ्य सेवालाई प्राथमिकता दिएर फिजियोथेरापी सेवा सञ्चालन गर्नु मेचीनगरकै लागि गौरवको विषय भएको बताए । आर्थिक पक्षलाई चलायमान बनाई राख्न कर्मचारी वर्गले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन गर्न संस्थाले कुनै कसर बाँकी नराखेको धारणा […]
पूरा पढ्नुहोस्
प्राविधिक र गुणत्मक शिक्षा आजको आवश्यक्ता – शिक्षा मन्त्री पोख्रेल
इटाभट्टा २७ मंसिर ।शिक्षा विज्ञान तथा प्रवधि मन्त्री गिरिराज मणी पोख्रेलले देशमा दक्ष र उच्च स्तरीय जनशक्ति उत्पानको लागि प्राविधिक र गुणत्मक शिक्षा आवश्यक रहेको बताएका छन् । उनले प्रविधिलाई आत्मसाथ गर्न नसक्दा नेपालको शैशिक क्षेत्रले गति लिन नसकेको भन्दै शिक्षालाई बैज्ञानिक व्यवहारीक बनाउँन सवै पक्ष लाग्नु पर्ने बताए । मेचीनगर ८ स्थित आदर्श माविको […]
पूरा पढ्नुहोस्
ईटहरीमा गुराँसले दियो निरौला र लिम्बूलाई मृत्युदावी भुक्तानीको रकम
डम्बर बराल ईटहरी,२७ मंसिर । गुराँसलाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार एक कार्यक्रमकोबीच दुई जनालाई मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । कम्पनीले इटहरीमा आयोजना गरेको एजेन्सी तालिमको अवसरमा उक्त रकम प्रदान गरेको हो । गुराँसलाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका टिका प्रसाद निरौलाको मृगौला खराब भएर मृत्यु भएको थियो । बैदेशीक रोजगारीको सिलसिलामा कतारमा रहेको बेला उनको […]
पूरा पढ्नुहोस्
काँग्रेसले गर्याे र्यालीको रुट परिवर्तन अव सुरुङ्गादेखि बिर्तामोडसम्म मात्र मोटरसाइकल र्याली हुने
झापा, २६ मंसिर । नेपाली कांग्रेस झापाले यहि मंसिर २९ गते गर्ने भनिएको मोटरसाइकल र्यालीको रुट परिवर्तन गरेको छ । कांग्रेस झापाको आज बसेको बैठकले सुरुङ्गादेखि बिर्तामोडसम्म मात्र मोटरसाइकल र्यालीसहितको आमसभा गर्ने निर्णय गरेको छ । यसअघि सुरुङ्गादेखि बिर्तामोड हुँदै झापाको सदरमुकाम चन्द्रगढीसम्म मोटरसाइकल र्याली गरेर त्यहिँ आमसभा समापन गर्ने निर्णय गरेको थियो । सुरुङ्गादेखि […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा महिला प्रहरी अधिकृत पराजुलीलाई सम्मान
काँकरभिट्टा ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिहीबार सम्पन्न भएको छ । अभियान समापनका अवसरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा आयोजित एक कार्यक्रममा प्रहरी सहायक निरीक्षक शोभा पराजुलीलाई सम्मान गरिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत महिला तथा बालबालिका नागरिक सेवा केन्द्रकी शाखा प्रमुख समेत रहेकी प्रहरी सहायक निरीक्षक पराजुलीलाई मेची उद्योग बाणिज्य संघ, […]
पूरा पढ्नुहोस्
बिर्तामोडमा कानुनी शिक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न
विर्तामोड, २५ मंसिर । नारी सञ्चार गृह झापाको आयोजनामा ‘लैङ्गिक हिंसाविरुद्धको कानुनी साक्षरता शिक्षा’ सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ । विर्तामोड नगरपालिका–५को आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा नेपाल बार एशोसिएसन झापाकी सदस्य तथा अधिवक्ता देवी निरौलाले प्रशिक्षण दिएकी थिइन् । देवी माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभ्य समाज निर्माणमा […]
पूरा पढ्नुहोस्