स्थानीय खबर

सहारा धुलाबारीले दियो अटो चालकलाई ज्याकेट

मेचीनगर, २१ चैत । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक उत्सवको अवसरमा धुलाबारी सेवा केन्द्रले मंगलवार अटो चालकलाई ज्याकेट वितरण गर्नुका साथै ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सहारा नेपाल साकोस धुलाबारी सेवा केन्द्र उपसमितिका संयोजक भगिरथ शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ४० जना अटो चालकलाई ज्याकेट, संस्थाको प्रतिवेदन तथा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा लैंगिक हिंसा, नेतृत्व विकास र नीतिगत अवधारणा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरू

मेचीनगर ।  मेचीनगर नगरपालिकामा तीनदिने लैंगिक हिंसा, नेतृत्व विकास र नीतिगत अवधारणा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरू भएको छ । मंगलबार एक कार्यक्रमको बिच कार्यक्रमको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख बुढाथोकीले अभिमुखीकरण तालिमले सहभागी प्रशिक्षार्थीको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । तालिममा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा किशोरीहरुलाई आत्मारक्षा तालिम

मेचीनगर । मेचीनगर नगरपालिकामा ४५ दिने आत्मारक्षा (सेल्फ डिफेन्स) तालिम सञ्चालन भएको छ । सोमबारदेखि सुरू भएको तालिमको उद्घाटन कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङ राईले गरेकी थिइन् । तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सदस्य राईले हाम्रो समाजमा अहिले पनि महिलाहरूलाई कमजोर ठान्ने गरिन्छ । तर, किशोरी अवस्थादेखिनै आत्मारक्षाको तालिम दिने हो भने महिलाहरू कमजोर […]

पूरा पढ्नुहोस्

टिकटकको माध्यमले समाजमा सचेतना जगाउँदै मेचीनगरका अमृत अधिकारी

डम्बर बराल मेचीनगर । पछिल्लो समय समाजमा विभिन्न किसिमका विकृति विसंगतिले जरो गाड्दै गएको छ । मान्छेले अधिकारको प्राप्ति गर्दै गर्दा आफ्नो कर्तब्य र जिम्मेवारी भने विर्सदै गएका छन् । साच्चै भन्नु पर्दा समाजले बाटो बिराउँदै गएको छ । समाज विच्छिप्त बन्दै गएको यस्तो विषम परिस्थितिमा केहि सचेत नागरिक बिभिन्न माध्यमबाट समाजलाई सचेत गराउँदै समाज […]

पूरा पढ्नुहोस्

आराध्य साकोसको आँखा शिविरमा तीन सयले लिए सेवा

मेचीनगर । झापाको मेचीनगरमा आयोजित एक दिने निस्शुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आँखा परिक्षण गराएका छन् । मेचीनगर– ७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने निस्शुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आफ्नो आँखा जाँच गराएका छन् । मेची नेत्रालय काँकरभिट्टाको दृश्य विशेषज्ञसहितको प्राविधिक […]

पूरा पढ्नुहोस्

काकरभिट्टा क्याम्पसका स्ववियुमा निर्वाचितहरूको सपथ ग्रहण

काकरभिट्टा,२० चैत  । काकरभिट्टा बहुमखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित पदाधिकारी तथा सदस्हयरूलाई सपथ ग्रहण गराइएको छ । निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले निर्वाचितहरूलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङले स्ववियुमा निर्वाचितहरूलाई प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तामाङ, मेचीनगरकी उपप्रमुख मिना उप्रेती, नवनिर्वाचित स्ववियु अध्यक्ष […]

पूरा पढ्नुहोस्

धुलाबारी खानेपानीको अध्यक्षमा धनकाजी विजयी

मेचीनगर, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहाल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा काँग्रेससहितको लोकतान्त्रिक प्यानलका खत्रीले १३४९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले ८३२ र रास्वपाकाका उम्मेदवार सन्तोष राजवंशीले ४४७ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक असोककुमार […]

पूरा पढ्नुहोस्

मेचीनगर सञ्चार प्रतिष्ठानको अध्यक्षमा चम्लागाई, सचिवमा पौडेल

मेचीनगर, ।मेचीनगर नगरपालिकाले नगरस्तरिय सञ्चार प्रतिष्ठान गठन गरेको छ । प्रतिष्ठानको अध्यक्षमा पत्रकार शिशिर चम्लागाईँ चयन भएका छन् । त्यसै गरी प्रतिष्ठानको सदस्य सचिवमा पत्रकार प्रकाश पौडेल चयन भएका छन् । नगरसभाले सञ्चार प्रतिष्ठान कार्यविधि पारित गरेसंगै प्रतिष्ठान गठनको प्रक्रिया शुरु भएको थियो । प्रतिष्ठानको सदस्य पछि थप गरिने बुझीएको छ ।  

पूरा पढ्नुहोस्

नारी सञ्चार गृह झापाको अध्यक्षमा गौतम

बिर्तामोड । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम सर्वसम्मत चयन भएकी छन् । मंगलबार बिर्तामोडमा झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ चयन भएका छन् । त्यस्तै […]

पूरा पढ्नुहोस्

पहिचानवादीले लगाए मेचीनगरमा ताला

 मेचीनगर । शुक्रबार पहिचानवादी संघर्ष समितिले मेचीनगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । उनीहरुले प्रदेशको नामको बिरोध गर्दै ताला लगाएका हुन् । प्रदेशको नाम कोशी राख्दा पहिचान नसमेटिएको भन्दै उनीहरुले मेचीनगर नगरपालिका कार्यालयको मुख्य ढोकामा ताला लगाएर विरोध जनाएका हुन् । नगरपालिकाका कर्मचारीलाई बाहिर राखेर ताला लगाएको पहिचानवादी संघर्ष समिति मेचीनगर संयोजक ओमप्रकाश खापुङलले बताएका […]

पूरा पढ्नुहोस्