ब्यानर न्यूज

कालीखोला धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइ

काँकरभिट्टा । मंगलबार बिहान काँकरभिट्टा स्थित काली खोला क्षेत्रमा सयौंको संख्यामा स्थानीय भेला भए र काली खोला तथा सोही स्थानमा रहेको धार्मिक स्थलको सरसफाइ गरे । पतालगंगा कालीखोला धार्मीक तथा पर्यटन केन्द्र मेचीनगर ६ले सरसफाइ अभियानमा सहभागि हुन स्थानीयलाई आह्रवान गरेको थियो । सरसफाई अभियानमा माननियदेखि वडाध्यक्ष,सहकारी अभियन्ता तथा बिभिन्न संघ संस्थाका प्रतिनिधि, होटल व्यवसायी, […]

पूरा पढ्नुहोस्

नकलबन्दामा घर खरिद गरेर देह व्यापार चलाएको भन्दै स्थानीय आक्रोशित दोषीलाई कारवाही गर्न माग

मेचीनगर,१४ जेठ । मेचीनगर ५ स्थित नकलबन्दा क्षेत्रमा शुक्रबार दिउँसो भागदौड मचियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले एउटा घरमा छापा मारेपछि करिव १६ जना भारतीय मूलका युवती छरपष्ट भएर घरबाट निस्किए र दौडन थाले उनीहरुलाई कसैले रोक्ने प्रयास गरेन । सो घरमा देह व्यापार चल्नेगरेको आशंका गरेर प्रहरीले छापा मारेपछि उनीहरुको भागदौड मचिएको थियो […]

पूरा पढ्नुहोस्

तीनवटा महत्वपूर्ण निर्णय गर्दै मेचीनगर ५ का वडाध्यक्ष कनकबहादु कार्कीले गरे पदभार ग्रहण

डम्बर बराल मेचीनगर । मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्ने अभियान जारी छ । बिहीबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सफद ग्रहण गराएपछि बिभिन्न वडामा पदभार ग्रहण भइरहेको छ । शुक्रबार मेचीनगर ५ का नवनिर्वाचित वडाध्यक्ष कनक बहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । बिहान १० बजे वडाकार्यालय पुगेका जनप्रतिनिधिहरुलाई स्वागत गर्न बिभिन्न पार्टी प्रतिनिधि, तथा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा नवनिर्वाचित नगर प्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले गरे पदभार ग्रहण

मेचीनगर, जेठ १२ । मेचीनगर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले पद बहाली गरेका छन् । नगरप्रमुख बुढाथोकीले आज अपरान्ह ५ बजे कार्यकक्षमा पुगेर पद बहाली गरेका हुन् । नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले नगरप्रमुखलाई पद बहाली गराएका थिए । । त्यस्तै उपप्रमुख मिना पोखरेल उप्रेतीले पनि आजै पद बहाली गरेकी छिन् । नगरप्रमुख र […]

पूरा पढ्नुहोस्

मेचीनगरका नवनिर्वाचित जनप्रतिनिधिहरूले खाए सपथ

मेचीनगर, १२जेठ । मेचीनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले बिहीबार सपथ खाएका छन । नगरपालिका कार्यालय परिषयमा आयोजित सपथ ग्रहण समारोहमा नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उपप्रमुख मीना उप्रेतीसहित सबै वडा अध्यक्ष र सदस्यहरूलाई एकमुष्ठ सपथ ग्रहण गराएका हुन् । नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला, प्रदेश सांसद […]

पूरा पढ्नुहोस्

प्रणामी धर्मका अग्रज मणिकदासको स्मृतिग्रन्थ र पत्रकार काजीद्वारा अनुदित कृति बिमोचन

।। डम्बर बराल ।। धुलाबारी, ११ जेठ । मेचीनगरमा बुधबार श्रीकृष्ण प्रणामी धर्मका अभियन्ता एवम् धार्मिक व्यक्तित्व मित्रलाल (मणिकदास) सापकोटाको स्मृतिमा प्रकाशित कृति र अग्रज पत्रकार नकुल काजीद्वारा अनुदित धार्मिक पाठ्यपुस्तकको लोकार्पण गरिएको छ । श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल प्रकाशक रहेको मित्रलाल (मणिकदास) सापकोटा कृति तथा स्मृति नामक पुस्तकको लोकार्पण प्रमुख अतिथि श्रीकृष्ण प्रणामी मन्दिर मंगलधाम […]

पूरा पढ्नुहोस्

जनताको सेवक भएर काम गर्न खरेलले गरे आग्रह

मेचीनगर, १० जेठ । नेकपा एमाले झापाका इन्चार्ज अग्नी खरेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मालिक होइन जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन् । मंगलबार विहान ईटाभट्टा स्थित नगरपालिकाको गेट नजिकै नेकपा एमाले निर्वाचन पचिालन कमिटी मेचीनगर कमिटीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दे उनले त्यस्तो कुरा बताएका हुन् । स्थायी कमिटीका सदस्य समेत रहेका नेता […]

पूरा पढ्नुहोस्

मेचीनगरको मेयरमा गोपाल बुढाथोकी, उपमेयरमा मिना उप्रेती निर्वाचित

काँकरभिट्टा, ९ जेठ । मेचीनगर नगरपालिकाको प्रमुख पदमा एमालेका गोपाल चन्द्र बुढाथोकी भारीमतका साथ निर्वाचित भएका छन् । मंगलबार विहान ६ वजे निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले दिएको जानकारी अनुसार नगरको प्रमुख पदमा बुढाथोकी ५ हजार १६७ मतको अन्तरले विजयी भएका हुन् । उनका प्रतिस्पर्धि गठबन्धनबाट कांग्रेसको तर्फका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत मात्र प्राप्त […]

पूरा पढ्नुहोस्

मेचीनगर– ८ को वडाध्यक्षमा गिरीराज धमला  विजयी

मेचीनगर, ९ जेठ । मेचीनगर–८ नम्बर वडामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार गिरीराज धमला  निर्वाचित भएका छन् । कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार बनेका  धमला १७६९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका बिकेन्द्र धिमाललाई  २२१ मतको अन्तरले हराएर धमला विजयी भएका हुन्  । धिमालले  १५४८ मत प्राप्त गरेका छन् । त्यसैगरी वडा सदस्यहरुमा […]

पूरा पढ्नुहोस्

मेचीनगर–६ को वडाध्यक्षमा ललित तामाङ विजयी

मेचीनगर, ९ जेठ । मेचीनगर–६ नम्बर वडामा गठबन्धनको नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङ निर्वाचित भएका छन् । सोमबार विहान ४ः३० वजेको नतिजा अनुसार वडा नम्बर ६ को ७७४० मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार तामाङले ३९६९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका बालकृष्ण थापालाई १७४५ मतको अन्तरले हराएर तामाङ विजयी भएका छन् […]

पूरा पढ्नुहोस्