मुख्य खबर

आदर्श माविका पूर्व शिक्षक दैवकिशोरको निधन

मेचीनगर । आदर्श माध्यमिक विद्यालयका पूर्व शिक्षक दैवकिशोर गिरीको ६७ वर्षको उमेरमा मंगलबार निधन भएको छ । मेचीनगर – ५ निवासी गिरीको अस्पतालबाट घर फर्कने क्रममा निधन भएको हो । गत माघमा पेटको समस्या भएर उपचारकोलागि मनमोहन अस्पताल विर्तामोड पुगेका गिरी आन्द्रामा समस्या भएको डक्टरले बताएपछि थप उपचारकोलागि काठमाण्डौं स्थित टिचिङ अस्पताल भर्ना भएका थिए […]

पूरा पढ्नुहोस्

अन्तराष्ट्रिय झापाली समाजलाई रोटरी क्लवको सम्मान

कनकाई, १४ कातिक÷समाज रुपान्तरणको अभियानमा क्रियाशिल रोटरी क्लव अफ सुरुङ्गाले अन्तराष्ट्रिय झापाली समाजको नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई शुभकामना सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लवका अध्यक्ष शिवकुमार कडेलको सभापतित्व रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल सहित विभिन्न संघसंस्थाहरुले अन्तराष्ट्रिय झापाली समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुङ्गाना, संस्थापक अध्यक्ष एवं संरक्षक दिनेशकुमार पोखरेल, महासचिव नगेन्द्र प्रसाद […]

पूरा पढ्नुहोस्

धुलाबारी महोत्सवमा आज गायिका ज्योति मगर आउने

धुलाबारी, १४ कात्तिक । धुलाबारी महोत्सवमा आज चर्चित गायिका ज्योति मगर आउने भएकी छिन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा गत असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १९औँ दिन नेपाली सांगितिक क्षेत्रकी गायिका मगरको मंगलबार साँझ दमदार प्रस्तुती रहनेछ । उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छिन् […]

पूरा पढ्नुहोस्

चर्चित र्यापर ‘लाहुरे’ आज धुलाबारीमा

धुलाबारी । मेचीनगरमा जारी धुलाबारी महोत्सवमा आज नेपाल कै चर्चित र्यापर आशिष राना ‘लाहुरे’ आउने भएका छन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १८ औँ दिन नेपाली सांगितिक क्षेत्रका चर्चित र्यापर लाहुरेले सोमबार साँझ दर्शकलाई भरपुर मनोरञ्जन दिने भएका हुन् । उनले आँफूले […]

पूरा पढ्नुहोस्

म मुख्यमन्त्री बनेपछि कोशीमा राजनीति संकट टर्‍यो – केदार कार्की

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सांसदलाई प्राप्त संविधान प्रदत्त अधिकार उपयोग गरी आफू मुख्यमन्त्री बनेको राजनीति कोर्षलाई पार्टी भित्रको आन्तरिक विद्रोहको रूपमा नबुझ्न आग्रह गरेका छन् । उनले संविधानको धारा १६८ ( ५ )ले सुनिश्चित गरेको संवैधानिक व्यवस्था अनुरुप आफू मुख्यमन्त्री बनेको स्पष्ट समेत पारे। ” पार्टी भित्र विद्रोह गरेर म मुख्यमन्त्री बनेको […]

पूरा पढ्नुहोस्

धुलाबारी महोत्सवमा दर्शकको भीड बढ्दै, आज साँझ शिव परियार आउने

धुलाबारी ।नेपाली सांगितिक क्षेत्रका चम्किलो गायक शिव परियार आज साँझ धुलाबारी महोत्सवमा आउने भएका छन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १७ औँ दिन चर्चित गायक परियारले दर्शकलाई भरपुर मनोरञ्जन दिने भएका हुन् । उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छन् […]

पूरा पढ्नुहोस्

पर्यटन प्रवर्द्धन गर्न १३ जनाको टोली मेची महाकाली साइकल यात्रामा

मेचीनगर । पर्यटन प्रवर्द्धन तथा स्वास्थ्य जीवनको लागि साइकल यात्रा भन्ने नाराका साथ आजबाट मेची महाकाली साइकल यात्रा सुरु भएको छ । साइकल यात्रामा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य सहित हेटौडाका ११ जना र बुटवलका २ जना सहभागि छन् । साइकल यात्राको लागि शुुक्रबार काँकरभिट्टा आइपुगेको टोलीलाई शनिवार विहान मेची पुलबाट खादा […]

पूरा पढ्नुहोस्

प्रेस क्लव मेचीनगरको आयोजनामा शुभकामना आदानप्रदान

मेचीनगर । प्रेस क्लव मेचीनगरको आयोजनामा मेचीनगरका सञ्चारकर्मी माझ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बडा दशैं २०८० को अवसर पारेर प्रेस क्लबले आफ्ना सदस्य तथा मेचीनगरमा रहेका सञ्चारकर्मीबीच भेटघाट कार्यक्रमको आयोजना गरेको हो । क्लबको कार्यालय इटाभट्टामा आयोजित कार्यक्रममा क्लबका पूर्व पदाधिकारी, अग्रज सञ्चारकर्मी, क्लबका सदस्यलगायतको उपस्थिति रहेको थियो । शुभकामना कार्यक्रममा अग्रज […]

पूरा पढ्नुहोस्

अन्तर विद्यालय नृत्य प्रतियोगितामा बालकल्याण मावि बन्यो प्रथम

धुलाबारी । मेचीनगर–९ स्थित कविशिरोमणि माविमा बुधबार मेचीनगर स्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कविशिरोमणि मावि साँस्कृतिक समितिको आयोजना तथा कक्षा ९ का विद्यार्थीको व्यवस्थापनमा भएको नृत्य प्रतियोगितामा बालकल्याण मावि प्रथम भएको छ । यस्तै, दोस्रो बलभद्र मावि र काँकरभिट्टा मावि तेस्रो भएको साँस्कृतिक समितिका संयोजक शिक्षक आरबी गौतमले जानकारी दिए । […]

पूरा पढ्नुहोस्

लागु औषध नियन्त्रण गर्न पूर्वी नाका काँकरभिट्टामा तालिम प्राप्त कुकुर परिचालन

झापा । चाडपर्वका बेला पूर्वी नाकाबाट बिष्फोटक पदार्थ तथा लागु औषध भित्रीन सक्ने भन्दै प्रहरीले सीमा नाका काँकरभिट्टमा विशेष तालिम पाप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरेको छ । प्रहरीले सीमा नाकाको सुरक्षा तथा चेकजाँचलाई थप कडाई गर्न नेपाल प्रहरीको कोशी प्रदेश कार्यालय धरानबाट जर्मन सेफर्ड जातका दुईवटा कुकुर ल्याएको इलाका प्रहरी कार्यालयका इलाका प्रहरी […]

पूरा पढ्नुहोस्