स्थानीय खबर

मेचीनगरमा एमालेबाट नगर प्रमुखमा बुढाथोकी र उपप्रमुखमा उप्रेतीले गरे उम्मेद्वारी दर्ता

मेचीनगर,१२ बैशाख । नेकपा एमालेका तर्फबाट मेचीनगरको प्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मिना उप्रेतीले उम्मेद्वारी दर्ता गराएका छन् । ठूलो संख्यामा कार्यकर्ताहरु लिएर नगर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका एमालेका उम्मेद्वार बुढाथोकी र उप्रेती सहित वडा अध्यक्ष र सदस्यहरुले उम्मेद्वारी दर्ता गराएका हुन् । प्रदेश सांसदबाट राजीनामा गरी नगरप्रमुखका उम्मेद्वार दिएका बुढाथोकी एमाले प्रदेश कमिटि सदस्य […]

पूरा पढ्नुहोस्

मेचीनगर ७ मा नेपाली काँग्रेस र एमाले दुवैका बागी उम्मेद्वार

मेचीनगर । मेचीनगर नगरपालिकाको वडा नं ७ मा नेपाली काँग्रेस र नेकपा एमाले दुवै दलका तर्फबाट बागी उम्मेद्वारी परेको छ । नेपाली काँग्रेसका वडा सभापति कञ्चन बराल र मेचीनगर ७ का वर्तमान कार्यवाहक वडा अध्यक्ष नेत्रप्रसाद दाहाले बैशाख ३० गते हुने निर्वाचनका लागि वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको छन् । पार्टीले टिकट नदिएपछि काँग्रेसका […]

पूरा पढ्नुहोस्

मेचीनगरमा राप्रपाका उम्मेद्वारले पाउपाथिभरामा पुगेर खाए कसम

मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले आफ्नो पार्टीबाट उम्मेद्वार बन्ने सवैलाई भ्रष्टचार नगर्न कसम खुवाएर उम्मेद्वारी दर्ता गराएको छ । भ्रष्टचार गर्नु आमाको रगत पिउनु सरह भएको बताउँदै आएको राप्रपाले मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्य पदका उम्म्दवारलाई मनोनयन दर्ता गर्नु अघि पाउपाथिभरा मन्दिरमा लगेर भ्रष्टचार नगर्न कसम खुवाएको हो । पाउ पाथिभरा पुगेका उम्मेदवारहरुलाई […]

पूरा पढ्नुहोस्

रसोई झापा सुपर लिग ः धुलाबारी टाइगर्स बन्यो च्यम्पियन

मेचीनगर, ११ बैशाख । प्रथम रसोई झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सले चुमेको । आइतबारको फाइनल खेलमा बोस्टन ब्लास्टर्सलाई ७ विकेटले पराजित गर्दै धुलाबारीले उपाधि चुमेको हो । काँकरभिट्टा माविको खेलमैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाउन सफल भएको थियोे । बोस्टनका लागि विवेक […]

पूरा पढ्नुहोस्

मेचीनगरमा पहिलो दिन मेयरमा ४, उपमेयरमा ३ जनाको उम्मेद्वारी

मेचीनगर, ११ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि मेचीनगरमा पहिलो दिन प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा ६६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पाँच दल र स्वतन्त्रका गरी ६६ जना उम्मेद्वारहरुले मनोनयन पत्र दर्ता गराएका छन् । निर्वाचन अधिकृत वेदराज फुयालले मेचीनगर नगरपालिकाको प्रमुखमा ४ जना, उपप्रमुखमा ३ जना, […]

पूरा पढ्नुहोस्

रसोई झापा सुपर लिगको फाइनल खेल आज , बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्स बीच प्रतिष्पर्धा हुने

मेचीनगर । रसोई झापा सुपर लिगको फाइनलमा बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्स खेल्ने भएका छन् ।लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा झापाको काँकरभिट्टामा जारी प्रथम रसोई झापा सुपर लिगको उपाधिका लागि आज बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्सले प्रतिस्पर्धा गर्ने भएका छन् । बैशाख ३ गतेदेखि जारी प्रतियोगितामा ५ वटा टिमको सहभागीता रहेका थियो । ५ […]

पूरा पढ्नुहोस्

केसाङ लामाको एकल नाटक ‘विस्थापन’ काँकरभिट्टामा प्रदर्शन

मेचीनगर, ९ बैशाख । कलाकार केसाङ लामाको एकल नाटक ‘विस्थापन’ काँकरभिट्टामा बिशेष सो प्रदर्शन गरिएको छ । शुक्रबार मेचीनगर–६ स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको सभाहलमा कलाकार लामाको ‘विस्थापन’ नाटकको बिशेष सो प्रदर्शन गरिएको हो । अविराम नाट्य मञ्चका निर्देशक समेत रहेका कलाकार लामाले माआवादीको १० वर्षे जनयुद्व र नेपालमा भएका अहिलेसम्मका राजनीतिक परिवर्तनले नेता मोटाए […]

पूरा पढ्नुहोस्

मेचीनगरमा उपमेयरसहित ५० जना जनप्रतिनिधिले बुझाए राजीनामा

ईटाभट्टा, ९ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीका लागि उपमेयरसहित मेचीनगर नगरपालिकाका ५० जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । बैशाख ११ र १२ गते मनोनयन दर्ता गर्नु पर्ने समय तालिका निर्वाचन आयोगले सार्वजनिक गरे पछि उम्म्दवार बन्न इच्छुक जनप्रतिनिधिहरुले राजीनामा दिएका हुन् । उपमेयरसहित ५० जना जनप्रतिनिधिले मेयर विमल आचार्यसमक्ष […]

पूरा पढ्नुहोस्

गिरीले दिए उपाध्यक्ष पदबाट राजीनामा

मेचीनगर, ८ बैशाख । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले पदबाट राजीनामा दिएका छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको काममा खटिनु पर्ने भन्दै बिहीबार गिरीले राजीनामा दिएका हुन् । पहिलो स्थानीय तहको चुनावमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेका गिरीले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका हुन् ।राजीनामा […]

पूरा पढ्नुहोस्

झापाको १५ वटै पालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले गर्याे उम्मेद्वारहरुको नाम सिफारिस

मेचीनगर, ८ बैशाख । स्थानीय तह चुनावका लागि नेकपा एकीकृत समाजवादी पार्टी (एसं) ले झापामा प्रमुख र उपप्रमुख पदका उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । बिहीबार बिर्तामोडमा सम्पन्न एसको जिल्ला पार्टी वैठकले आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा प्रमुख र उपप्रमुख पदमा उमेद्वारहरुको नाम सिफारिस गरेको हो । मेचीनगर नगरपालिकाको प्रमुख […]

पूरा पढ्नुहोस्