स्थानीय खबर
ओमिक्रोनको त्रास पूर्वी नाका काँकरभिट्टामा कडाई
काँकरभिट्टा, ४ माघ । मेचीनगरमा ओमिक्रोन भेरियन्टको संक्रमणको दर बढ्न थालेपछि आजदेखि काँकरभिट्टा नाकामा आवतजावत गर्ने मानिसहरुमाथि कडाई गर्न थालिएको छ । आवश्यक काम बाहेक अन्य कामका लागि काँकरभिट्टा नाका भएर आवातजावत गर्ने मानिसलाई रोक लगाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार उपचारका लागि जाने व्यक्तिले चिकित्सकले प्रेस्क्राईप गरेका कागजात, हवाईयात्रुले जहाजको […]
पूरा पढ्नुहोस्
खुसी र सुखी परिवार बिषयक एनएमसीको प्रशिक्षण
बिर्तामोड । नेपाल बहुद्देश्यीय सहकारी संस्था( एनएमसी )अन्र्तगत रहेको युवा सरोकार उपसमितिको आयोजनामा सोमबार बिर्तामोडमा खुसी र सुखी परिवार बिषयक प्रशिक्षण सम्पन्न भएको छ । पछिल्लो समय समाजमा परिवार बीच बढ्दै गएको बिचलन, यसबाट पर्नसक्ने असर र परिवारलाई सन्तुलित राख्न खेल्नुपर्ने भूमिकाका बारेका कार्यक्रममका प्रमुख सहजकर्ता राजाबाबु शाहले प्रशिक्षण दिएका थिए । प्रमुख प्रशिक्षक शाहले […]
पूरा पढ्नुहोस्
वडाध्यक्ष, कर्मचारी र स्वास्थ्यकर्मीसहित मेचीनगरका १२ जनामा कोरोना
मेचीनगर । मेचीनगरमा आज २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिकाका अनुसार आइतबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार १४८ जनाको एन्टिजेन टेष्ट गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् । काँकरभिट्टा नाकामा ९९ जना र मेचीनगर नगरपालिका कार्यलयमा ४९ जनाको […]
पूरा पढ्नुहोस्
अन्तुको चिया कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन
इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको एक चिया कारखानामा आगलागी भएको छ । आइतबार ९आज० दिउँसोे ३ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । अन्तुकोे अन्तु भ्याली टी कारखानामा जारी आगलागीका कारण कारखानासहित मेसिन औजार र तयारी चिया सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । आगोले चिया […]
पूरा पढ्नुहोस्
नबिनको जीवन बचाउन सहयोगको अपिल
मेचीनगर, १ माघ । मेरुदण्डको क्यान्सरबाट पीडित मेचीनगरका एकजना युवाको उपचारका लागि गाउँलेहरु आर्थिक सहयोग जुटाउन लागि परेका छन् । मेचीनगर–८ बिरेन्द्रस्मृति नगरका क्यान्सर पीडित १७ बर्षीय नबिन फुयललाई गाउँलेहरु आर्थिक सहयोग जुटाउन लागि परेका हुन् । स्थानीय समाजसेवी उदयकुमार भण्डारीको संयोजकत्वमा ७ सदस्यीय नबिन फुयल बचाउ अभियान सुरु गरिएको छ । समितिको सचिवमा रिजेस […]
पूरा पढ्नुहोस्
माओवादीले मेचीनगरमा तीनवटा महत्वपूर्ण अभियान सञ्चालन गर्ने
मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले मेचीनगरमा तीनवटा महत्वपूर्ण अभियान सञ्चालन गर्ने भएको छ । विगतमा माओवादीले उठाएका एजेण्डा जनतामाझ पुर्याउन नगर पार्टी भिन्न ढंगबाट जनताको घरदैलोमा पुग्ने उद्घोषका साथ तीनवटा महत्वपूर्ण अभियान सञ्चालन गर्न लागिएको हो । माओवादी केन्द्र मेचीनगर कमिटीले बिहीवार इटाभट्टास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यक्रम सार्वजनिक गरेको छ । नगर […]
पूरा पढ्नुहोस्
झापामा उपभोक्ता जागरण अभियान गठन, अध्यक्षमा मोहन काजी
बिर्तामोड । नागरिक समाजका अगुवा प्रतिनिधिहरुको आज बिर्तामोडमा सम्पन्न भेलाले उपभोक्ता जागरण अभियान नेपालको झापा जिल्ला तदर्थ समिति गठन गरेको छ । उपभोक्ताहरुको हक, हित र अधिकारका लागि सशक्त अभियान सञ्चालन गर्ने उद्देश्यले गठन भएको समितिको अध्यक्षमा सञ्चारकर्मी मोहन काजी सर्वसम्मत चयन भएका छन् । भेलाले समितिको उपाध्यक्षमा मेचीनगरका निलकण्ठ तिवारी, सचिवमा बिर्तामोडका विशाल थापा, […]
पूरा पढ्नुहोस्
कालिका सामुदायिक बनको २६ औँ साधारण सभा सम्पन्न
डम्बर बराल मेचीनगर,२९ पुस । कालिका सामुदायिक बन उपभोक्ता समूह मेचीनगर र ११ र १२ को २६ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सामुदायिक बनको कार्यालय परिषरमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर प्रमुख बिमल आचार्यले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले मेचीनगरमा रहेका सामुदायिक बन तथा सिमसार क्षेत्रलाई नगरको […]
पूरा पढ्नुहोस्
राष्ट्रिय एकता दिवसमा विविध कार्यक्रम
मेचीनगर । पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार मेचीनगरमा पनि विविध कार्यक्रम गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले दिवसको अवसरमा काँकरभिट्टास्थित हनुमान मन्दिर छेउमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ भने देवकोटा पार्कमा समितिले पृथ्वी जयन्ती मनाएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० झापाको आयोजना तथा मेचीनगर नगर समितिको संयोजनमा […]
पूरा पढ्नुहोस्
पत्रकार घिमिरेसहित दश स्रष्टा सम्मानित
भद्रपुर, २६ पुस । पत्रकार रेवतिराज घिमिरेसहितदश जना स्रष्टालाई लेखनाथ पुस्तकालय चन्द्रगढीले सम्मान गरेको छ ।घिमिरे लोकतन्त्र पोस्ट राष्ट्रिय दैनिकका समाचारदाता हुन् । कवि शिरोमणि लेखनाथ पौडेलको १ सय ३८ औं जन्म जयन्तीको सन्दर्भ पारेर आज पुस्तकालयले पत्रकार घिमिरेसहित विभिन्न बिधाका उत्कृष्ट १० जना साहित्य स्रष्टालाई सम्मान गरेको हो ।भद्रपुर वडा नं. १० चन्द्रगढी निवासी […]
पूरा पढ्नुहोस्