स्थानीय खबर
मेचीनगरका ५ सयलाई क्वाररेन्टाइनमा राखिने
मेचीनगर,६जेठ । नोवल कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउनले नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र परेका मेचीनगरका स्थायी वासिन्दाका लागि मेचीनगर नगरपालिकाले वस्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको छ । लकडाउनका कारण नेपाल भारत सीमाक्षेत्रमा अलपत्र परेका नेपालका विभिन्न जिल्लाका मानिस नेपाल प्रवेश गर्न थालेपछि मेचीनगर नगरपालिकाले आफ््ना नगरका मानिसहरु राख्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको होे […]
पूरा पढ्नुहोस्अब मेचीनगरका सहकारी दैनिक दुईघण्टा सञ्चालन हुने
मेचीनगर, ६ जेठ ÷ मेचीनगर नगरपालिकाक्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरु अब दैनिक दैनिक दुई घण्टा सञ्चालनमा आउने भएका छन् । आर्थिक विकास शाखा प्रमुुख दीपेन्द्र कार्कील मंगलबार सूचना जारी गरी विहान १० देखि मध्यान्ह १२ बजेसम्ममात्र मेचीनगर क्षेत्रभित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुलाई सञ्चालन गर्न आग्रह गर्नुभएको छ । नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम […]
पूरा पढ्नुहोस्मेचीनगर–४ वडाकार्यालयले दियो टोल विकास संस्थालाई टनेल
मेचीनगर,५ जेठ । तरकारी खेतीमा आत्म निर्भर बनाउने उद्देश्यले मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले सोमबार वडामा रहेका टोल विकास संस्थालाई टनेल प्रदान गरेको छ । वडाकार्यालयले आफ्नो वडामा रहेका २२ वटा टोल विकास संस्थालाई टनेल वितरण गरेको हो । तरकारी खेतीमा बढ्दै गएको परनिर्भरता हटाउदै वडालाई आत्मनिर्भर बनाउने उद्देश्यले वडा कार्यालयले निःशुल्क रुपमा […]
पूरा पढ्नुहोस्झापामा थप एक व्यक्तिमा कोरोना पुष्टि
झापा,५जेठ । झापा जिल्लामा सोमबार थप एक व्यक्तिमा कोरोना पुष्टि भएको छ ।कचनकवल गाउँपालिका वडानम्बर –६का ३२ वर्षीय एक व्यक्तिमा कोरोना पुष्टि भएको हो । शनिबार भारतको मुम्बईबाट लुकिछिपि सीमा नाका छिरेर घर आइपुगेका उनलाई पक्राउ गरी पथरिया क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेका ती व्यक्तिमा आरडीटी टेष्ट गर्दा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल […]
पूरा पढ्नुहोस्बाच्छो काटेको आरोपमा तीन जना पक्राउ
झापा ५ जेठ । गाईको बाच्छो काटेको आरोपमा गौरादह नगरपालिका–४ मा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह–४ का २८ बर्षीय रमेश दर्जी, ५० बर्षीय रमेश सतार र सोही स्थानका ६० बर्षीय मद्रासी सतार रहेका छन् । आइतबार राति १० बजे रमेश दर्जीको घरमा यी तिनै जना मिलेर बाच्छो काटेर मासु खाएको […]
पूरा पढ्नुहोस्मेचीनगरले दियो नगरका पत्रकारलाई स्वास्थ्य सामाग्री
मेचीनगर,४जेठ । मेचीनगर नगरपालिकाले मेचीनगर क्षेत्रमा रहेका पत्रकारहरुलाई स्वास्थ्य सामग्रीका वितरण गरेको छ । नगरपालिकाले स्वास्थ्य सामाग्रीको रुपमा एन ९५ मास्क, सेनिटाइजर र पन्जा वितरण गरेको हो । आइतबार नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, सामाजिक विकास शाखाका प्रमुख अनन्तप्रकाश वस्तीले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटा र महासंघ पूर्व केन्द्रीय सदस्य मोहन […]
पूरा पढ्नुहोस्मेचीनगरमा ३सय बेडको क्वारेन्टाइन बनाइदैं,
मेचीनगर,२जेठ । मेचीनगर नगरपालिकाले ३सय जनालाई राख्ने गरि क्वारेन्टाइन बनाउने भएको छ । शुक्रवार मेचीनगर नगरपालिकको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा वताइएको हो । भारतका बिभिन्न स्थानबाट नेपाल भित्रिने नेपालीहरुलाई राख्नका लागि मेचीनगर नगरपालिकाले ३सय बेडको क्वारेन्टाइन बनाउन लागेको पत्रकार सम्मेलनमा जनकारी गराइएको छ । मेचीनगरले यसअघि ३ वटा क्वारेन्टाइन आदर्श मावि मेचीनगर ८, […]
पूरा पढ्नुहोस्मेचीनगर नगरपालिकाले बाड्यो १ हजार बढी मजदुरलाई राहत
लक्ष्मी उप्रेती काँकरभिट्टा २ जेठ ÷ १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले अहिले देश विषम परिस्थितीबाट गुज्रिरिहेका बेला आम जनताहरु एक भएर नोवल कोरोना भाइरस कोभिड १९ माथि वियजी प्राप्तिका लागि लाग्नुपर्ने बताउनुभएको छ । मेचीनगर नगरकार्यपालिकाले शुक्रबार आयोजना गरेको नगरका विभिन्न क्षेत्रमा कार्यरत एकहजार मजदुरलाई राहत वितरण संक्षिप्त कार्यक्रममा बोल्दैं प्रदेश सभा सदस्य […]
पूरा पढ्नुहोस्कालोबजारी गर्ने २६ पसललाई कारवाही
झापा,२ जेठ । बन्दाबन्दीको मौका छोपेर कालोबजारी र म्याद गुज्रिएका खाद्य पदार्थ बिक्री गरेको आरोपमा झापाका २६ पसललाई कारवाही गरी रु चार लाख ४५ हजार जरिवाना गरिएको छ । बन्दाबन्दीको मौका छोपी खाद्य पसलमा हार्डवेयर सामग्री, मदिरा राख्ने, विषादीयुक्त गहुँको बीउ धोइपखाली खाद्यान्नको रूपमा बिक्री गर्न खोज्ने र अनुमति नदिइ जथाभावीरूपमा औषधि पसल सञ्चालन गर्नेलाई […]
पूरा पढ्नुहोस्रिदम नेपालले खुट्टीडाँगीका विपन्नलाई दियो राहात
खुट्टीडाँगी । रिदम नेपाल मेचीनगरको संयोजनमा खुट्टीडाँगी समाजले अति विपन्न परिवारलाई राहत दिनेगरी १ हजार ८० केजी चामल वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्कालाई उक्त राहत वापतको चामल आज (मंगलवार) हस्तान्तरण गरिएको हो । प्राप्त चामल वडाभित्रका अति विपन्न परिवारलाई राहत स्वरुप उपलब्ध गराइने वडाध्यक्ष खड्काले बताए । […]
पूरा पढ्नुहोस्