खेलकुद
इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता :दार्जिलिङलाई हराउँदैद विराट भेट्रान विजयीे
काँकरभिट्टा । पाहुना टोली भारतको दार्जिलिङ भेट्रान फुटबल क्लबलाई पराजित गर्दै विराट भेट्रान फुटबल क्लब मोरङले काँकरभिट्टामा जारी तेस्रो इण्डो(नेपाल भेट्रान फुटबल प्रतियोगितामा शुखद् सुरूवात गरेको छ । काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजनामा काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ टाउनलाई ४(१ गोल अन्तरले पराजित गर्दै मोरङको विराट भेट्रान […]
पूरा पढ्नुहोस्
नर्थ प्वाइन्टमा शुरु भयो खेल उत्सव
मेचीनगर । नर्थ प्वाइन्ट अंग्रेजी माध्यमिक विद्यालयको वार्षिक खेल उत्सव शुक्रबारदेखि सुरु भएको छ । फागुन १९ देखि शुरु भएको खेल उत्सव प्रतियोगिता फागुन २२ गतेसम्म मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा हुनेछ । विद्यालयले खेल उत्सव अन्तर्गत कक्षा नर्सरीदेखि कक्षा ५ सम्मको एथलेटिक्स विद्यालयको खेल मैदानमा तथा कक्षा ६ देखि १० सम्म अन्तर सदनात्मक क्रिकेट, […]
पूरा पढ्नुहोस्
जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताकोउद्घाटन खेलमा आयोजक विजयी
कनकाई, १८ फागुन ÷नारी दिवसको अवसर पारेर झापाको कनकाईमा संचालन भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई महिला फुटबल क्लवले विजयी सुरुवात गरेको छ । सातौं संस्करणका रूपमा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजक रहेको प्रतियोगिता कनकाई खेलकुद प्रतिष्ठान(कासा)ले संचालन गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको बताइएको छ । अन्तर्राष्ट्रिय […]
पूरा पढ्नुहोस्
प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई
भद्रपुर १६ फागुन । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४– ३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ । टाइब्रेकरमा […]
पूरा पढ्नुहोस्
त्रिभुवन आर्मी फाइनलमा प्रवेश
झापा । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । निर्धारित ९० मिनेटको समय गोल रहित बराबरीमा टुंगिएपछि […]
पूरा पढ्नुहोस्
घरेलु टोलीलाई हराउँदै संकटा सेमीफाइनलमा
भद्रपुर, ९ फागुन । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पाँचौँ मिनेटमा […]
पूरा पढ्नुहोस्
उपाधि न्यू स्टार क्लबलाई
मेचीनगर, ९ फागुन । नवज्योति फुटबल कपको उपाधि न्यू स्टार क्लब बुद्धशान्तिले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक नवज्योति युवा क्लबलाई ३–० को गोल अन्तरले पराजित गर्दै बुद्धशान्तिले उपाधि उचालेको हो । बुद्धशान्तिका जर्सी नं १७ का अनुज भट्टराई, जर्सी नं ५ का प्रशान्त लिम्बु र जर्सी नं १० आयुश राईले एक÷एक […]
पूरा पढ्नुहोस्
नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज क्वाटरफाइनलमा
भद्रपुर, फागुन ८ । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३ – ० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे […]
पूरा पढ्नुहोस्
उपप्रधानमन्त्री लिङदेनले गरे मुस्ताङ भद्रपुर–झापा गोल्डकपको उद्घाटन, आयोजक भद्रपुर ब्लेजर्स विजयी
भद्रपुर, ७ फागुन । मुस्ताङ भद्रपुर–झापा गोल्डकप आइतबारबाट सुरु भएको छ । भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा सुरु भएको गोल्डकपको उद्घाटन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गरे । उद्घाटन गर्दै लिङ्देनले मेची रंगशालाको अवस्था सुधारका लागि गोल्डकपको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले मेची रंगशालाको विकासमा आफू सधैँ लाग्ने बताए । उद्घाटन समारोहमा […]
पूरा पढ्नुहोस्
प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले उचाल्यो
मेचीनगर, फागुन ६ । मेचीनगर –९ मा आयोजित प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले हात पारेको छ । आज भएको फाइनल खेलमा माथिल्लो मागुरमाडीलाई ३– २ को गोलअन्तरले हराउँदै धुलाबारीले उपाधि उचालेको हो । स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा पहिलो हाफको ८ मिनेटमै १ गोलको अग्रता लिएको माथिल्लो मागुरमाडीले अग्रतालाई कायम राख्न […]
पूरा पढ्नुहोस्