स्थानीय खबर
कालिका वनको अध्यक्षमा भट्टराई निर्वाचित
धाइजन, १२ फागुन । कालिका सामुदायिक वनको अध्यक्षमा योगश भट्टराई निर्वाचित भएका छन् । उनले अध्यक्षमा ९१३ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी विशुलाल मेचेले ८५२ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ६१ मतको अन्तरले भट्टराई अध्यक्षमा विजयी भएका हुन् । भट्टराई प्रगतिशील प्यानबाट उठेका थिए । उनी माओवादीका हुन् […]
पूरा पढ्नुहोस्
एमाले झापाको प्रचार विभाग प्रमुखमा गोपाल काफ्ले
झापा, ११ फागुन । नेकपा एमाललेले पत्रकार गोपाल काफ्लेलाई झापाको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको छ । एमाले झापाको बुधबार बसेको वैठकले काफ्लेलाई एमाले झापाको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको हो । पत्रकार काफ्ले चौतारीका केन्द्रीय सदस्य, एमाले झापाका जिल्ला सदस्य हुन् । उनी यसअघि एमाले जिल्ला अधिवेशनबाट खुल्ला सदस्य पदमा […]
पूरा पढ्नुहोस्
प्रेस चौतारी झापाको इन्चार्जमा मोहन काजी
झापा, ११ फागुन । पत्रकार मोहन काजीलाई नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारी झापाको इन्चार्जको जिम्मेवारी दिएको छ । एमाले झापाको बुधबार बसेको वैठकले काजीलाई प्रेस चौतारी झापाको इन्चार्जको जिम्मेवारी दिएको हो । पत्रकार काजी चौतारीका केन्द्रीय सदस्य, एमाले झापाका जिल्ला सदस्य हुन् । उनी यसअघि चौतारीको कोटामा एमाले जिल्ला अधिवेशनबाट सदस्य पदमा सर्वसम्मत चयन […]
पूरा पढ्नुहोस्
कालिका वनको निर्वाचन, अध्यक्षमा योगेश भट्टराई र विशुलाला मेचेबीच प्रतिष्पर्धा हुने
।। डम्बर बराल ।। धाइजन, ९ फागुन । मेचीनगर–११ र १२ स्थित कालिका सामुदायिक वनको निर्वाचन नजिकिएसँगै उम्मेद्वारहरुले घरदैलो अभियानलाई तीब्र पारेका छन् । यहि फागुन ११ गते बुधबार हुने निर्वाचनमा प्रगतिशील संघीय गणतान्त्रिक प्यानल र प्रगतिशील लोकतान्त्रिक प्यानल मैदानमा उत्रिएका छन् । प्रगतिशील प्यानमा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लिम्बुवान, संघीय गणतान्त्रिक मोर्चाले […]
पूरा पढ्नुहोस्
पत्रकार माया पकुवालको निधन
भद्रपुर, ९ फागुन । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको आज विहान ५४ वर्षको उमेरमा निधन भएको छ । केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् । एक साता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको […]
पूरा पढ्नुहोस्
झापाबाट तेक्वान्दोका खेलाडीहरु छानिए , १२ स्वर्ण पदकसहित अर्जुनधारा बन्यो प्रथम
मेचीनगर, ७ फागुन । १४औं दक्षिण एशियाली सार्क तेक्वान्दो खेल प्रतियोगिताको लागि खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । झापामा आज खेलाडी छनोट प्रक्रिया सम्पन्न भएको हो । शनिबार भद्रपुर रंगशालामा आयोजित प्रतियोगितामा १२ वटा स्वर्ण पदकसहित अर्जुनधारा नगरपालिका प्रथम बन्यो । प्रतियोगितामा ४, ४ वटा स्वर्ण पदकसहित मेचीनगर र भदूपुर नगरपालिकाले दोस्रो स्थान हासिल […]
पूरा पढ्नुहोस्
मेचीनगरले गर्यो प्रमुख प्रसाशकीय अधिकृत दाहाललाई स्वागत र ओझालाई बिदाइ
मेचीनगर । मेचीनगर नगरपालिकामा आएका नयाँ प्रमुख प्रसाशकीय अधिकृत सुरेश दाहालको स्वागत र हालै सरुवा भएका प्रमुख प्रसाशकीय अधिकृत खेमराज ओझालाई बिदाइ गरिएको छ । नगरपालिकाको सभाहलमा शुक्रबार एक कार्यक्रम विच स्वागत तथा बिदाइ गरिएको हो । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल , वडा अध्यक्ष, कार्यापालिका सदस्य र कर्मचारीलगायतले स्वागत तथा बिदाइ गरेका थिए […]
पूरा पढ्नुहोस्
रोटरीद्वारा नगरपालिकालाई विश्रामालय हस्तान्तरण
मेचीनगर, ६ फागुन । रोटरी क्लब अफ काँकरभिट्टाले धाइजनको कोभिड अस्पतालमा निर्माण गरेको विश्रामालय आज एक कार्यक्रमबीच मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ । मेचीनगर–११ स्थित स्वास्थ्य चौकीमा निर्माण गरिएको विश्रामालय रोटरी काँकरभिट्टाका अध्यक्ष रोहित बुढाथोकी, पूर्व अध्यक्ष राधिका क्षेत्री गुरुङले मेचीनगरकी उपप्रमुख मिना पोखरेल उप्रेतीलाई हस्तान्तरण गरेका हुन् । प्रमुख अतिथि उप्रेतीले विश्रामालयको रिविन काटेर […]
पूरा पढ्नुहोस्
मेचीनगरका कर्मचारी बढुवा रोक्न सर्वाेच्चको अन्तरिम आदेश
मेचीनगर, ६ फागुन । मेचीनगर नगरपालिकाले गत पुस २६ गते गरेको कर्मचारी बढुवालाई कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतलका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यहि फागुन ४ गते कर्मचारी बढुवा बिरुद्ध अन्तरिम आदेश जारी गरेको हो। कर्मचारीमा विभेद हुने गरी ऐन बनेपछि मेचीनगरका आर्थिक प्रशासन प्रमुख पदमबहादुर कार्कीले गत […]
पूरा पढ्नुहोस्
मेचीनगरका विद्यालयलाई अनुदान रकम ः ७ वटा विद्यालयले एक करोड बढी अनुदान पाउने
मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्रका ७ वटा विद्यालयहरुले एक करोड भन्दा बढी रकम अनुदान पाउने भएका छन्। नेपाल सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत मेचीनगरका विभिन्न ७ वटा विद्यालयले एक करोड १९ लाख ५० हजार रकम पाउने भएको मेचीनगर शिक्षा शाखाले जनाएको छ । मेचीनगर ५ स्थित बालकल्याण माविले चार कोठे भवन निर्माणका लागि ३६ […]
पूरा पढ्नुहोस्