स्थानीय खबर
प्रदेश ‘क’ को सभापतिमा हरि बुढाथोकी बिजयी
मेचीनगर । नेपाली काङ्ग्रेस झापा क्षेत्र नं। १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी १५८ मतप्रप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी हर्कबहादुर लिम्बु फियाकले १३५ मत र बद्री खड्काले ७२ मत प्राप्त गरेका छन् । उपसभापति पदमा रेवादास उप्रेतीले २०२ मत र गंगा कोइरालाले १८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । […]
पूरा पढ्नुहोस्
रोटरीको आयोजनामा भोलि मेचीनगरमा म्याराथुन दौड प्रतियोगिता हुने
धुलाबारी, ३ मंसिर । रोटरी क्लब अफ मेचीनगरले अन्तर्राष्ट्रिय बाल दिवस र नेपाल सम्बत् ११४२ को अवसर पारेर शनिबार खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ । रोटरी नेपाल र भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ मेचीनगरले शुक्रबार धुलाबारी स्थित होटल रोयल निर्माणमा पत्रकार सम्मेलन गरी म्याराथुन दौड प्रतियोगिताको तयारी बारे जानकारी दिएको छ […]
पूरा पढ्नुहोस्
मेची उद्योग वाणिज्य संघको कर शिक्षा कार्यक्रम
मेचीनगर, २ मङ्सिर । मेची उद्योग वाणिज्य संघले दशौं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आज जनचेतनामूलक कार्यक्रम गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का प्रमुख अतिथि रहेको र संघको कार्यालयमा भएको कार्यक्रममा ‘करदाता शिक्षा कार्यक्रम तथा नीतिगत सुविधा’ विषयमा छलफल गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष ऋषिराज तिम्सिनाले अध्यक्षता गरेका थिए भने […]
पूरा पढ्नुहोस्
प्रेस सेन्टरको झापा अध्यक्षमा रेग्मी
झापा, २९ कार्तिक । नेकपा माओबादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको झापा जिल्लास्तरीय विस्तारित भेलाले अध्यक्षमा पुनः झुलन रेग्मीलाई चयन गरेको छ । सोमबार झापाको कनकाईमा भएको भेलाले उपाध्यक्षमा पार्थ मण्डल र महिला उपाध्यक्षमा सुश्मा कुमाल, सचिवमा उद्धव पुरी, सह–सचिवमा प्रकाश उप्रेती, समावेशी सह–सचिवमा सन्तोष शर्मा र कोषाध्यक्षमा पुष्प खड्कालाई चयन गरेको छ […]
पूरा पढ्नुहोस्
रोटरी क्लव अफ मेचीनगरले खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने
मेचीनगर, २७ कार्तिक । रोटरी क्लव अफ मेचीनगरले नेपाल सम्बत् ११४२ (नववर्ष) र अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ । आगामी मंसिर ४ गते शनिवार चारआलीस्थित सहिद दशरथचन्द माध्यमिक विद्यालयको प्राङ्गणबाट काँकरभिट्टासम्म १३ किलोमिटरको दूरीमा म्याराथुन दौड हुने क्लवका कार्यक्रम संयोजक दिनेश शाक्यले जानकारी दिएका छन् । उनका […]
पूरा पढ्नुहोस्
बौद्दमोड इङ्लिस बोर्डिङ स्कूलको देउसे – भैलो कार्यक्रम
बाहुनडाँगी । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बौद्दमोड इङ्लिस बोर्डिङ स्कूलले देउसे भैलो कार्यक्रम सञ्चालन गरेको छ । नेपाली दौरासुरुवाल, ढाका टोपी तथा साडी र चौवन्दी चोलीमा सजिएका छात्र –छात्राहरुले दर्शकहरुलाई मनोरन्जन दिन एकल तथा सामुहिक नृत्य , राष्ट्रिय गीत तथा संदेश मुलक नाटक प्रस्तुत गरिरहेका छन् । लक्ष्मी पुजाको दिन देखि […]
पूरा पढ्नुहोस्
अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइयो
डम्बर बराल मेचीनगर,२४ कात्तिक । मधेशी समुदायले मनाउँदै आएको छठ पर्व आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको भएपनि आज साँझ र भोली बिहान ठूलो उत्साहका साथ मनाउँने चलन छ । केही वर्ष अघिसम्म मधेशी समुदायले मात्र […]
पूरा पढ्नुहोस्
मेचीनगरमा राती नौ बजेसम्म मात्र देउसी भैली खेल्न पाईने , चाडपर्वका नाममा जुवाजन्य खेल नखेल्न नगरपालिकाको आग्रह
मेचीनगर, कात्तिक÷ मेचीनगर नगरपालिकाले तिहार तथा छठपर्वलगायत अन्य चाडपर्वलाई मध्यनजर गर्दै स्थानीय सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गरेको छ । नगरपालिकाको सभाकक्षमा भएको छलफलमा चाडपर्वका नाममा हुने विकृतिविसंगति नियन्त्रण गर्नेलगायतका महत्वपूर्ण निर्णय भएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । छलफलले तिहारमा खेलिने परम्परागत देउसी भैलो आफ्नो कला, संस्कृति भेषभुषा तथा मौलिकरुपमा साझ ९ बजेसम्म […]
पूरा पढ्नुहोस्