स्थानीय खबर
झापामा कोरोना संक्रमितको संख्या ७०८ पुग्यो,आजै थपिए ५ जना संक्रमित
मेचीनगर ।झापामा कोरोना संक्रमितको संख्या ७०८पुगेकोछ ।आज ५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ७०८पुगेको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का २६ र ३२ वर्षीया २ जना महिला, कनकाई नगरपालिका वडा नम्बर २ र ३ का १४ र २० वर्षीय २ जना पुरुष र मेचीनगरपालिका […]
पूरा पढ्नुहोस्
आधुनिक सहकारीले गरिदियो, आफ्ना २६ जना कर्मचारीको कोरोना बिमा
काँकरभिट्टा,२४ भदौ÷काँकरभिट्टा स्थित आधुनिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गरिदिएको छ । पछिल्लो समय कोरोना संक्रमण समुदायमा तीव्र रुपमा फैलिदै गएपछि सहकारी संस्थाले आफ्ना कर्मचारीहरुलाई समेत यस किसिमको जोखिम हुन सक्ने भन्दै रु एकलाख बराबरको कोराना बिमा गरिदिएको सहकारी संस्थाका व्यवस्थापक पारस ओलीले जानकारी दिनु भयो । सहकारी संस्थाले संस्थाको मुख्य […]
पूरा पढ्नुहोस्
वडाध्यक्ष खड्काको संयोजकत्वमा अरिस्ता उपचार सहयोग समिति गठन एकै दिन २ लाख २८ हजार ४ सयको प्रतिबद्घता
डम्बर बराल धुलावारी÷ दुबै मिर्गाैला खराब भएपछि जीवन मरणको दोसाँधमा रहेकी मेचीनगर ९ निवासी अरिस्ताको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाली काँग्रेस मेचीनगर समितिले छलफल कार्यक्रम आयोजना गरेर अरिस्ता उपचार सहयोग समिति गठन गरेको छ । छलफल कार्यक्रममा जिल्ला तथा स्थानीय नेता कार्यकर्ताहरूले अरिस्ताको उपचारमा सक्रिय भएर सहभागी हुने र आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएका छन् […]
पूरा पढ्नुहोस्
दुबै मिर्गौला खराब भएपछि छोरीको जीवन बचाइदिन आमा लक्ष्मीले गरिन् सबैसँग अनुरोध
डम्बर बराल मेचीनगर÷लाऊँलाऊँ र खाऊँ खाऊँको उमेरमा दुवै मिर्गाैला खराब भएर जीवन मरणको दोसाँधमा पुगेकी आफ्नी छोरीको जीवन बचाइदिन आमा लक्ष्मी परियारले सबैसँग अनुरोध गरेकी छिन् । एक महिनाअघि छोरीको स्वास्थ्यमा समस्या भएपछि उपचार गराउन अस्पताल पुगेकी परियार त्यस बेला छाँगाबाट झरिन् जब डाक्टरले छोरी अरिस्ताको दुबै मिर्गाैला खराब भएको सुनाए । त्यसपछि उनलाई तत्काल […]
पूरा पढ्नुहोस्
झापामा कोरोना संक्रमण तीव्ररुपमा बढ्दै आज थप १५ जनामा संक्रमण पुष्टि
झापा, २२ भदौ ।कोरोना संक्रमितको संख्या झापामा तीव्ररुपमा बढ्दै गएको छ । आज झापामा १५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये १४ जना स्थानीय र १ जना भारतबाट आएका हुन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बाह्रदशी गाउँपालिका–५ नम्बर वडाका १ जना पुरुष, बिर्तामोड नगरपालिका–६ नम्बर वडाका १ जना पुरुष […]
पूरा पढ्नुहोस्
बीएण्डसी हस्पिटलको ‘विशेष मेडिकल वार्ड’ सिल
झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलको ‘विशेष मेडिकल वार्ड’ सिल गरिएको छ ।हस्पिटलमा कार्यरत १२ जना स्वास्थ्यकर्मीमा आइतवार एकै पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विशेष मेडिकल वार्ड सिल गरिएको हो । आइतबार बिर्तामोड नगरपालिकामा बसेको बैठकले अस्पतालभित्रको एउटा मेडिकल वार्ड मात्रै सिल गर्ने निणर्य गरेको बिर्तामोडका नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले बताए ।बैठकले संक्रमित स्वास्थ्यकर्मीको […]
पूरा पढ्नुहोस्
झापामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित ३२ जना संक्रमित थपिए
मेचीनगर, २१ भदौ । झापामा आज स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका–३, ५, ६ र ९ नम्बर वडासहित १५ जना, कमल गाउँपालिका–३ नम्बर वडाका ३ महिला र ८ जना पुरुष, कनकाई नगरपालिका–३ नम्बर वडाका १ जना पुरुष छन् । त्यस्तै मेचीनगरपालिका–६ र […]
पूरा पढ्नुहोस्
कृषि ज्ञान केन्द्रको भवन उद्घाटन
भद्रपुर, १८ भदौ । झापाको भद्रपुरमा कृषि ज्ञान केन्द्रको नवनिर्मित भवन उद्रघाटन् गरिएको छ । २ करोड १५ लाख ८९ हजार १९१ रुपैयाँ ५७ पैसाको लागतमा निर्मित उक्त भवनको उद्रघाटन् १ नं। प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम बहादुर रानामगरले गरेका थिए । कृषि विकास कार्यालयको पुरानो भवन भत्काएर सोही स्थानमा कृषि ज्ञान […]
पूरा पढ्नुहोस्
झापामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी
मेचीनगर । झापामा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मङ्गलबार झापाको दमक नगरपालिका, गौरीगञ्ज र बाह्रदशी गाउँपालिकाका १४ जना कोरोना भाइरसको संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले दमकका ३ महिला र ६ जना पुरुष, गौरीगञ्जका १ जना पुरुष तथा बाह्रदशी गाउँपालिकाका १ महिला र ३ जना पुरुष रहेको […]
पूरा पढ्नुहोस्
केरोना संक्रमित ३२ सशस्त्र प्रहरी सवै निको भए मंगलबार १० वर्षीया बालिकासहित चारजना डिस्चार्ज
मेचीनगर, १६ भदौं ÷ मंगलबार मेचीनगरमा दुई सुरक्षाकर्मीसहित चारजना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन वरालका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत २५ र २७ वर्षका पुरुष सरक्षाकर्मी तथा मेचीनगर २ नम्बर वडाका १० वर्षीया बालिका र वडानम्बर ९ का ३७ वर्षीय पुरुष […]
पूरा पढ्नुहोस्