स्वास्थ्य

सिम्रिकसाकोसले दियो प्रहरीलाई मास्क र सेनीटाइजर

विर्तामोड,२६ कातिक । विर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत् प्रहरीहरुलाई मास्क र सेनीटाइजर वितरण गरेको छ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत , विभागीय प्रमुख प्रेम बस्नेत विजयलगायतको टोलीले बुधबार जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक […]

पूरा पढ्नुहोस्

झापामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

मेचीनगर , २५ कात्तिक । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवलकी ६८ वर्षीय महिला, हल्दिबारी, गौरादह र मेचीनगरका क्रमशः ६०, २६, ५८ वर्षीय एक–एक पुरुष रहेको जनाइएको छ । योसँगै हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ७० पुगेको जनाइएको छ । जिल्लामा थप ७५ जना […]

पूरा पढ्नुहोस्

झापामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर २३ कात्तिक । झापा जिल्लामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २८ महिला र ४८ पुरुष रहेका छन ।त्यस्तै,पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा, भद्रपुर र दमकका रहेको जनाइएको छ । योसँगै हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ […]

पूरा पढ्नुहोस्

वडाध्यक्ष बराल कोरोनामुक्त

मेचीनगर । मेचीनगर सामाजिक विकास समिति संयोजक एवं वडा नं ४ का अध्यक्ष नबिन बराल कोरोनामुक्त भएका छन् । मेची अस्पतालको पीसीआर प्रयोगशालाबाट आज प्राप्त नतिजामा आफु कोरोना संक्रमणमुक्त भएको जानकारी आएको बरालले बताए । उनलाई असोज २४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । मेचीनगरमा पछिल्लो समयमा कोभिड फोकल पर्शनको रुपमा काम गर्नु […]

पूरा पढ्नुहोस्

महामारीमा उपचार नगर्ने सरकार किन चाहियोः प्रवक्ता शर्मा

काठमाडौं,३ कात्तिक । कोरोना संक्रमितको उपचारबाट सरकार पछि हटेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल निर्णय सच्याएर कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन आग्रह गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका […]

पूरा पढ्नुहोस्

सर्पदंश उपचार सम्बन्धी  प्रशिक्षण

मेचीनगर, ३ कात्तिक । सर्पदंश सम्बन्धी एक दिने चेतनामुलक प्रशिक्षण सोमबार बाहुनडाँगीमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बाहुनडाँगी उपशाखाको आयोजना तथा मेचीनगर नगरपालिका २ नं। वडा कार्यालयको सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो । कोरोना महामारीका कारण न्यून उपस्थितिमा एक आपसको दुरी कायम गरी सम्पन्न गरिएको प्रशिक्षणमा स्थानीय २५ जनाको सहभागिता रहेको थियो । […]

पूरा पढ्नुहोस्

झापामा आइतबार ४६ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर ।झापामा आइतबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका वडा नं ४, ६, ११, १५ का ६ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु सबै स्थानीय रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नविन बरालले बताए ।संक्रमितहरुमा बिर्तामोडका ४ पुरुष र ३ महिला, दमकका ३ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, १ कार्तिक । मेचीनगरमा आज १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पतालका अनुसार मेचीनगरका स्थानीय ११ जना र ५ जना होटल क्वारेन्टिनमा बसेका बाहिर जिल्लाका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । गत असोज २६ गते ४९ जनाको स्वाबको नमुना संकलन गरिएको थियो । शनिबार उनीहरुमध्ये १६ जनाको […]

पूरा पढ्नुहोस्

सांसद सानु पहाडीको निधन

इलाम,२८ असोज । प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा बुधबार निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंं मेडिकल कलेजमा निधन भएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी९नेकपा०बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६र०३७ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आज नगर प्रमुख आचार्य सहित थप ४ जनामा कोरोना संक्रमण

मेचीनगर,२८ असोज । मेचीनगर प्रमुख बिमल आचार्य सहित मेचीनगर नगरपालिकामा थप ४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । यससंगै मेचीनगरमा कुल कोरोना संक्रमितको संख्या १८५ पुगेको छ । हिजो संकलन गरिएको स्वाबको आज प्राप्त नतिजामा आफुमा कोरोना पुष्टि भएको रिपोर्ट प्राप्त भएको नगर प्रमुख आचार्यले जानकारी दिनु भयो । सक्रमण पुष्टि […]

पूरा पढ्नुहोस्